logo

इजरायलमा नेपाली कामदार पठाउन लिईने परीक्षा भोलि

काठमाडौका विभिन्न ११ स्थानमा परीक्षा केन्द्र 

    1549   पटक पढिएको

२७ भाद्र / अर्थ र व्यापार – वैदेशिक रोजगारिकालागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तर्गत लिईने परीक्षा भोलि (सोमबार) हुने भएको छ । दई सरकारबीच भएको सम्झौता अनुसार जीटुजी मार्फत् पहिलो पटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिईने परिक्षा  सरकारले सोमबार लिन लागेको हो ।
सरकारले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाकालागि परिक्षामा सहभागी हुन इच्छुक आवेदनकहरूको लिखित र मौखिक परिक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गर्ने भएको छ । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको बताएको छ ।
मन्त्रालयको निणर्यसँगै वैदेशिक रोजगार विभागले सो परिक्षा सम्पन्न गराउन लागेको हो ।  वैदेशिक रोजगार विभागका अनुसार आवेदन दिई दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको भौतिक उपस्थितिमा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरूमा सोमबार १ बजे अंग्रेजी भाषाको लिखित परीक्षा सञ्चालन हुनेछ ।
विभागले सो परीक्षा स्वास्थ्य मापदण्ड सहित पालना गरेर परीक्षा सञ्चालन गर्ने भएको जनाएको छ । इजरायलमा नेपाली कामदार पठाउन लिईने यस अंग्रेजी भाषाको परीक्षाकालागि काठमाडौका विभिन्न ११ वटा स्थानमा केन्द्र तोकेको छ । जसमा सोमबार हुने परीक्षा केन्द्रहरूमा कलंकीस्थित एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार हाइस्कुल , नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वरको सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, बसुन्धारको साउथवेस्टर्नस्टेट कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस परिक्षामा सहभागी हुनेहरु भौतिक रुपमा नै उपस्थित हुनुपर्ने छ । इजरायल रोजगारीको परीक्षा १०० पूर्णाकंको हुने भएको छ । जसलागि इजरायल सरकारले अंग्रे्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अंग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाकं ८० तोकेको छ भने ४० नम्बर ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । यसैगरि, दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताको लागि लिईने परिक्षाकालागि २० अंक छुट्टाइएको छ । 
विभागले यसअघि नै रोजगारीकोलागि इजरायल जान इच्छुक नेपालीहरूलाई एक महिनाको समय दिएर आवेदन खुलाएको थियो । सोही आवेदनमा कुल ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका छन् । जसमध्ये आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष छन् भने ४ हजार २ सय जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 
इजरायलले यस भाषा परिक्षा उत्तिर्ण भएकाहरु मध्ये तोकिएका सबै प्रक्रिया पुरा गरि एक हजार जना नेपालीलाई आफ्नो मुलुकमा लैजाने छ । जसमा ७ सय जना महिला र ३ सयजना पुरुषको कोटा रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।