२१ साउन/अर्थ र व्यापार– संयुक्त अरब इमिरेट्स (युएई) ले कोभिड खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ ।
आबुधावीस्थित नेपाली दूतावासका अनुसार बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको जनाएको छ ।
युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिका हकमा ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
युएईमा विभिन्न पेसा, व्यवसायमा संलग्न व्यक्तिहरु, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरु, स्वास्थ्यकर्मी, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले युएई सरकारको अनुमति लिई प्रवेश पाउनेछन् ।
दूतावासका अनुसार त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया