logo

अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्डमा,प्रतिडलर १३४ रुपैयाँ १५ पैसा

    580   पटक पढिएको


७ असार/अर्थ र व्यापार – पछिल्लो समय सुनको मुल्य दैनिक अकासिएसँगै अमेरिकी डलरको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा कायम भएको छ ।
यसअघि गत ३० जेठमा बिक्रीदर मूल्य १ सय ३४ रुपैयाँ १ पैसा कायम भइ उच्च रेकर्ड बनेको थियो । सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा यहीं मूल्य तिरेर खरिद गर्नुपर्दछ । यसैगरी, बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ ५५ पैसा तोकेको छ ।
सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य ३१ पैसा महँगिएको हो । अमोरिकी डलरको भाउ बढ्नु भनेको अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्रा झन कमजोर हुनु हो ।
यसरी अत्यधिक रुपमा बढेको डलरको भाउको प्रभाव तथा अमेरिकी डलरको मूल्यवृद्धिले सर्वसाधारणले प्रयोग गर्ने औषधी लगायत हरेक आयातित बस्तुहरुको बजार मुल्य थप बढ्दै जाने छ । यसको प्रत्यक्ष असर नेपालको आर्थिक क्षेत्रमा देखिन्छ ।
डलरको मूल्य बढ्दा रेमिट्यान्स र पर्यटन क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्रको आम्दानी धेरै देखिने गर्छ । तर, वैदेशिक कारोबारमा नेपाली मुद्रा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । इन्धन, सवारीसाधन लगायत विदेशबाट आयात हुने सबै वस्तुमा नेपालले डलरमा भुक्तानी गर्नुपर्छ ।
डलरको भाउ नै उच्च भइसकेपछि ती वस्तुको आन्तरिक मूल्य उच्च हुन्छ । यसले समग्र मूल्य वृद्धिदर बढ्न जान्छ । नेपालमा मासिक औसत १ सय ४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ ।
यति ठूलो व्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै मुद्रा खर्चिनुपर्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । डलरका कारण आन्तरिक रुपमा पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ ।
त्यस्तै, विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको समेत भाउ महँगिन्छ । समग्रमा डलरको भाउ महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी अझै बढ्न जान्छ ।
अर्कोतिर विभिन्न भौतिक पूर्वाधार निर्माणका क्रममा लागत महँगिन जान्छ । यसले विस्तारै नेपालको आर्थिक क्षेत्रलाई नै नकारात्मक असर पार्ने सम्बन्धीत विज्ञ एवं सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।