logo

तीन अर्बको जय अम्बे स्टीलको उत्पादन एक महिनाभित्रै बजारमा

    1865   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार - तीन अर्ब लगानीमा अम्बे समूहले नेपालगंजमा स्थापना गरेको डन्डी उद्योग तयार भएको छ। उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ।

सिमेन्ट र डन्डी उद्योगमा पायोनियर रहेको यो समूहको दोस्रो डन्डीको प्लान्ट हो। समूहले अम्बे ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ। नेपालगंजको डन्डी उद्योग जय अम्बे स्टील हो। तर उत्पादन भने अम्बे ब्राण्डमै बिक्री गर्नेछ।

जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले मंसिर २० गते औपचारिक पुजा गरेर उत्पादन सुरु हुने बताउँदै एक महिनाभित्रै व्यवसायिक उत्पादन सुरु हुने जानकारी दिए। उनका अनुसार पहिलो पटक उद्योगमा क्यान्टलिवर स्ट्यान्ड राखिएको छ। यो स्ट्यान्डले डन्डीलाई चिल्लो बनाउँछ।

‘अहिले बजारमा पाइने डन्डी रफ हुन्छ। त्यसैले हामीले यो उद्योगमा नयाँ प्रविधि ल्याएका छौं जसले गर्दा उत्पादित डन्डी विदेशमा जस्तो चिल्लो हुनेछ’ उनले अर्थ र व्यापारसँग भने,’गुणस्तरको अलावा यसले उपभोक्तालाई आकर्षित समेत गर्छ।’ उनले उद्योगको मेशिनरीमा कुनै सम्झौंता नगरेका कारण ‘प्रोजेक्ट कस्ट’ समेत केही बढेको बताए। 

‘उद्योगमा लेटेस्ट प्रविधि ल्याएका छौं। केही नेपालका उद्योगलेनै नलगाएका प्रविधि समेत जडान गरेका कारण परियोजना केही महँगो भयो,’ न्यौपानेले भने,’तर यसले पे ब्याक गर्छ भन्नेमा म विश्वस्त छु।’ १६ विघामा रहेको यो उद्योग ठूलो उद्योगभित्र पर्छ। उद्योगबाट दैनिक ८ सय टन डन्डी उत्पादन हुन्छ।

शिवाजको ड्रिम प्रोजेक्ट
अम्बे समूहका हरि न्यौपानेका छोरा शिवाजको यो ड्रिम प्रोजेक्ट हो। उद्योग स्थापनाको चरणदेखि उनी आवद्ध छन्। अमेरिकाको अध्ययन सकेर आएपछि शिवाजले भैरहवामा रहेको अम्बे स्टील पाँच वर्ष अघि हेर्न सुरु गरेका थिए।
 सन् २००९मा स्थापना भएको अम्बे स्टील बजारमा स्थापित ब्राण्ड थियो। तर उनले भैरहवाको उद्योगमा गएर त्यहाँको व्यवस्थापन हेरे। उनका लागि त्यो उद्योग लर्निङ एक्सपेरियन्स भयो। त्यसपछि नेपालगंजमा नयाँ स्टील उद्योग लगाउने छलफल सुरु भयो।

 यो छलफलको सुरुवातदेखिनै उनी सामेल भए। उद्योग स्थापनादेखि मेशिनरी ल्याउने काम शिवाज एक्लैले गरे। बैंकको ऋण प्रकृयावाहेक सबैमा उनी सहभागी बने। अब उद्योग उत्पादनको चरणमा पुगेको छ।

डन्डीका लागि कठिन परिस्थिती

‘डन्डी’ उद्योगको ब्यालेन्ससीट नकारात्मक छ। अहिले कतिपय उद्योगले नोक्सानी खेपेरै भएपनि डन्डी बजारमा बिक्री गरिरहेका छन्। अर्बौ रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरेको उद्योगको ब्याज र कर्मचारी खर्चनै धान्न नसक्ने अवस्था छ।

डन्डीको माग नभएपछि धेरै उद्योग संकटउन्मुख छन्। यो संकटकै कारण केही उद्योगले उत्पादन समय पछि सारिरहेका छन्। तर शिवाजलाई भने डन्डीको संकटप्रति धेरै चिन्ता छैन।

‘डन्डीको बजार धेरैनै खराब छ। अहिले धेरै उद्योगको ब्यालेन्स सीट नेगेटिभनै छ। तर हाम्रो ब्राण्ड छ। उत्पादन प्रणालीमा एक्सप्रेरियन्स भएकाले बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदैन’ शिवाज भन्छन्,’ब्राण्ड स्थापित बनाएर बिक्री संजाल बनाउनेलाई कठिन हो। मैले त्यति धेरै अप्ठेरो देखेको छैन।’

उनले उत्पादन प्रकृयामा अतिरिक्त लागत कटौंती गर्न सकेमा समस्या नहुने बताए। ‘धेरै उद्योगले उत्पादन प्रकृयामै लागत बढ्छ। हाम्रो प्लान्ट ठूलो भएकाले लागत घटाउन पनि सहयोग पुर्याउँछ’ उनले भने।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।