logo

हुलास वायर इन्डस्ट्रिजद्वारा १ अर्ब २५ करोड लगानी थप्दै, तीन प्रकारका पाइप उत्पादन गर्ने

    1878   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार -  गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले १ अर्ब २५ करोड लगानी थप्दै स्वदेशी खपत र निर्यातका लागि तीन प्रकारका पाइप उत्पादन गर्ने भएको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको हुलास वायर राजलक्ष्मी गोल्छा नेतृत्वमा सञ्चालित छ । उद्योग उनकी छोरी युक्तिले हेरिरहेका छिन् । संविधान सभा सदस्य राजलक्ष्मी स्वर्गीय महेन्द्र गोल्छाकी पत्नी हुन् । सन् १९८२ मा दिवाकर र महेन्द्र गोल्छाको अग्रसरतामा स्थापित हुलास वायरले १५ किलोमिटर उत्तरमा पर्ने इटहरी नगरपालिका वडा नंं. १३मा दोस्रो युनिटको स्थापना गर्न लागेको हो ।

हुलास वायरका महाप्रबन्धक मुकेशकुमार कोठारीका अनुसार इटहरीको युनिटमा फागुनको पहिलो सातादेखि माइल्ड स्टीलका स्वायर पाइप, राउन्ड पाइप र रेक्ट्याङ्गुलर पाइपको उत्पादन गरिने छ । पाइपहरू आधादेखि ४ इन्चसम्मका हुनेछन् ।
फागुनदेखि प्रति दिन २ सय मेट्रिक टनबाट उत्पादन सुरु गर्ने र एक वर्षपछि मेसिन थप गरेर उत्पादनलाई ५ सय टन बनाइने महाप्रबन्धक मुकेशले जानकारी दिए । एक वर्षपछि थप ५० करोड लगानी गरिने र ग्याल्मनाइज्ड पाइप, पोल र स्ट्रक्चरसमेतको उत्पादन सुरु गर्ने उनले बताए । उनले हुलास वायरको दोस्रो युनिट पूर्ण अटोमेटिक हुने र बढीमा ३० कामदार रहने स्पष्ट पारे । दोस्रो युनिटबाट उत्पादित माइल्ड स्टील पाइप वार्षिक तीन अर्ब मूल्य बराबरको भारततर्फ निकासी गर्ने उद्योगको लक्ष्य छ । 
हुलास वायरको बुढीगङ्गास्थित पहिलो युनिटले गत आर्थिक वर्षमा साढे सात अर्ब कारोबार गरेको थियो । जसमध्ये साढे तीन अर्ब मालसामान भारततर्फ निकासी गरेको थियो । चालु आर्थिक वर्षमा पहिलो युनिटबाट १० अर्बको कारोबार गरी चार अर्ब निर्यात गर्ने लक्ष्य राखिएको छ । पहिलो युनिटमा उत्पादित हाई कार्बन जिआई वायर, ब्रास सिट, कपर सीट र तटबन्धका लागि प्रयोग गरिने तारजाली (गेभियन बक्स) भारत निर्यात भइरहेका छन् ।

पहिलो युनिटमा स्वदेशमै विक्री गर्ने उद्देश्यका टीएमटी रड, काँटी, रिब्ड वायर र लो कार्बन जिआई वायरको समेत उत्पादन गरिन्छ । यस युनिटको दैनिक उत्पादन ५ सय टन रहेको मुकेशले जनाए । हुलास वायरको उत्पादन जिआई वायरले भारतको आइएसआई समेत प्राप्त गरेको उनले उल्लेख गरे । उद्योगले गुणस्तर विभागबाट सन् २००६ मा गुणस्तर चिन्ह प्राप्त गरेको थियो ।

उद्योगले आफ्ना उत्पादन भारतको दक्षिण भागको केरला, पूर्वमा अरुणाचल र उत्तरमा सिमलासम्म निर्यात गरिरहेको उनले बताए । भारत सरकारको नवरत्न कम्पनीअन्तर्गतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियासँग हुलास वायर आबद्ध रहेको उनले बताए । हुलास वायरले गरिरहेको निर्यातलाई सरकारले प्रोत्साहन नगरेको उनको गुनासो छ ।  सरकारले गत महिना निर्यातका केही सामग्रीमा नगद अनुदान दिने निर्णय गर्दा वायरका सामग्री नपरेको उनको गुनासो छ । कुल उत्पादनको १० प्रतिशतभन्दा बढी उत्पादन गर्ने उद्योगलाई कच्चा सामग्रीमा बैङ्क ग्यारेन्टीको सुविधा दिनुपर्ने उनको जिकिर छ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।