logo

अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्डमा,प्रतिडलर १३४ रुपैयाँ १५ पैसा

    833   पटक पढिएको


७ असार/अर्थ र व्यापार – पछिल्लो समय सुनको मुल्य दैनिक अकासिएसँगै अमेरिकी डलरको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा कायम भएको छ ।
यसअघि गत ३० जेठमा बिक्रीदर मूल्य १ सय ३४ रुपैयाँ १ पैसा कायम भइ उच्च रेकर्ड बनेको थियो । सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा यहीं मूल्य तिरेर खरिद गर्नुपर्दछ । यसैगरी, बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ ५५ पैसा तोकेको छ ।
सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य ३१ पैसा महँगिएको हो । अमोरिकी डलरको भाउ बढ्नु भनेको अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्रा झन कमजोर हुनु हो ।
यसरी अत्यधिक रुपमा बढेको डलरको भाउको प्रभाव तथा अमेरिकी डलरको मूल्यवृद्धिले सर्वसाधारणले प्रयोग गर्ने औषधी लगायत हरेक आयातित बस्तुहरुको बजार मुल्य थप बढ्दै जाने छ । यसको प्रत्यक्ष असर नेपालको आर्थिक क्षेत्रमा देखिन्छ ।
डलरको मूल्य बढ्दा रेमिट्यान्स र पर्यटन क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्रको आम्दानी धेरै देखिने गर्छ । तर, वैदेशिक कारोबारमा नेपाली मुद्रा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । इन्धन, सवारीसाधन लगायत विदेशबाट आयात हुने सबै वस्तुमा नेपालले डलरमा भुक्तानी गर्नुपर्छ ।
डलरको भाउ नै उच्च भइसकेपछि ती वस्तुको आन्तरिक मूल्य उच्च हुन्छ । यसले समग्र मूल्य वृद्धिदर बढ्न जान्छ । नेपालमा मासिक औसत १ सय ४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ ।
यति ठूलो व्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै मुद्रा खर्चिनुपर्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । डलरका कारण आन्तरिक रुपमा पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ ।
त्यस्तै, विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको समेत भाउ महँगिन्छ । समग्रमा डलरको भाउ महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी अझै बढ्न जान्छ ।
अर्कोतिर विभिन्न भौतिक पूर्वाधार निर्माणका क्रममा लागत महँगिन जान्छ । यसले विस्तारै नेपालको आर्थिक क्षेत्रलाई नै नकारात्मक असर पार्ने सम्बन्धीत विज्ञ एवं सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।