logo

नेपाल आउने पर्यटकको संख्या बीस वर्ष अगााडीकै अवस्थामा छ 

दिपक महत,अध्यक्ष, राष्ट्रिय पर्यटन व्यवसायि संघ ( निट–नेपाल) 

    2104   पटक पढिएको

दिपक महत
अध्यक्ष
राष्ट्रिय पर्यटन व्यवसायि संघ ( निट–नेपाल) 

हालै सरकारले आर्थिक वर्ष २०७४÷०७५ को वजेट सार्वजनिक गरेको छ । वजेटले पर्यटन क्षेत्रलाई खासै सम्वोधन नगरेको गुनासो पर्यटन क्षेत्रमा आयो । राज्यले जतिसुकै पर्यटन क्षेत्रको कुरा गरेपनि व्यवहारमा पर्यटन क्षेत्रलाई महत्व दिएको पाईंदैन । यिनै सन्दर्भमा अर्थ र व्यापारले ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष, राष्ट्रिय पर्यटन व्यवसायि संघ ( निट–नेपाल) का अध्यक्ष दिपक महत संग कुराकान गरेको छ । प्रस्तुत छ–नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था,संघियतामा मुलुकको पर्यटन क्षेत्रको आगामी सम्भावना तथा समग्र पर्यटन क्षेत्रको विषयमा अर्थ र व्यापारले महत संग गरेको कुराकानीको सम्पादीत अंश :

० सुरुमै एउटा प्रश्न,नेपालको पर्यटन क्षेत्रमा हरतर्फ राजनीति हावि भयो,चाहे त्यो व्यवसायिक संघ–संस्थाहरुको निर्वाचन वा अन्य सन्दर्भमा भन्ने सुनिन्छ । पर्यटन क्षेत्रमा राजनीति भित्र्याउने काम तपाईंले गर्नुभयो भन्ने आरोप छ नी ?

वास्तवमा यो आरोप नबुझिकन मलाई लगाईएको हो । म अर्थात दिपक महत टानको अध्यक्ष भईन्जेल सन् २००३ देखि २००५ सम्म टानमा कहिल्यै पनि बैचारीक कुरा भएन । त्यहाँ व्यवसायको र व्यवसायिको हितको मात्र कुरा हुन्थ्यो । त्यसपछि सन २००७ सम्म पनि खासै राजनीति भएको होईन । वि.सं २०६२÷०६३ को आन्दोलन पछि विभन्न पेशा– व्यवसायमा राजनीति सुरु भएको देखिन्छ । त्यसैको प्रभाव पर्यटन क्षेत्रमा पनि देखिएको हो ।

पर्यटन क्षेत्रको कुरा गर्दा सुरुमा तत्कालिन माओवादी र त्यसपछि एमालेले राजनीति सुरु गरेका हुन । यि राजनीतिक पार्टीहरुले विभिन्न संगठन नै खुलाए । नेकपा माओवादी–पर्यटन,  नेकपा एमाले पर्यटन का नाममा संस्था नै खोलिए । त्यसरी हामीले पनि नेपाली काङग्रेस इलाका कमिटि भनेर खोल्न सकिन्थ्यो तर खोलेन्म । त्यसपछि प्रजातान्त्रिक विचार राख्ने व्यवसायि साथिहरु पनि संगठित हुन सुरु भएको हो । साथीहरुले तपाई पर्यटन क्षेत्रमा नेतृत्व गरेको,बुझेको मानिस, तपाईंंले नेतृत्व गर्दिनुप¥यो भन्नुभयो र हामी समुहमा संगठित भएर अगाडी बढेको हो । वास्तवमा पर्यटन क्षेत्रमा विं.सं २०६५ पछि मात्र राजनिति सुरु भएको हो । मेरो कार्यकालमा होईन । त्यसैले जसले मलाई आरोप लगाउँछन,उनीहरुले वुझेर होईन, नवुझिकन आरोप लगाएका हुन । वरु अर्को कुरा पर्यटन क्षेत्रमा हामी राष्ट्रिय पर्यटन व्यवसायि संघ ( निट–नेपाल) को रुपमा चिनिएका छौं । अरु दलनिकट व्यवसायहरु पनि पछि विभन्न संघ,संगठन को नाममा पछि आए । त्यसैले राजनति भित्र पनि हामीले व्यवसायिकता लाई महत्व दिएका छौं । अरु राजनीतिक दल निकट व्यवसायिहरुले पनि हाम्रो अनुकरण गरेका छन,त्यसले हामीलाई सन्तुष्टि नै छ ।

० सरकारले हालै मात्र आर्थिक बर्ष २०७४÷०७५ को वजेट ल्याएको छ । पर्यटन क्षेत्रका लागी बजेट कस्तो छ ? 

पर्यटन क्षेत्रका लागी विमानस्थल लगायतका विषय बाहेक खासै नयाँ कुरा आएन । पुराना नै वढि योजनाहरु आएका छन् । खासै नयाँ कुरा परेनन् । राज्यले पुर्वाधारमा लगानी गरेको छ, जसले पर्यटनमा पनि फाईदा पुग्छ भन्ने तर्क दिन्छ तर वास्तवमा भन्ने हो भने पर्यटन क्षेत्रको कुरा गर्दा पर्यटन सेवा शुल्क वाट उठ्ने बाहेक अन्य लगानी राज्यले गर्नै चाहेको छैन ।

० प्रसंग बदलौं, नेपालमा कृषि,उर्जा र पर्यटन नै नेपाल समृद्ध हुनसक्ने आधारहरु भनेर चर्चा हुने गरेको छ । तर के पर्यटनलाई वास्तविक रुपमा राज्यले प्राथामकता दिएको छ त ?

यसको पछाडी सरकारी तर्क सुन्नुभयो भने पर्यटन धेरै क्षेत्रसंग जोडिएको छ भन्ने उत्तर आउँछ । पर्यटन विकासको लागी सडक यातायात चाहिन्छ, राज्यले पुर्वधारको लागि खर्च गरेको हुन्छ । जसवाट पर्यटन क्षेत्रलाई नै फाइदा पुग्छ, सरकारले पर्यटनको लागि मात्र छुट््टै सडकको लागि सरकारले लगानी गर्दैन भनिन्छ । तर हामीलाई एयरपोर्टको खाँचो छ, विमानहरुको खाँचो छ, थप पर्यटकिय गन्तव्यहरु चाहिएको छ । बजेट नै मात्र छुट्याउनु पर्छ भन्ने पनि छैन, नितिगत सुधारले मात्र पनि पर्यटन क्षेत्रमा धेरै काम हुन्छ । कृषि र जलस्रोत नेपालको आर्थिक समृद्धिका आधार हुन तर पर्यटन क्षेत्रका हाम्रा सम्भावनाहरु लाई निचोरेर उपलब्धिहरु हाँसिल गर्ने हो भने अहिलेको नेपाली जनसंख्यालाई तीन छाक खान सजिलै सम्भव छ ।

० साँच्चिकै पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्धिको वाटोमा अगाडी बढाउने हो भने राज्यले पर्यटन क्षेत्रको लागी के गर्नुपर्छ ?

नितिगत विषयमा मात्र संसोधन गर्ने हो भने पनि पर्यटन क्षेत्रले राहत महशुशु गर्छ । अझैपनि नेपालमा मेची देखि महाकाली सम्म तिब्बत संग सिमाना जोडिएका निषेधित क्षेत्रहरु छन, ति निषेधित क्षेत्रहरु खोल्नैपर्छ । टानको पहलले केहि ठाउँहरु खोलिएपनि अधिकांश स्थानहरु निषेधित नै छन । सवै एकैपटक नखोलेपनि विस्तारै खोल्दै जाने निति अबलम्वन गर्नुपर्छ भने अर्कोतिर पर्मिटवाट मात्र शुल्क लिने निति भन्दा पर्यटकको बसाई बढाएर आम्दानी गर्ने निति लिनुपर्छ । अर्कोतिर नेपाल बायुसेवा निगमको फ्लाईट पञ्चायत कालमा बरु धेरै स्थानमा हुन्थे आज ति स्थानमा पनि हुँदैनन । नेपाल वायुसेवा निगम संग एक दर्जन जहाजहरु हुनैपर्छ,कमसेकम पनि हिजो भएका ठाउँहरु नियमित उडान हुनैपर्छ । नेपाल पर्यटन वोर्डलाई अहिलेको जस्तो त्रिशंकु बनाएर राखेर हुँदैन, पुर्नसंरचना गरेर काउन्सिलको मोडलमा लैजानुपर्छ । अव देश संघियतामा गईसकेपछि पर्यटन वोर्ड पनि संघिय मोडलमा जानुपर्छ ।

० देश अव संघियतामा गईसकेको छ, संघियतामा गईसकेपछि अव पर्यटन क्षेत्रमा कस्तो प्रभाव पार्छ ?

वास्तवमा भन्ने हो भने संघियतामा गईसकेपछि हरेक ठाउँमा पर्यटकिय सम्भावनाको खोजी हुन्छ । उदाहरणको लागी शरदसिंह भण्डारी पर्यटन मन्त्री हुँदा उहाँले तराई टुरिजमको कुरा गर्नुभएको थियो, हो तराई पर्यटन पनि छ । पर्यटकिय गन्तव्य हुनलाई हिमाल नै चाहिन्छ भन्ने छैन । उदाहरणको लागी तराई टुरिजमको कुरा गर्दा कोशी नदिकोे किनारमा सिजनल ढंगले नेपालमै समुद्रको अनुभव लिन सक्ने हिसावले गन्तव्य विकास गर्न सक्छौं । संघिय संरचनामा गईसकेपछि प्रत्येक ठाउँका मानिसले आफ्नो क्षेत्रको पर्यटकिय सम्भावनाका विषयहरुमा सोच्लान । नयाँ सम्भावनाहरुको पक्कै खोजी हुन्छ । प्रत्येक मानिसले आफ्नो क्षेत्रको गन्तव्य विकास गरेर आफ्ना छिमेकीहरुलाई आकर्षित गर्न सक्छन । आज पनि विशेषज्ञताको अभावमा प्रत्येक जिल्लामा महोत्सव त भएका छन तर जहाँ पनि काठमाडौं वाट गायक गायिका र चर्खा लगेर घुमाउने काम मात्र भईरहेको छ । यसमा सुधार आउन जरुरी छ । संघियताका कारण स्थानिय वासिन्दाले पर्यटन क्षेत्रको थप महत्व बुझ्नेछ । अव देश संघिय संरचनामा गईसकेपछि एक प्रदेशमा पर्यटन वोर्डको एउटा कार्यालय हुनूपर्छ, न्युनतम पनि सात वटा कार्यालयहरु हुनैपर्छ ।  

० हालका दिनमा नेपाल आउने पर्यटकको संख्यालाई हेर्ने हो भने सात लाख चानचुन विदेश पर्यटक नेपाल आएको पाईन्छ । विदेशी पर्यटकको यो संख्या कत्तिको सन्तोषजनक छ ? 

आजका दिनमा नेपाल आउने पर्यटकको संख्या सन्तोषजनक हैन,ठुलो निराशाजनक अवस्था छ । यति सानो दायरामा नेपालको पर्यटन क्षेत्र गुज्रिएको छ कि लाजमर्दो अवस्था छ । अहिले करिव सात लाख पर्यटक नेपाल आएको भन्ने सुनिन्छ तर यथार्थमा त्यस्तो पनि देखिँदैन । तिन लाख पर्यटक आएको अवस्थामा भिजिट नेपाल– १९९८ मनाईयो र ९९ मा नेपाल आउने पर्यटक संख्या पाँच लाख पुग्यो यो हिसावले हेर्ने हो भने बीस बर्षमा २ लाख पर्यटक बढ्नु ठूलो कुरा होईन । अर्को कुरा बीस वर्ष अगाडी अधिकांश विदेशमा बस्ने नेपालीहरु सामान्य अवस्थामा बस्थे, केहि संख्यामा बाहेक अरु गैह्रकानुनी ढंगले बस्थे, विदेशी पासपोर्ट वोकेर नेपाल आउन सक्ने उनीहरुको अवस्था थिएन । आज त धेरै नेपालीहरु विदेशी पासपोर्ट बाकेर नेपाल आउन सक्ने अवस्थामा छन । वर्षभरीमा दुई लाख त विदेशमा बस्ने नेपालीहरु पनि विदेशी पासपोर्ट वोकर नोपल आउँलान । यो संख्या पनि त्यहि सात लाख भित्रमा नै पर्छ । विदेशी पासपोर्ट बोकर वार्षिक दुई लाख नेपालीहरु मात्र नेपाल आउँछन भनेर मान्ने हो भने पनि पर्यटकको संख्या त्यहि पाँच लाख हो । यसरी हेर्ने हो भने नेपाल आउने पर्यटकको संख्या बीस वर्ष अगााडीकै अवस्थामा वा भनौ झन निराशाजनक अवस्थामा छ ।   


   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।