logo

सरकारले विश्व बैंकसँग लियो २० अर्ब ऋण

    384   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार – सरकारले बाढी पहिरोसँग जुध्नका लागि विश्व बैंकसँग २० अर्ब रुपैयाँ ऋण लिएको छ । बाढी पहिरोको विपदसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौता अमेरिकामा गरिएको हो ।
विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै भएको थियो ।
ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंकका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका थिए । गत ११ र १२ असोजमा गएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो । यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको बताइएको छ ।
नेपाल सरकार र विश्व बैंकले नेपालमा प्राकृतिक वा जलवायु–प्रेरित खतरा वा स्वास्थ्य आपतकालिन अवस्थामा उपयोग गर्न सकिने गरी आकस्मिक वित्तपोषणका सम्झौता गरिएको विश्व बैंकले जनाएको छ ।
विपद् प्रतिरोधात्मक क्षमता बढाउन र प्रभावकारी विपद् प्रतिक्रियाका लागि संस्थागत संयन्त्रहरूलाई सुदृढ गर्न नीति र नियामक सुधारहरूका लागि सो ऋण सम्झौता भएको भनाइ अर्थ मन्त्रालयको रहेको छ ।
सरकारलाई प्रारम्भिक चेतावनी सञ्चार सुधार गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिहरू, संस्थाहरू र नियामक ढाँचाहरू निर्माण गर्न र महत्त्वपूर्ण पूर्वाधारहरूमा जोखिम–सूचनायुक्त लगानी, साथै सार्वजनिक स्वास्थ्य आपतकालिनहरूको लागि तयारी बढाउन मद्दत गर्ने पनि बताइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका लागि उपाध्यक्ष मार्टिन रेसरको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतालाई क्याट डिडिओको नाम दिइएको छ ।
क्याट डीडीओ नेपालका लागि महत्त्वपूर्ण रहेको र यसले आकस्मिक वित्तपोषण प्रदान गरेर जलवायु सम्बन्धी साथै अन्य प्राकृतिक प्रकोप र स्वास्थ्य सम्बन्धी संकटहरूलाई सम्बोधन गर्न मद्दत पुग्ने दावी गरिएको छ ।
यसले विशेष गरी वित्तीय दबाबको समयमा महत्वपूर्ण हुने तत्काल र लचिलो तरलता उपलब्ध गराई मुलुकको संकट तयारी, रोकथाम र प्रतिकार्यलाई अभिवृद्धि गर्ने अर्थ मन्त्रालयका सचिव  घिमिरेले बताए । सरकारको खर्च सञ्चालनको लागि पर्याप्त बजेट नभएपछि सरकारले सार्वजनिक ऋणको आकार वृद्धि गर्दै लैजाने लक्ष्य राखेको छ ।
सार्वजनिक ऋणमा भर पर्नुपर्ने अवस्थाका कारण आगामी आर्थिक वर्षमा सार्वजनिक ऋण सात दशमलव ३१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको हो ।

सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण लिने लक्ष्य राखेको छ । जसमा आन्तरिक ऋण तीन खर्ब ३० अर्ब रुपैयाँ र बाह्य ऋण दुई खर्ब १७ अर्ब रुपैयाँ छ ।
सरकारले आगामी आर्थिक वर्ष (२०८२/८३)मा पाँच खर्ब ८७ अर्ब रुपैयाँ लिने लक्ष्य निर्धारण गरेको छ । जसमा बाह्य ऋण दुई खर्ब ५२ अर्ब रुपैयाँ र आन्तरिक ऋण तीन खर्ब ३५ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोजसम्म सरकारले एक खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । जसमा आन्तरिक ऋणतर्फ एक खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
गत असारसम्म सार्वजनिक ऋण कुल २४ खर्ब ३४ अर्ब ९ करोड रहेकोमा ८८ अर्ब ९३ करोड वृद्धि भइ अहिले २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।