logo

अफ सिजनमा भिसा फ्रि वा अन्य योजना ल्याएर पर्यटक आकर्षित गर्नुपर्दछ

सागर पाण्डे, पूर्व महासचिव, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

    2864   पटक पढिएको

सरकारले सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा गरेको छ । यसै सन्दर्भमा अर्थ र व्यापारले ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव समेत रहेका पर्यटन व्यवसायि सागर पाण्डेसंग नेपाल भ्रमण वर्षको सरकारी तयारी, निजी क्षेत्रको धारणा, आवश्यक योजना र प्रवद्र्धनका रणनीति तथा समग्र पर्यटन क्षेत्रको वर्तमान अवस्थामा केन्द्रित रहेर कुराकानी गरेको छ । हिमालयन ग्ल्यासियर ट्रेकिङ प्रा.लि.का अध्यक्ष पाण्डे होटल व्यवसायमा पनि सक्रिय छन । प्रस्तुत छ–पाण्डेसंगको कुराकानी :

० नेपाल सरकारले सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको छ । यसलाई नेपालको निजी क्षेत्रले कसरी हेरिरहेको छ ? 

अहिलेको तथ्यांक अनुसार गत १२ महिनामा ११ लाख पर्यटक नेपाल आएको देखिन्छ । त्यो भनेको अघिल्लो वर्ष सन् २०१७ को तुलनामा करिव १६–१७ प्रतिशतको वृद्धि हो । यहि वृद्धिलाई मात्र पछ्याउने हो भने सन २०२० मा करिव १६–१७ लाख पर्यटक नेपाल भित्रिने देखिन्छ । यो नेचुरल ग्रोथ हो । तर २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिरहँदा त्यो उद्देश्य प्राप्तिका लागी के–के पूर्व तयारी गर्नुपर्छ भन्नेमा सरकार नै स्पष्ट भएको देखिँदैन ।

नेपाल भ्रमण वर्ष घोषणा गरेपछि केहि न केहि पूर्वतयारी त हुनुपर्दथ्यो नी । खाली यसलाई सरकारले नितान्त पपुलिस्ट योजनाको रुपमा अगाडी ल्याएको देखिन्छ । चाहे अहिले विवाद भईरहेको वाईड वडि को कुरा होस वा युरोपमा नेपाल एयरलाईन्स लाई कालोसुचिमा राखिएको विषय होस, कुनै सुधार आएको छैन । नेपाल एयरलाईन्स अहिले पनि युरोप उडानको लागी कालोसुचिमा छ । यत्तिका वर्षसम्म पनि त्यो हटाउन सकिएको छैन । यसको ठूलो असर नेपाली पर्यटन वजारमा परेको छ । कालोसुचिवाट हटाउन नसक्दा हामीलाई ठूलो क्षति भएको छ ।

त्यति मात्र होईन, हिजो भएको भन्दा हामीले सन २०२० लाई लक्षित गरेर कुनै चिज सुधार गरेका छौं त ? भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थल डबल रनवे बनाएका छौं त ? छैनौं । सडकको अवस्था सुधार भएको छ ? छैन । तत्काल नयाँ विमानस्थल तयार हुन्छ त ? हुँदैन । त्यसो हो भने पर्यटक वृद्धि हुने आधार के त ? पर्यटक कि जहाजवाट आउनुप¥यो, कि रेलवाट आउनुप¥यो वा सडकवाट आउनुप¥यो । यि तीनवटै पक्षमा सुधार नगर्ने हो भने लक्ष्य मात्र राखेर पुरा हुने अवस्था देखिँदैन । यसको अर्थ नेपाल भ्रमण वर्ष घोषणालाई नै नकारात्मक भनेको होईन, खाली आवश्यक तयारी र योजनाहरु पर्याप्त भएन भन्ने हो । 

० नेपाल भ्रमण वर्ष सफल पार्नका लागी सरकारको तर्फवाट पूर्व तयारी कस्तो हुनुपर्छ ? त्यो उद्देश्य पुरा गर्नको लागी कस्ता किसिमका प्रवद्र्धनका योजनाहरु बनाउनु आवश्यक छ ?

हामीजस्तो पूर्वाधार न्युन भएको मुलुकमा करिव पाँच वर्ष अगाडी नै राष्ट्रिय रुपमा नै त्यो संकल्प गर्नु आवश्यक छ । पाँच वर्ष अगाडी नै पाँच वर्षमा यो–यो चिजहरु सुधार गर्दछौं भनेर हामीले घोषणा गरेर तयारी गर्न सक्यौं भने त्यो प्रभावकारी हुन सक्दछ । पर्यटन मन्त्रालयले मात्र घोषणा नगरेर राष्ट्रिय रुपमा नै यसलाई विशेष महत्वका साथ मनाउनुपर्छ । अहिले त कोरा नाराको रुपमा सन २०२० मा नेपाल भ्रमण वर्ष भनिएको जस्तो मात्र देखिन्छ ।

हाल नेपाल आईरहेका पर्यटकको तुलनामा यति वृद्धि गर्न सक्छौं भन्ने आधार के त ? वास्तवमा अहिलेको जति १५–१६ प्रतिशतको वृद्धि त नेपाल भ्रमण वर्ष नभनेपनि  हुन्थ्यो नै । भुकम्प अगाडी नै नौ लाख पर्यटक त पुगेकै हो नि । त्यसपश्चात नेपालमा स्थायी सरकार भयो, शान्तिपूर्ण वातावरण छ भन्ने सन्देश विश्वभर फैलिएका कारण पनि त्यति वृद्धि भएको हो । कुनै पनि देशको प्रवद्र्धन मुख्य रुपमा  त्यो देशको एभियसन सेक्टरले गर्छ । उदाहरणको लागी नेपाल एयरलाईन्स हिथ्रो जाने हो भने स्वभाविक रुपमा त्यहाँ नेपालको प्रवद्र्धन हुन्छ र त्यहाँवाट पर्यटक आउँछन । अर्को कुरा नेपाल भ्रमण वर्षको अवसरमा पर्यटकलाई नेपाल आकर्षित गर्न राज्यको तर्फवाट केहि घोषणा गरिएको छ त ? भिसा फ्रि वा त्यस्तै कुनै किसिमका प्याकेजहरु ल्याउनु आवश्यक छ । यसका लागी छिमेकी भारतको भोपालले हाल गरिरहेको पर्यटनको तीव्र विकासवाट धेरै कुरा सिक्न सकिन्छ । अहिलेको पर्यटकले छिटो छरितो सेवा खोज्छ, त्यो हामीले दिन सक्नुपर्छ ।

सवैभन्दा महत्वपूर्ण विषय हामीले कुन मार्केटलाई टार्गेट गर्ने हो,त्यहि अनुसारका योजना र तयारी आवश्यक हुन्छ । भारतिय, चिनियाँ,युरोपियन वा अन्य पर्यटकलाई लक्षित गर्ने हो,त्यही अनुसारको तयारी आवश्यक हुन्छ ।

० उड्ड्यन क्षेत्र वाहेक हाल नेपाल पर्यटन वोर्ड लगायतका निकायहरुले गर्ने अन्य प्रवद्र्धनका कामहरु कत्तिको प्रभावकारी छन ?

नेपाल पर्यटन वोर्डले गर्दै आएको प्रवद्र्धन परम्परागत प्रवद्र्धन हो । अव त हामी डिजिटल प्रवद्र्धनमा केन्द्रित हुनुप¥यो । त्यसवाहेक अन्तर्राष्ट्रियस्तरका ठूला–ठूला ईभेन्टहरु नेपाल ल्याउन पहल गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय सेलव्रिटि र टिभि होस्टहरु नेपाल ल्याउन आवश्यक छ । उनीहरु नेपाल आए भने स्वतः विश्वभर नेपालको प्रचार–प्रसार हुन्छ । अव पनि हामीले बैंङलोरमा गएर रोड्सो गरेर त्यो अहिलेको समयमा प्रभावकारी हुँदैन ।

अर्को कुरा नेपाल आएका पर्यटक मध्ये ट्रेकर्स कति आए,ट्राभलर्स कति आए, अन्नपूर्ण कति गए, एभरेष्ट कति गए भन्ने यकिन तथ्यांक पनि हामीसंग छैन । त्यस्तो तथ्यांक नेपाल पर्यटन वोर्डले दिनु आवश्यक छ । सोही तथ्यांकलाई आधार मानेर प्रभावकारी प्रवद्र्धनका योजनाहरु ल्याउनु आवश्यक छ । 

० २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिरहँदा हामीकहाँ पूर्वाधारको अवस्था कस्तो छ ? हामीसंग २० लाख पर्यटकलाई सेवा दिन पर्याप्त पूर्वाधार छ त ?

सर्वप्रथम त हामीसंग भएको पूर्वाधारलाई चुस्त–दुरुस्त बनाउन आवश्यक छ  । भएको सडकलाई तत्काल चौडा बनाउन नसकिएला, तर सफा गर्न र चिल्लो पार्न त सकिन्छ नि । यस्ता साना तिना जस्ता देखिने विषयमा मात्र सुधार ल्याउदाँ पनि त्यसको ठूलो सकारात्मक असर पर्दछ । पूर्वाधारहरु आजको भोली तयार हुँदैन । पर्यटन मन्त्रालयले चाहेर मात्र पनि पूर्वाधार तयार हुँदैन । राष्ट्रिय योजना आयोगले नै नेपाल भ्रमण वर्षका लागी हाम्रो पूर्वाधारहरुमा यो–यो विषय सुधार गर्दछौं भन्ने संकल्प गर्न आवश्यक छ ।

अर्कोतिर एकै महिना वा सिजनमा मात्र २० लाख आए भने हाम्रा पूर्वाधारहरु पर्याप्त नहोलान । त्यसैले पर्यटकहरुलाई अफ सिजनमा आउनलाई प्रेरित गर्नुप¥यो । यसका लागी पर्यटनको विधिकरण आवश्यक छ । अफ सिजनमा भिसा फ्रि वा अन्य योजनाहरु ल्याएर आकर्षित गर्नु आवश्यक छ । नेपाल वायुसेवा निगमलाई राजनीतिवाट मुक्त र तेस्रो पक्षको बेग्लै व्यवस्थापन नल्याउँदासम्म नेपालमा हामीले सोचेको जस्तो पर्यटन क्षेत्रको विकास सम्भवै छैन । अहिलेको वाईडवडि सम्म आईपुग्दा कुनै न कुनै रुपमा यो विवादमा फसेकै छ । अरु निजी विमानहरु फस्टाएको फस्टायै हुने, निगम मात्रै घाटाको घाटामा मात्रै हुने ? निगममा एउटा दक्ष तेस्रो पक्ष व्यवस्थापन ल्याएर चलाउने हो भने नेपालको पर्यटन क्षेत्रले फड्को मार्छ । कतिपयले निगमलाई खारेज गर्ने सम्मका कुरा गरेको पनि सुनियो । यो देश रहँदासम्म राष्ट्रिय ध्वजाबाहक भएन भने देशको पहिचान नै हुँदैन । दश वर्षमा ईथियोपियन एयरलाईन्सले विश्वभर उडान गर्न थालिसकेको छ तर निगम भने सदैव भद्रगोल छ । निगमको समस्या व्यवस्थापनको हो । ग्राहक वा वजारको समस्या होईन । जहाँ विमान भाडा महँगो हुन्छ, त्यो गन्तव्य पर्यटकको रोजाईको विषय बन्दैन । त्यसैले अफ सिजनमा नेपाल एयरलाईन्सले विभिन्न गन्तव्यमा सस्तोमा उडान गर्ने हो भने नेपालको पर्यटन पाँच वर्षमा कायापलट हुन्छ ।

० अहिलेको विश्व पर्यटन वजारको ट्रेण्ड कस्तो छ ? पर्यटकहरु कस्ता गन्तव्यको भ्रमण गर्न चाहन्छन ? संख्या वृद्धिको लागी नेपालले के कस्ता पर्यटकलाई नेपाल आकर्षित गर्ने रणनीति लिनु आवश्यक छ ?

हामीले धेरै पर्यटक वृद्धि गर्ने लक्ष्य राखिरहँदा मुख्य रुपमा भारतिय र चिनियाँ पर्यटक नै टार्गेट गर्नुपर्छ । भारतिय पर्यटकले  मनोरञ्जन खोज्दछन । पशुपतिनाथ दर्शन बाहेक बार,डिस्को र रात्रीकालिन मनोरञ्जन उनीहरुको रोजाई हुन्छ । चिनियाँहरु संस्कृति,फोटोग्राफी, सपिङ आदी चाहन्छन । युरोपियनहरु एड्भेञ्चर र संस्कृति जस्ता विषयमा रुचि राख्छन । यहाँनेर अहिले सरकारले ५ वजदेखि १० वजेसम्म मात्र मदिरा विक्री गर्न पाउने भनेको छ । विश्वभरको पर्यटकले खर्च गर्ने भनेकै बेलुका हो । त्यही वेलुका व्यवसाय गर्न नपाउने भनेपछि कसरी पर्यटक नेपाल आउँछ ? जस्तै भलादमी पर्यटक आएपनि त्यो घुम्न, खान रमाईलो गर्न नै नेपाल आउने हो । तरकारी पसलले मदिरा बेचिरहेको छ तर होटललाई मदिरा बेच्न रोक लगाईको छ । यस्ता सरकारी नियमलाई सुधार गर्नु आवश्यक छ । राज्यले नियमन गर्ने हो, निषेध गर्ने होईन । 

० सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रति निजि क्षेत्रमा उत्साह नदेखिएपनि पर्यटन पूर्वाधारहरु होटल लगायतमा नीजि क्षेत्र उत्साही ढंगले नै आएको देखिन्छ नी ?

नेपाल भ्रमण वर्षको लागी राज्यले त्यस्तो अनुभुति गराउन सकेन । नेपाल भ्रमण वर्ष भनेर गेष्ठि र कार्यशाला गरेर मात्र हुँदैन । नेपाल भ्रमण वर्ष सफल हुने आधारभुत आधारहरु खोई त तयार भएको ? सरकारी निकायमा नै कोअर्डिनेशन छैन । 

होटल लगायतका पूर्वाधारमा नीजि क्षेत्रको आकर्षणको कुरा गर्दा बाहिरतिर होटलहरु खुल्नुको मुख्य कारण स्थानिय सरकारहरु बने । त्यहाँ नेपालीहरुको गतिविधि पनि बढ्यो । काठमाडौंमा विशेषगरि एनआरएनहरुका कारण होटलहरु वढेका हुन । पोखरा,चितवन लगायतका स्थानमा होटलहरु बढ्नुको कारण नेपालीहरुको भ्रमण सस्कृति बढ्नु हो । पोखरा,चितवन र नगरकोट जस्ता स्थानमा आज पनि विदेशी भन्दा नेपाली पर्यटकको संख्या वढि छ । काठमाडौं भित्र पनि चेन होटलहरु आएका छन । नेपालमा राजनीतिक स्थिरता आएको कारण अवको केहि वर्षपछिलाई लक्षित गरेर चेन होटलहरु नेपाल आएका हुन । अर्कोतिर सन २०२० मा २० लाख पर्यटक नपुगेपनि अव नेपालमा पर्यटन क्षेत्रको विकासलाई कसैले रोक्न सक्दैन । यसको मुख्य आधार भनेको हाम्रा छिमेकीहरु भारत र चीनको अर्थतन्त्र बढिरहेको छ । त्यससंगै उनीहरुको भ्रमण संस्कृति पनि बढ्दो छ,त्यसको प्रत्यक्ष लाभ नेपाललाई हुन्छ ।

हाम्रो नेपालको पर्यटन क्षेत्रको भविष्य नै भारतिय र चिनियाँ पर्यटक हो । जहाजले बोकेर कति पो आउँछन र ? सडकवाट जहाजवाट भन्दा धेरै वढि पर्यटक आउँछन ।

० हाल नेपालका विभिन्न पदयात्रा मार्गमा पर्यटकहरुसंग स्थानीय निकायहरुले उठाएको करका कारण समस्या आएको व्यवसायिहरुको गुनासो  छ । यथार्थ के हो ?

कतिपय अवस्थामा यो व्यवसायीहरुको रुवाबासी मात्र हो । नेपाल घुम्न आएको पर्यटकले मैले कर तिर्नुपर्छ भन्ने राम्रोसंग बुझेको हुन्छ । सित्तैमा ट्राभल गर्ने पर्यटक ल्याएर अर्थ नै छैन । व्यवसायीहरुमा सस्तोमा प्रतिस्पर्धा गरेर व्यवसाय गरेका कारण यो रुवावासी भएको हो । सस्तो बनाएर मात्र पर्यटक आउने त होईन नी । सरकारले व्यवसायिहरुलाई पनि जिम्मेवार बनाउने किसिमका निती नियम ल्याउनु आवश्यक छ ।

जव हामी संख्यामा जान्छौं, हाम्रो गन्तव्यहरु विग्रन्छन । जहाँ ओभर क्राउडेड छ नी, त्यहाँ विस्तारै पर्यटकहरु जान छोड्न थालिसके । हामीले जसरी अन्डर कस्टिङ गरेर पर्यटकलाई सेवा दिईरहकेका छौं,त्यसले हामीलाई खासै लाभ हुँदैन । प्याकेजमा आएको पर्यटकलाई कहाँ–कहाँ कर तिरिन्छ भन्ने पनि थाहा हुँदैन । खालि कर तिर्दा पनि सहज हुनुप¥यो र सडक लगायतका त्यहाँका पूर्वाधारमा सुधार आउनुप¥यो भन्ने मात्र विषय हो ।

० नेपालमा पर्यटन क्षेत्रको विकास र सरकारी निति नियमहरुको सुधार लगायतका विषयमा पर्यटन क्षेत्रका व्यवसायिक संस्थाहरु को भुमिका कस्तो देखिन्छ ?

पछिल्लो समय यि व्यवसायिक संस्थाहरु राजनीति गर्ने संस्थामा रुपान्तरण भएका छन । संस्थाहरु राजनीतिक आवरणमा रहेका छन । सरकार आफ्नो छ,विरोध गर्न पनि भएको छैन । यि एशोशियसनहरुको काम फोटो झुन्ड्याउने मात्रमा सिमित भएको छ । नीतिगत सुधारमा केहि पहल भएको छैन, सदस्यहरुलाई प्रतिस्पर्धी बनाउन कुनै भुमिका खेलेजस्तो लाग्दैन ।
आजसम्म पर्यटन क्षेत्रले उद्योगको मान्यता पाएको छैन ,यसको कारण यो क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा कति छ भन्ने आधिकारीक तथ्यांक नै गलत छ । व्यवसायिकले कमाएको कमायै छन, तर यो क्षेत्रको योदनान अत्यन्त कम छ । त्यसले गर्दा राज्यले यो क्षेत्रलाई उद्योगको मान्यता दिएको छैन । व्यवसायिक संस्थाहरुले त यतातिर सोच्नुपर्ने हो,तर त्यसो हुन सकेको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।