४ साउन/अर्थ र व्यापार– वैदेशिक रोजगारीमा जानेहरुलाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीबाट जोन्सन एण्ड जोन्सन खोप आज बिहान दश बजेदेखि दिन थालिएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले भिसा तथा अन्तिम श्रम स्वीकृतिका आधारमा खोप दिइने जानकारी दिए ।
यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि भेरोसेल खोप उपलब्ध गराउने सरकारको निर्णयको चौतर्फी बिरोध भएपछि सरकारले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप दिन सुरु गरेको हो ।
तपाईको प्रतिक्रिया