logo

सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढायो, ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने

    1742   पटक पढिएको

१२ पुस /अर्थ र व्यापार - सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढाएको छ । अब निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योगले ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने छन् । मन्त्रीपरिषदबाट पारित भएको ‘निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५’ले विगतमा दिइँदै आएको सुविधा बढाएको हो । सरकारले कपडासहित विभिन्न उत्पादनलाई दिँदै आएको भ्याट फिर्ताको सुविधा कटौति गरेपछि सरकारले अनुदान बढाएर सुविधा दिने सहमति गरेको थियो ।
त्यसैअनुसार विभिन्न वस्तुमा अनुदान सुविधा दिने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि लागू गरेको छ । स्वदेशकै उत्पादन बढाउने र निर्यातलाई समेत वृद्धि गरी ब्यापार घाटा कम गर्ने सोचका साथ यस्तो कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा उत्पादन कम हुँदा विदेशी वस्तुको निर्भरता बढ्दो छ भने निर्यात पनि अपेक्षाकृत रुपमा नबढ्दा ब्यापार घाटाको खाडल फराकिलो हुँदै गएको छ । यस्तो अवस्थामा विभिन्न उत्पादनलाई सुविधा मिल्ने गरी नगद अनुदानको लागि कार्यविधि ल्याएको छ । अब १५ वटा औद्योगिक उत्पादनले ५ र ११ वटाले ३ प्रतिशत नगद अनुदान प्राप्त गर्नेछन् । कार्यविधिमा कुल २६ वस्तुको सूची छ । अब यी वस्तुहरु निर्यात गरेबापत सरकारले अनुदान रकम नै उपलब्ध गराउनेछ । स्वदेशमै प्राप्त हुने वा उत्पादन हुने कृषि, वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेका वस्तु यो सुविधा पाउन योग्य हुनेछन् ।

निर्यातकर्ताले अनुदान पाउनका लागि निर्यात गरेको वस्तुको भुक्तानी विदेशी मुद्रामा बैंकमा दाखिला भएको प्रमाण पेस गररेर सुविधा दावी गर्नुपर्नेछ । भारतमा हुने निकासीको हकमा प्रतीतपत्र (एलसी) मार्फत आर्जित भारतीय मुद्रा बैंकमा दाखिला गरेको कागजाज संलग्न गरे पुग्नेछ । यस्तै निर्यात अनुदान प्राप्त गर्न उद्योग विभागबाट निर्यात हुने वस्तु उत्पादनको प्रमाणीकरण गरेको हनुपर्छ ।

वस्तु निर्यात गर्ने प्रयोजनका लागि कारोबार गरेको बैंकमा आफ्नो आयात निर्यात अनुमतिपत्र (एक्जिम कोड), तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको प्रतिलिपि, निर्यात भएका वस्तुको व्यापारिक बिलबिजक र भन्सार प्रज्ञापनपत्र, निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण वा बैंक स्टेटमेन्ट र पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्छ ।

पुरै स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनले मात्र ५ प्रतिशत अनुदान पाउने मन्त्रालयले जनाएको छ । प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरु, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थर जडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार, तरकारी, फूल, प्रशोधिकत मह, प्रशोधित अलौँची, प्रशोधित अदुवा उद्योगले ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।