logo

सिमेन्टको भाउ बढ्दा निर्माण क्षेत्र प्रभावित भएको भन्दै व्यवसायीले थप नकिन्ने

वाणिज्य विभागले सिमेन्ट उत्पादकसँग मूल्यसूची माग्यो

    761   पटक पढिएको



२४ मंसिर/अर्थ र व्यापार – हाल अस्वभाविक रुपमा निजी सिमेन्ट उत्पादकले ‘कार्टेलिङ’गर्दै सिमेन्टको बजार भाउ बढाएसँगै निर्माण क्षेत्र प्रभावित भएको भन्दै निर्माण व्यवसायीले बढेको भाउमा थप सिमेन्ट नकिन्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अकस्मात बढाईएको सिमेन्टको मुल्यबृद्धिले अब थप सिमेन्ट खरिद गर्न सक्ने अवस्थामा निर्माण व्यवसायी नरहेको बताए ।
‘एकातिर भएकै कामको भुक्तानी नपाएको अवस्था छ,अर्कातर्फ सिमेन्टको भाउ बढेपछि बरु निर्माणको काम रोक्ने मुडमा व्यवसायी छन्,’ महासंघका अध्यक्ष सिंहले भने । उनले अहिले बजारमा माग बढेर नभई सिमेन्ट उत्पादकले कार्टेलिङ गरेर उत्पादन कम गरिरहेको र कृत्रिम अभाव सिर्जना गर्न खोजेको बताए ।
‘अहिले उत्पादन भइरहेको सिमेन्ट औसत ४० प्रतिशतसम्म कटौती गर्ने भन्नेसम्मको कार्टेलिङ भएको छ,’ उनले भने, यो कृत्रिम अभाव सिर्जना गर्ने मौकामात्र हो ।’ यसले मुलुकको निमार्ण क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले सरकार बढाईएको सिमेन्टको मुल्यबृद्धिप्रति गम्भिर हुनुपर्ने उनको भनाई छ ।
अहिले धेरै निर्माण व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद गर्न छाडेको पनि उनले जानकारी दिए ।
सिमेन्ट उत्पादकहरुले भने विगतमा अस्वस्थ प्रतिस्पर्धा गरी लागतभन्दा कममा बेचिरहेकोमा अब लगायत मुल्यमा नै बेच्नेगरि समायोजन गरिएको दाबी गर्दै आएका छन् ।
निर्माण व्यवसायीका अनुसार हाल सिमेन्टको भाउ बढेर प्रतिबोरा औसत ७ सय १० देखि ७ सय ९५ रुपैयाँ सम्म पुगेको छ । यसअघि प्रतिबोरा ५ सयदेखि ६ सय रुपैयाँसम्ममा सहजै पाइँने अवस्था थियो । पीपीसी र ओपीसी सिमेन्टको भाउ फरक–फरक हुने गर्छ ।
सरकारले पूँजीगत खर्च गर्ने समयमा बढेको सिमेन्टको भाउबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चासो दिएको छ ।
विभागले आइतबार सिमेन्ट उत्पादकहरूसँग छलफल गर्दै मूल्यसूची मागेको जनाएको छ । विभागले ७ दिनभित्र मूल्य बढाउनुको आधारबारे स्पष्ट गर्दै मूल्यसूची बुझाउन भनेको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । उनले निर्माण व्यवसायीको माग सम्बोधन गर्नकैलाई सिमेन्ट उत्पादकहरुसँग मूल्यसूचिको विवरण बुझाउन निर्देशन दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।