logo

१ सय ४५ प्रतिशतले बढ्यो क्लिंकरको आयात

    1385   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – अघिल्ला दुई वर्ष भूकम्प र नाकाबन्दीका कारण रोकिएका निर्माणका गतिविधिले तीव्रता पाएपछि नेपालमा सिमेन्टको खपत अत्यधिक रूपमा बढेको छ । यससँगै सिमेन्ट उत्पादन गर्न आवश्यक मुख्य कच्चा पदार्थ क्लिंकरको आयात भने उच्च दरमा बढेको छ ।

आर्थिक वर्ष ०७३–७४ को ११ महिना (जेठ मसान्तसम्म) मा नेपालमा २० अर्ब ३४ करोड रुपैयाँको क्लिंकर आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०७२–७३ को सोही अवधिको तुलनामा १ सय ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष जेठ मसान्तसम्मा ८ अर्ब २८ करोड रुपैयाँको क्लिंकर आयात भएको छ ।

भूकम्प र नाकाबन्दीका कारण अघिल्ला दुई वर्ष मुलुकका विकास र निर्माणका गतिविधिले गति लिन नसक्दा सिमेन्टको खपत न्यून भएको थियो । दुई वर्षसम्म रोकिएको निर्माण गतिविधिले आव ०७३–७४ मा गति लिँदा सिमेन्टको उत्पादन र क्लिंकरको आयात उच्चदरमा वृद्धि भएको छ । समीक्षा आवमा नेपालको आर्थिक वृद्धि पनि ६.२ प्रतिशत भएको छ । सोहि आर्थिक वृद्धिले पनि निर्माणको गतिविधि बढेको देखाउँछ ।

समीक्षा वर्षमा भारतमा क्लिंकरको मूल्य बढेपछि नेपालमा भएको आयात पनि उच्च देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष क्लिंकरको मूल्य झन्डै १५ प्रतिशतसम्मले वृद्धि भएको छ । यसले पनि क्लिंकर आयातको मूल्य उच्च देखिएको हो । यद्यपि, क्लिंकरको आयात परिमाण पनि वृद्धिचाहिँ भएको छ ।

क्लिंकरको आयात उच्च दरमा बढे पनि सिमेन्टको आयात भने घटेको छ । नेपालमै सिमेन्ट उद्योग र उत्पादन बढेपछि आयात घटेको छ । विकास निर्माणले गति लिन थालेसँगै नेपालमा सिमेन्ट उद्योग थपिएका छन् भने क्लिंकरको उद्योग र आयात दुवै बढेको छ । क्लिंकरमा आत्मनिर्भर हुन अझै ३–४ वटा उद्योग थपिनुपर्नेछ ।

नेपालमा सिमेन्ट उद्योगको वृद्धि उत्साहप्रद भए पनि स–साना समस्या भने भजभोगिरहनुपरेको छ । अहिले सिमेन्ट उद्योगको सबैभन्दा ठूलो समस्या कोइला आयातमा रहेको छ । सिमेन्ट उद्योगका लागि कोइला अत्यावश्यक छ । तर, नेपालमा वीरगन्जबाहेकका नाकामा कोइला ल्याउन सकिने व्यवस्था छैन । नेपालका सबै प्रमुख नाकाबाट कोइला आयात गर्न सकिने व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।