logo

नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड पुग्यो

    1575   पटक पढिएको


५ मंसिर / अर्थ र व्यापार - नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लाग्दै गए पनि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।
अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो तीन महिनायता स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । जसका कारणले गर्दा पनि घाटा बढ्दै गएको निगमको भनाई छ । निगमका निमित्त निर्देशक रामप्रसाद पाठकले घाटा बढेर मासिक ५५ करोड रुपैयाँ पुगेको बताए । “अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ,” पाठकले भने, “चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।”
निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यास र डिजेलमा घाटा छ । प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिन्डर २ सय ३७ रुपैयाँ घाटा छ । डिजेलमा निगमलाई मासिक २० करोड १ लाख र ग्यासमा ३० करोड ४ लाख रुपैयाँ घाटा छ । पेट्रोलमा प्रतिलिटर १४ पैसा, मट्टितेल मा १५ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ र बाह्यमा १८ रुपैयाँ ३१ पैसा नाफा रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ नोभेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलमा मूल्य बढेर आएको छ । यसअघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३७ पैसा नाफा रहेकोमा अहिले घटेर १४ पैसामा झरेको छ । यस्तै डिजेलमा २ रुपैयाँ घाटा रहेकोमा अहिलेर बढेर ३ रुपैयाँ ९८ पैसा पुगेको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गर्ने गर्छ । तर, लामो समयदेखि मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको छ । यसअघि नोभेम्बर १ तारिखमा निगमले मूल्य बढाएको थियो । चुनावका बेला मूल्य बढाउँदा नराम्रो प्रभाव पर्न सक्ने भन्दै सरकारले तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो ।निगमले २०७२ सालमा इन्धनमा स्वचालित मूल्य लागू गरे पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । स्वचालित मूल्यअनुसार अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउनुपर्ने हुन्छ । तर, निगमले पूर्णरुपमा स्वचालित मूल्य लागु गर्न सकेको छैन । पछिल्लो दुई/तीन महिनायता अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दै गएको छ । अहिले अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिव्यारेल इन्धनको मूल्य ५६ दशमलव ५५ डलर पुगेको छ । 
निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ हजारदेखि १५ हजार किलोलिटरको माग छ । उपत्यकामा दैनिक साढे चार सय किलोलिटर पेट्रोल र साढे पाँच सय किलोलिटर डिजेल खपत हुने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।