logo

तीन अर्बको जय अम्बे स्टीलको उत्पादन एक महिनाभित्रै बजारमा

    2626   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार - तीन अर्ब लगानीमा अम्बे समूहले नेपालगंजमा स्थापना गरेको डन्डी उद्योग तयार भएको छ। उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ।

सिमेन्ट र डन्डी उद्योगमा पायोनियर रहेको यो समूहको दोस्रो डन्डीको प्लान्ट हो। समूहले अम्बे ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ। नेपालगंजको डन्डी उद्योग जय अम्बे स्टील हो। तर उत्पादन भने अम्बे ब्राण्डमै बिक्री गर्नेछ।

जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले मंसिर २० गते औपचारिक पुजा गरेर उत्पादन सुरु हुने बताउँदै एक महिनाभित्रै व्यवसायिक उत्पादन सुरु हुने जानकारी दिए। उनका अनुसार पहिलो पटक उद्योगमा क्यान्टलिवर स्ट्यान्ड राखिएको छ। यो स्ट्यान्डले डन्डीलाई चिल्लो बनाउँछ।

‘अहिले बजारमा पाइने डन्डी रफ हुन्छ। त्यसैले हामीले यो उद्योगमा नयाँ प्रविधि ल्याएका छौं जसले गर्दा उत्पादित डन्डी विदेशमा जस्तो चिल्लो हुनेछ’ उनले अर्थ र व्यापारसँग भने,’गुणस्तरको अलावा यसले उपभोक्तालाई आकर्षित समेत गर्छ।’ उनले उद्योगको मेशिनरीमा कुनै सम्झौंता नगरेका कारण ‘प्रोजेक्ट कस्ट’ समेत केही बढेको बताए। 

‘उद्योगमा लेटेस्ट प्रविधि ल्याएका छौं। केही नेपालका उद्योगलेनै नलगाएका प्रविधि समेत जडान गरेका कारण परियोजना केही महँगो भयो,’ न्यौपानेले भने,’तर यसले पे ब्याक गर्छ भन्नेमा म विश्वस्त छु।’ १६ विघामा रहेको यो उद्योग ठूलो उद्योगभित्र पर्छ। उद्योगबाट दैनिक ८ सय टन डन्डी उत्पादन हुन्छ।

शिवाजको ड्रिम प्रोजेक्ट
अम्बे समूहका हरि न्यौपानेका छोरा शिवाजको यो ड्रिम प्रोजेक्ट हो। उद्योग स्थापनाको चरणदेखि उनी आवद्ध छन्। अमेरिकाको अध्ययन सकेर आएपछि शिवाजले भैरहवामा रहेको अम्बे स्टील पाँच वर्ष अघि हेर्न सुरु गरेका थिए।
 सन् २००९मा स्थापना भएको अम्बे स्टील बजारमा स्थापित ब्राण्ड थियो। तर उनले भैरहवाको उद्योगमा गएर त्यहाँको व्यवस्थापन हेरे। उनका लागि त्यो उद्योग लर्निङ एक्सपेरियन्स भयो। त्यसपछि नेपालगंजमा नयाँ स्टील उद्योग लगाउने छलफल सुरु भयो।

 यो छलफलको सुरुवातदेखिनै उनी सामेल भए। उद्योग स्थापनादेखि मेशिनरी ल्याउने काम शिवाज एक्लैले गरे। बैंकको ऋण प्रकृयावाहेक सबैमा उनी सहभागी बने। अब उद्योग उत्पादनको चरणमा पुगेको छ।

डन्डीका लागि कठिन परिस्थिती

‘डन्डी’ उद्योगको ब्यालेन्ससीट नकारात्मक छ। अहिले कतिपय उद्योगले नोक्सानी खेपेरै भएपनि डन्डी बजारमा बिक्री गरिरहेका छन्। अर्बौ रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरेको उद्योगको ब्याज र कर्मचारी खर्चनै धान्न नसक्ने अवस्था छ।

डन्डीको माग नभएपछि धेरै उद्योग संकटउन्मुख छन्। यो संकटकै कारण केही उद्योगले उत्पादन समय पछि सारिरहेका छन्। तर शिवाजलाई भने डन्डीको संकटप्रति धेरै चिन्ता छैन।

‘डन्डीको बजार धेरैनै खराब छ। अहिले धेरै उद्योगको ब्यालेन्स सीट नेगेटिभनै छ। तर हाम्रो ब्राण्ड छ। उत्पादन प्रणालीमा एक्सप्रेरियन्स भएकाले बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदैन’ शिवाज भन्छन्,’ब्राण्ड स्थापित बनाएर बिक्री संजाल बनाउनेलाई कठिन हो। मैले त्यति धेरै अप्ठेरो देखेको छैन।’

उनले उत्पादन प्रकृयामा अतिरिक्त लागत कटौंती गर्न सकेमा समस्या नहुने बताए। ‘धेरै उद्योगले उत्पादन प्रकृयामै लागत बढ्छ। हाम्रो प्लान्ट ठूलो भएकाले लागत घटाउन पनि सहयोग पुर्याउँछ’ उनले भने।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।