logo

हुलास वायर इन्डस्ट्रिजद्वारा १ अर्ब २५ करोड लगानी थप्दै, तीन प्रकारका पाइप उत्पादन गर्ने

    2314   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार -  गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले १ अर्ब २५ करोड लगानी थप्दै स्वदेशी खपत र निर्यातका लागि तीन प्रकारका पाइप उत्पादन गर्ने भएको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको हुलास वायर राजलक्ष्मी गोल्छा नेतृत्वमा सञ्चालित छ । उद्योग उनकी छोरी युक्तिले हेरिरहेका छिन् । संविधान सभा सदस्य राजलक्ष्मी स्वर्गीय महेन्द्र गोल्छाकी पत्नी हुन् । सन् १९८२ मा दिवाकर र महेन्द्र गोल्छाको अग्रसरतामा स्थापित हुलास वायरले १५ किलोमिटर उत्तरमा पर्ने इटहरी नगरपालिका वडा नंं. १३मा दोस्रो युनिटको स्थापना गर्न लागेको हो ।

हुलास वायरका महाप्रबन्धक मुकेशकुमार कोठारीका अनुसार इटहरीको युनिटमा फागुनको पहिलो सातादेखि माइल्ड स्टीलका स्वायर पाइप, राउन्ड पाइप र रेक्ट्याङ्गुलर पाइपको उत्पादन गरिने छ । पाइपहरू आधादेखि ४ इन्चसम्मका हुनेछन् ।
फागुनदेखि प्रति दिन २ सय मेट्रिक टनबाट उत्पादन सुरु गर्ने र एक वर्षपछि मेसिन थप गरेर उत्पादनलाई ५ सय टन बनाइने महाप्रबन्धक मुकेशले जानकारी दिए । एक वर्षपछि थप ५० करोड लगानी गरिने र ग्याल्मनाइज्ड पाइप, पोल र स्ट्रक्चरसमेतको उत्पादन सुरु गर्ने उनले बताए । उनले हुलास वायरको दोस्रो युनिट पूर्ण अटोमेटिक हुने र बढीमा ३० कामदार रहने स्पष्ट पारे । दोस्रो युनिटबाट उत्पादित माइल्ड स्टील पाइप वार्षिक तीन अर्ब मूल्य बराबरको भारततर्फ निकासी गर्ने उद्योगको लक्ष्य छ । 
हुलास वायरको बुढीगङ्गास्थित पहिलो युनिटले गत आर्थिक वर्षमा साढे सात अर्ब कारोबार गरेको थियो । जसमध्ये साढे तीन अर्ब मालसामान भारततर्फ निकासी गरेको थियो । चालु आर्थिक वर्षमा पहिलो युनिटबाट १० अर्बको कारोबार गरी चार अर्ब निर्यात गर्ने लक्ष्य राखिएको छ । पहिलो युनिटमा उत्पादित हाई कार्बन जिआई वायर, ब्रास सिट, कपर सीट र तटबन्धका लागि प्रयोग गरिने तारजाली (गेभियन बक्स) भारत निर्यात भइरहेका छन् ।

पहिलो युनिटमा स्वदेशमै विक्री गर्ने उद्देश्यका टीएमटी रड, काँटी, रिब्ड वायर र लो कार्बन जिआई वायरको समेत उत्पादन गरिन्छ । यस युनिटको दैनिक उत्पादन ५ सय टन रहेको मुकेशले जनाए । हुलास वायरको उत्पादन जिआई वायरले भारतको आइएसआई समेत प्राप्त गरेको उनले उल्लेख गरे । उद्योगले गुणस्तर विभागबाट सन् २००६ मा गुणस्तर चिन्ह प्राप्त गरेको थियो ।

उद्योगले आफ्ना उत्पादन भारतको दक्षिण भागको केरला, पूर्वमा अरुणाचल र उत्तरमा सिमलासम्म निर्यात गरिरहेको उनले बताए । भारत सरकारको नवरत्न कम्पनीअन्तर्गतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियासँग हुलास वायर आबद्ध रहेको उनले बताए । हुलास वायरले गरिरहेको निर्यातलाई सरकारले प्रोत्साहन नगरेको उनको गुनासो छ ।  सरकारले गत महिना निर्यातका केही सामग्रीमा नगद अनुदान दिने निर्णय गर्दा वायरका सामग्री नपरेको उनको गुनासो छ । कुल उत्पादनको १० प्रतिशतभन्दा बढी उत्पादन गर्ने उद्योगलाई कच्चा सामग्रीमा बैङ्क ग्यारेन्टीको सुविधा दिनुपर्ने उनको जिकिर छ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।