logo

व्यवसायीका समस्या बजेटले सम्बोधन गर्छ : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

    614   पटक पढिएको

 

१२ वैशाख/अर्थ र व्यापार – प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार डा.युवराज खतिवडाले हाल देखिएका उद्योगी व्यवसायीका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् ।
‘अहिले यो महासंघले समग्र उद्योगी व्यवसायीको हित हुनेगरी होलेस्टिक एप्रोचमा समस्याहरु उजागर गरेको बुझेको छु’ उनले भने, ‘देशको अर्थतन्त्रको मेरुदण्ड भनेको साना तथा मझौला उद्योगहरु हुन् तसर्थ त्यस्ता उद्योगी व्यवसायीको माग समाधान गर्न लाग्नुस ।’
उनले आफुले महासंघले उठाएको एजेण्डाहरु सरकारसमक्ष राखेर सम्बोधन गर्न प्रयास गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे । यसैगरी, उनले महासंघले उद्योग व्यवसायको करका दरहरु हेर फेर मात्र नभई राष्ट्र र राष्ट्रिय अर्थतन्त्र चलायमान हुनेगरी कसरी सम्बोधन गर्ने भन्ने बिषयमा पनि ध्यान दिनुपर्ने बताए ।
चालू आर्थिक बर्षमा आर्थिक वृद्धिदर ४.५ देखि ५ प्रतिशतको हाराहारीमा हुने धारणा राख्दै उनले उत्पादनमुलक उद्योगको वृद्धिदर गत बर्ष नकारात्मक भएपनि यो बर्ष सकारात्मक रहेको र निर्माण र सेवा उद्योगका सूचकहरु पनि सकारात्मक रहेको बताए ।
‘नेपाल सरकारले आफ्नो प्राथमिकता अनुसार आयोजना अघि बढाएको छ विदेशी दातृ निकायले सदासयता देखाएर सहयोग गरेपनि उनीहरुले रोक्दैमा एमसीसी लगायतका आयोजनाहरु रोकिदैनन्,’ उनले भने ।
बैंकहरुले तत्काल ब्याजदर नबढाउने भएकाले उद्योगी व्यवसायीले ढुक्क भएर प्लान अनुसार काम गरे हुन्छ भन्दै उनले अहिले उत्पादित तयारी बस्तु भन्दा कच्चा पदार्थको भन्सार मूल्य बढी भएकाले त्यसमा सम्बोधन गर्नुपर्ने र औद्योगिक कच्चा पदार्थ आयातलाई सहजिकरण गर्ने गृहकार्य भईरहेको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटि सदस्य एवं जनसंगठन इन्चार्ज भानुभक्त ढकालले महासंघले समग्र उद्योगी व्यवसायीको माग सम्वोधन हुनेगरी काम गर्नुपर्ने बताए । ‘पार्टी सरकारमा रहेको बेला उद्योगी व्यवसायीका समस्या समाधान गर्न महासंघको ठूलो भुमिका छ,’ उनले भने, ‘सरकारले आगामी आवको बजेट बनाउँदै छ त्यसमार्फत समग्र उद्योगी व्यवसायीको समस्या समाधान गराउन लाग्नु पर्नेछ यस विषयमा मेरो पनि सहयोग रहनेछ ।’
महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिले उद्योगी व्यवसायी समस्यामा रहेको र त्यस विषयमा सरकारले आफ्ना मागहरु सम्वोधन गर्दै गएको बताए । ‘हामीले समग्र उद्योगी व्यवसायीहरुसंग सुझाव लिएर त्यसको किताव तयार पारेर सरकारलाई बुझाएका छौं,’ उनले भने, ‘सरकारले गठन गरेको खनाल आयोगले हाम्रा अघिकांश माग सम्वोधन गर्नेगरी प्रतिवेदनमा समावेश गरेको छ यो एकदमै सह्रानीय छ ।’
महासंघका उपमहासचिव डिमप्रसाद पौडेलले इ–कमर्श परियोजना सार्वजनिक गर्दै आगामी दिनमा देशभरीका उद्योगी व्यवसायीलाई एउटै प्लेटफर्ममा जोड्ने बताए । यसैगरी महासंघका अर्थसचिव गोपाल खनालले संस्थाको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए ।
यसैगरी, महासंघ इन्चार्ज रचना खड्काले महासंघले सम्पूर्ण उद्योगी व्यवसायीलाई गोलबन्द गरी अघि बढ्नुपर्ने बताइन् । उनले संस्थामा निर्वाचित भएर आएका अध्यक्षलगायत सिंगो कमिटीले व्यवसायीक हकहितमा काम गर्नुपर्ने जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।