१२ साउन/अर्थ र व्यापार– वैदेशिक रोजगार विभागले एक हजार नेपाली कामदारलाई रोजगारीमा इजरायल पठाउने भएको छ ।
विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदनसमेत आह्वान गरेको छ ।
विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।
कामदारको मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर हुने छ ।
विभागले एक हजारजनाको लागि आवेदन आह्वान गरिएको हो । ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन मार्फत आवेदन दर्ता गर्न सकिने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया