logo

बन्द भएको ३ वर्षपछि विराटनगर जुट मिल्स सञ्चालनमा

    2317   पटक पढिएको


११ मंसिर / अर्थ र व्यापार - बन्द भएको ३८ महिनापछि मुलुककै ऐतिहासिक उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७१ साल भदौ यता बन्द रहेको जुट मिल्स नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो । हालका लागि दैनिक ५ टन जुटका सामग्री उत्पादन गर्नेगरी मिल सञ्चालनमा ल्याइएको मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए । पुस १ गतेबाट भने २० टनसम्म उत्पादन क्षमता बढाइने उनले बताए । पहिलो चरणमा मिलबाट सुतली र बोराको उत्पादन सुरु गरिएको छ । 
नयाँ व्यवस्थापनमा रहेका सदस्यहरूको निजी २ करोड रुपैयाँको लगानीमा उत्पादन सुरु गरिएको निर्देशक काफ्लेले जानकारी दिए । २०७४ वैशाखमा मिलको सेयर बिक्रीपछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बांँकी निजी क्षेत्रको लगानी रहेको काफ्लेले जानकारी दिए । नेपाल सरकारले पटकपटक गरी मिल सञ्चालन गर्न १ सय १३ करोड रुपैयाँको ऋण लगानी गरिसकेको छ । मुलुककै सबैभन्दा पुरानो उद्योगका रुपमा स्थापित विराटनगर जुट मिल राजनीतिक हस्तक्षेपका कारण पटक–पटक बन्द हुँदै खुल्दै आएको थियो । 
वि.सं. १९९३ सालमा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । राजनीतिक हस्तक्षेप र लोडसेडिङका कारण यो उद्योग पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । यो उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो । मजदुर हड्तालका नामबाट वि.सं. १९०३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो । पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो । हरेक वर्ष नेपाल सरकारलाई १ करोड ३५ लाख रुपैयाँ बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि लोडसेडिङका कारण लामो समय सञ्चालन हुन सकेन ।
सरकारबाट २५ वर्षका लागि जुट मिल लिजमा २०६९ सालमा पाए पनि विमसमले जम्मा १ वर्ष ३ महिनमात्रै सञ्चालन गरेको थियो । त्यसयता यो ऐतिहासिक उद्योग बन्द थियो । स्थानीय निर्वाचनमा सबै राजनीतिक दलले जुट मिल संचालनलाई प्रमुख एजेण्डा बनाएका थिए । अहिले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलले जुट मिललाई दीर्घकालसम्म संचालन गर्ने एजेण्डा अघि सारेका छन् । 
“यो उद्योग विराटनगरको दक्षिण क्षेत्रका बासिन्दाका लागि प्राण नै थियो,” वडा नम्बर १६ का अध्यक्षसमेत रहेका उद्योगका पूर्वमजदुर मनोज सुब्बाले भने, “अब पुनः मिल संचालन भएपछि यो क्षेत्रमा खुसीयाली छाएको छ ।” जुट मिल पूर्णरुपमा सञ्चालन हुने हो भने ३ हजार ५ सयले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुन्छ । 
भारतको कोलकतास्थित विमसम इन्टरनेसनलले सरकारबाट व्यवस्थापकीय जिम्मा पाएको करिब एक वर्षपछि ८ करोड रुपैयाँ खर्च गरेर पुराना पार्टपुर्जा मर्मतपछि परीक्षण उत्पादन सुरु गरेको थियो । दैनिक ८ मेट्रिक टन जुट व्याग उत्पादन गरिरहेको मिल व्यवस्थापनले तयारी जुटवस्तु भारत निकासीसमेत गर्न थालेको थियो । तर, विद्युतमा देखिएको समस्याका कारण विमसमले समेत मिल सञ्चालन गर्न सकेन र व्यवस्थापकीय जिम्मेवारीबाट हात झिक्यो । त्यसयता लगातार उद्योग बन्द हुँदा स्थानीयसमेत चिन्तित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।