logo

नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड पुग्यो

    1844   पटक पढिएको


५ मंसिर / अर्थ र व्यापार - नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लाग्दै गए पनि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।
अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो तीन महिनायता स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । जसका कारणले गर्दा पनि घाटा बढ्दै गएको निगमको भनाई छ । निगमका निमित्त निर्देशक रामप्रसाद पाठकले घाटा बढेर मासिक ५५ करोड रुपैयाँ पुगेको बताए । “अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ,” पाठकले भने, “चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।”
निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यास र डिजेलमा घाटा छ । प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिन्डर २ सय ३७ रुपैयाँ घाटा छ । डिजेलमा निगमलाई मासिक २० करोड १ लाख र ग्यासमा ३० करोड ४ लाख रुपैयाँ घाटा छ । पेट्रोलमा प्रतिलिटर १४ पैसा, मट्टितेल मा १५ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ र बाह्यमा १८ रुपैयाँ ३१ पैसा नाफा रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ नोभेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलमा मूल्य बढेर आएको छ । यसअघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३७ पैसा नाफा रहेकोमा अहिले घटेर १४ पैसामा झरेको छ । यस्तै डिजेलमा २ रुपैयाँ घाटा रहेकोमा अहिलेर बढेर ३ रुपैयाँ ९८ पैसा पुगेको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गर्ने गर्छ । तर, लामो समयदेखि मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको छ । यसअघि नोभेम्बर १ तारिखमा निगमले मूल्य बढाएको थियो । चुनावका बेला मूल्य बढाउँदा नराम्रो प्रभाव पर्न सक्ने भन्दै सरकारले तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो ।निगमले २०७२ सालमा इन्धनमा स्वचालित मूल्य लागू गरे पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । स्वचालित मूल्यअनुसार अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउनुपर्ने हुन्छ । तर, निगमले पूर्णरुपमा स्वचालित मूल्य लागु गर्न सकेको छैन । पछिल्लो दुई/तीन महिनायता अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दै गएको छ । अहिले अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिव्यारेल इन्धनको मूल्य ५६ दशमलव ५५ डलर पुगेको छ । 
निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ हजारदेखि १५ हजार किलोलिटरको माग छ । उपत्यकामा दैनिक साढे चार सय किलोलिटर पेट्रोल र साढे पाँच सय किलोलिटर डिजेल खपत हुने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।