logo

बन्द भएको ३ वर्षपछि विराटनगर जुट मिल्स सञ्चालनमा

    2160   पटक पढिएको


११ मंसिर / अर्थ र व्यापार - बन्द भएको ३८ महिनापछि मुलुककै ऐतिहासिक उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७१ साल भदौ यता बन्द रहेको जुट मिल्स नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो । हालका लागि दैनिक ५ टन जुटका सामग्री उत्पादन गर्नेगरी मिल सञ्चालनमा ल्याइएको मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए । पुस १ गतेबाट भने २० टनसम्म उत्पादन क्षमता बढाइने उनले बताए । पहिलो चरणमा मिलबाट सुतली र बोराको उत्पादन सुरु गरिएको छ । 
नयाँ व्यवस्थापनमा रहेका सदस्यहरूको निजी २ करोड रुपैयाँको लगानीमा उत्पादन सुरु गरिएको निर्देशक काफ्लेले जानकारी दिए । २०७४ वैशाखमा मिलको सेयर बिक्रीपछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बांँकी निजी क्षेत्रको लगानी रहेको काफ्लेले जानकारी दिए । नेपाल सरकारले पटकपटक गरी मिल सञ्चालन गर्न १ सय १३ करोड रुपैयाँको ऋण लगानी गरिसकेको छ । मुलुककै सबैभन्दा पुरानो उद्योगका रुपमा स्थापित विराटनगर जुट मिल राजनीतिक हस्तक्षेपका कारण पटक–पटक बन्द हुँदै खुल्दै आएको थियो । 
वि.सं. १९९३ सालमा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । राजनीतिक हस्तक्षेप र लोडसेडिङका कारण यो उद्योग पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । यो उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो । मजदुर हड्तालका नामबाट वि.सं. १९०३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो । पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो । हरेक वर्ष नेपाल सरकारलाई १ करोड ३५ लाख रुपैयाँ बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि लोडसेडिङका कारण लामो समय सञ्चालन हुन सकेन ।
सरकारबाट २५ वर्षका लागि जुट मिल लिजमा २०६९ सालमा पाए पनि विमसमले जम्मा १ वर्ष ३ महिनमात्रै सञ्चालन गरेको थियो । त्यसयता यो ऐतिहासिक उद्योग बन्द थियो । स्थानीय निर्वाचनमा सबै राजनीतिक दलले जुट मिल संचालनलाई प्रमुख एजेण्डा बनाएका थिए । अहिले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलले जुट मिललाई दीर्घकालसम्म संचालन गर्ने एजेण्डा अघि सारेका छन् । 
“यो उद्योग विराटनगरको दक्षिण क्षेत्रका बासिन्दाका लागि प्राण नै थियो,” वडा नम्बर १६ का अध्यक्षसमेत रहेका उद्योगका पूर्वमजदुर मनोज सुब्बाले भने, “अब पुनः मिल संचालन भएपछि यो क्षेत्रमा खुसीयाली छाएको छ ।” जुट मिल पूर्णरुपमा सञ्चालन हुने हो भने ३ हजार ५ सयले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुन्छ । 
भारतको कोलकतास्थित विमसम इन्टरनेसनलले सरकारबाट व्यवस्थापकीय जिम्मा पाएको करिब एक वर्षपछि ८ करोड रुपैयाँ खर्च गरेर पुराना पार्टपुर्जा मर्मतपछि परीक्षण उत्पादन सुरु गरेको थियो । दैनिक ८ मेट्रिक टन जुट व्याग उत्पादन गरिरहेको मिल व्यवस्थापनले तयारी जुटवस्तु भारत निकासीसमेत गर्न थालेको थियो । तर, विद्युतमा देखिएको समस्याका कारण विमसमले समेत मिल सञ्चालन गर्न सकेन र व्यवस्थापकीय जिम्मेवारीबाट हात झिक्यो । त्यसयता लगातार उद्योग बन्द हुँदा स्थानीयसमेत चिन्तित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।