logo

ट्रेडिङ र उद्योगलाई ल्याईने कच्चा पदार्थमा एउटै भन्सार दर हुँदा समस्या छ

रमेश काफ्ले, प्रमुख कार्यकारी अधिकृत, क्लासिक ईण्डस्ट्रिज प्रा.लि.

    3650   पटक पढिएको

नेपालमा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसंगै उपभोक्ताको रुची पनि बदलिँदै गएको छ । पहिले–पहिले डसनाको प्रयोग गर्ने उपभोक्ताहरुको ध्यान पछिल्लो समय म्याट्रेसतिर आकर्षित भएको छ । यसै सन्दर्भमा अर्थ र व्यापारले विगत करिव दुई दशकदेखि नेपालमा म्याट्रेस उत्पादन र वितरण गर्दै आएको क्लासिक ग्रुप अन्तर्गतको क्लासिक ईण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत  रमेश काफ्ले संग क्लासिक म्याट्रेस,नेपालमा यो क्षेत्रमा रहेका समस्या तथा म्याट्रेस प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षका विषयमा केन्द्रित भएर कुराकानी गरेको छ । प्रस्तुत छ–कुराकानीको सम्पादीत अंश :

रमेश काफ्ले
प्रमुख कार्यकारी अधिकृत
क्लासिक ईण्डस्ट्रिज प्रा.लि.

० हाल क्लासिक ईण्डस्ट्रिज प्रा.लि.ले के–कस्ता उत्पादनहरु गरिरहेको छ ?

विगत २७ वर्षदेखि म्याट्रेस र कार्पेट क्षेत्रमा काम गर्दै आएको क्लासिक समुहको क्लासिक इन्डस्ट्रिज प्रा.लि.ले मुख्यतः विभिन्न आकारका म्याट्रेसका साथै अन्य बेड आइटमहरुको उत्पादन गर्दछ । हाल क्लासिकले विभिन्न क्याटोगरीका म्याट्रेस उत्पादन गर्दै आएको छ । त्यसमध्ये लक्जरी कोइल म्याट्रेस, स्ट्याण्डर्ड कोइल म्याट्रेस, रोमाण्टिक कोइल म्याट्रेस, स्पाइन क्यूर कोइल म्याट्रेस, ड्रिम कोइल म्याट्रेस, कम्फर्ट कोइल म्याट्रेस, इको टच कोइल म्याट्रेस उत्पादन गर्दै आएको छ ।

त्यसैगरी क्लासिक ईण्डस्ट्रिजले विभिन्न क्याटोगरीका म्याट्रेसका साथै बेड कभर, कोइर म्याट्रेस, फाइवर क्विइल्ट, क्लासिक फाइवर पिलो, कुशन, म्याट्रेस प्रोटेक्टर लगायतका बेड आइटम समेत उत्पादन गर्दै आएको छ । 

० हाल बजारमा विभिन्न ब्राण्डका म्याट्रेसहरु उपलब्ध छन । क्लासिक म्याट्रेसका विशेषताहरु के हुन ? अन्य ब्राण्डका म्याट्रेस भन्दा क्लासिक के मा भिन्न छ ?

नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस बनाइने हुनाले क्लासिकका म्याट्रेसहरु  स्वास्थ्यबद्र्धक रहेको अनुसन्धानबाट समेत प्रमाणित भएको छ । यद्यपि, बजारमा भेटिने केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेको छ । यस्ता म्याट्रेसहरु र क्लासिकका म्याट्रेससँग तुलना गर्न समेत योग्य छैनन । डसनाको मुल्यमा आउने म्याट्रेसहरु पनि क्लासिकले उत्पादन गर्दै आएको छ । सस्तो मुल्यमा पनि हामी स्वस्थकर उत्पादनहरु दिईरहेका छौं ।

त्यसवाहेक हाम्रा गुणस्तरीय उत्पादनहरुमा वारेन्टी होईन, रिप्लेसमेण्ट ग्यारेन्टि दिन्छौं । म्याट्रेस खरिदको समयमा नै हामीले ग्यारेन्टि कार्डहरु उपलब्ध गराउँछौं । विचमा केहि समस्या देखिएमा हामी रिप्लेसमेण्ट गर्दर्छौ । यसो गर्न सक्नुको मुख्य कारण हाम्रा उत्पादनहरु गुणस्तरीय हुनु नै हो । त्यसैले हाम्रो प्रतिस्पर्धा स्थानिय उत्पादनसंग होईन,वाहिर वाट आयात भएर आएका उत्पादनहरु संग छ ।

० नेपालमा म्याट्रेस उद्योगको वजार कत्रो छ ? नेपाली उपभोक्ताहरुको आकर्षण म्याट्रेसमा कस्तो छ ?

नेपालमा म्याट्रेस उद्योगको वार्षिक वजार कति छ,यसवारे यकिन तथ्यांक त छैन, तर पनि नेपालमा यो क्षेत्रको वजार वार्षिक रुपमा २५ देखि ३० प्रतिशतले वढिरहेको छ । सहरी क्षेत्रका साथै विस्तारै ग्रामीण भेगमा समेत यसको माग बढ्न थालेको छ । भारत,चीन लगायतका मुलुकबाट नेपाल ल्याई बिक्री गरिएका म्याट्रेसहरु टिकाउ नहुने र यिनीहरुको बिक्रेतासमेत परिवर्तन भइरहने कारण ग्राहक आजित हुने गरेका छन । जसले गर्दा नेपाली उत्पादनहरुप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । दिर्घकालीन रुपमा सोच्दा डसना भन्दा म्याट्रेस सस्तो पर्ने भएका कारण पनि आम उपभोक्ता पनि म्याट्रेस तर्फ आकर्षित भएको पाईन्छ ।

क्लासिकको सन्दर्भमा कुरा गर्दा बढीमा १२ इञ्च बाक्लो र कम्तिमा ४ इञ्चसम्मका म्याट्रेस उत्पादन गरी बिक्री गर्दै आएका छौं । ग्राहकको माग अनुसारका आकार, रंग र डिजाइनमा म्याट्रेसको उत्पादन गरिने भएको कारण पनि क्लासिक प्रति उपझोक्ताको रुचि बढेको हाम्रो अनुभव छ ।

० स्वास्थ्यका दृटिकोणले क्लासिकका म्याट्रेसहरु कस्ता छन ? म्याट्रेस प्रयोग गर्दा उपभोक्ताहरुले क कुरामा ध्यान पु¥याउनुपर्छ ?

क्लासिकका म्याट्रेसहरु नरिवलको जट्टा प्रयोग गरी बनाइने हुनाले स्वास्थ्यबद्र्धक रहेको अनुसन्धानबाट समेत प्रमाणित भएको छ । यद्यपि बजारमा भेटिने केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेको छ । ती म्याट्रेसहरु स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायक छैनन । अर्थोपेडिक समस्या भएकाहरुका लागि नरिवलको जट्टा प्रयोग गरी वनाईने म्याट्रेस बढी स्वास्थ्यबद्र्धक हुने दखिएको छ ।

० नेपालमा सञ्चालित म्याट्रेस उद्योगहरुले के–कस्ता समस्या हरु भोगिरहेका छन ?

नेपालमा उत्पादीत म्याट्रेस उद्योगहरुले प्रयोग गर्ने अधिकांश कच्चा र सहायक कच्चा पदार्थहरु सवै आयातित हुन । सरकारको ट्रेडिङ गर्ने उद्देश्यले ल्याईने कच्चा पदार्थ र उद्योगका लागी ल्याईने कच्चा पदार्थमा उही भन्सार दर कायम गरेको छ । यसले गर्दा उद्योगीहरुलाई समस्या भएको छ । कमसेकम ट्रेड्रिङ गर्ने कम्पनीले ल्याउने उही वस्तु र उद्योगले कच्चा पदार्थका रुपमा ल्याउने उही वस्तुमा उही भन्सार दर हुनु हुँदैन । हामीले त उद्योग चलाएर देशमा रोजगारी सिर्जना गरेका छौं । अदक्ष कामदाहरुलाई तालिम दिएर,सिप सिकाएर योग्य वनाएर काम लगाएका छौं ।  

अर्कोतिर तयारी म्याट्रेसहरु न्युन भन्सार मुल्याकनमा देश भित्रिरहेका छन । भन्सार मुल्याकन भन्दा ४०० प्रतिशत वढी मुल्यमा पनि म्याट्रेसहरु विक्रि भईरहेका छन । यस विषयमा सरकारले वजारमा अनुगमन र मुल्यांकन गर्न जरुरी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।