logo

सिमेन्टको भाउ बढ्दा निर्माण क्षेत्र प्रभावित भएको भन्दै व्यवसायीले थप नकिन्ने

वाणिज्य विभागले सिमेन्ट उत्पादकसँग मूल्यसूची माग्यो

    555   पटक पढिएको



२४ मंसिर/अर्थ र व्यापार – हाल अस्वभाविक रुपमा निजी सिमेन्ट उत्पादकले ‘कार्टेलिङ’गर्दै सिमेन्टको बजार भाउ बढाएसँगै निर्माण क्षेत्र प्रभावित भएको भन्दै निर्माण व्यवसायीले बढेको भाउमा थप सिमेन्ट नकिन्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अकस्मात बढाईएको सिमेन्टको मुल्यबृद्धिले अब थप सिमेन्ट खरिद गर्न सक्ने अवस्थामा निर्माण व्यवसायी नरहेको बताए ।
‘एकातिर भएकै कामको भुक्तानी नपाएको अवस्था छ,अर्कातर्फ सिमेन्टको भाउ बढेपछि बरु निर्माणको काम रोक्ने मुडमा व्यवसायी छन्,’ महासंघका अध्यक्ष सिंहले भने । उनले अहिले बजारमा माग बढेर नभई सिमेन्ट उत्पादकले कार्टेलिङ गरेर उत्पादन कम गरिरहेको र कृत्रिम अभाव सिर्जना गर्न खोजेको बताए ।
‘अहिले उत्पादन भइरहेको सिमेन्ट औसत ४० प्रतिशतसम्म कटौती गर्ने भन्नेसम्मको कार्टेलिङ भएको छ,’ उनले भने, यो कृत्रिम अभाव सिर्जना गर्ने मौकामात्र हो ।’ यसले मुलुकको निमार्ण क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले सरकार बढाईएको सिमेन्टको मुल्यबृद्धिप्रति गम्भिर हुनुपर्ने उनको भनाई छ ।
अहिले धेरै निर्माण व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद गर्न छाडेको पनि उनले जानकारी दिए ।
सिमेन्ट उत्पादकहरुले भने विगतमा अस्वस्थ प्रतिस्पर्धा गरी लागतभन्दा कममा बेचिरहेकोमा अब लगायत मुल्यमा नै बेच्नेगरि समायोजन गरिएको दाबी गर्दै आएका छन् ।
निर्माण व्यवसायीका अनुसार हाल सिमेन्टको भाउ बढेर प्रतिबोरा औसत ७ सय १० देखि ७ सय ९५ रुपैयाँ सम्म पुगेको छ । यसअघि प्रतिबोरा ५ सयदेखि ६ सय रुपैयाँसम्ममा सहजै पाइँने अवस्था थियो । पीपीसी र ओपीसी सिमेन्टको भाउ फरक–फरक हुने गर्छ ।
सरकारले पूँजीगत खर्च गर्ने समयमा बढेको सिमेन्टको भाउबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चासो दिएको छ ।
विभागले आइतबार सिमेन्ट उत्पादकहरूसँग छलफल गर्दै मूल्यसूची मागेको जनाएको छ । विभागले ७ दिनभित्र मूल्य बढाउनुको आधारबारे स्पष्ट गर्दै मूल्यसूची बुझाउन भनेको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । उनले निर्माण व्यवसायीको माग सम्बोधन गर्नकैलाई सिमेन्ट उत्पादकहरुसँग मूल्यसूचिको विवरण बुझाउन निर्देशन दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।