logo

निजी क्षेत्रसँगको सहकार्यले अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री

लगानीकर्तालाई प्रोत्साहन गर्न निजी क्षेत्रको आग्रह

    540   पटक पढिएको


५ बैशाख/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् ।
 काठमाडौमा आयोजित नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारण सभा समारोहमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए
देशको अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ र गरिरहन्छ ।’
उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गराउने काममा सरकार जिम्मेवार भएर लागिरहेको बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै उनले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागि परेको बताए ।
यस्तो दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदागर्ने कार्यक्रममा सरकार अघिबढेको दावी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यही नीतिअनुरूप मौद्रिक नीतिलाई समेत अघि बढाउने छौँ । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी भएकाले अब हामी त्यसैमा लाग्ने छौं ।’
निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको भन्दै उनले निजी क्षेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमताकासाथ यो सरकारमा अघि बढेको दावी गरे ।
यस नयाँ वर्षको सुरूआतमै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी गराउँदै उनले विदेशी लगानी भित्राउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा सरकार अघि बढेको बताए ।
सरकारले गरेको विविध सुधारात्मक कामले हाल वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको दावी गर्दै प्रधानमन्त्री दाहालले विद्युत, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे । यसैगरी, पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्ने समय आएको बताए । उनले हाल सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई थप आकर्षित बनाउन करिब एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको जानकारी दिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व भएको भन्दै उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए ।
अध्यक्ष अग्रवालले स्वदेशी लगानीलाई पहिले प्रवद्र्धन गर्न, लगानीकर्तालाई प्रोत्साहन र सम्मान गर्न आग्रह गरे । उनले स्वदेशी लगानी बढ्यो भने मात्र विदेशी लगानीकर्ताको पनि नजर नेपालमा पर्ने भएकाले सरकार सोही अनुसार अघि बढ्नुपर्ने धारणा राखे ।
आफ्नो २१औं वार्षिक साधारणसभाका अवसरमा परिसंघले बाह्य क्षेत्र राम्रो हुँदाहुँदै पनि अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसक्नुमा आन्तरिक कारण प्रमुख रहेको बताएको छ । परिसंघका अध्यक्ष अग्रवालले सोही साधारण सभामा प्रधानमन्त्री समक्ष यस्तो बताएका हुन् ।
‘विदेशी विनिमय सञ्चितिको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा छ, भुक्तानी सन्तुलन र चालु खाता बचतमा छ, विदेशी विनिमय सञ्चिति ८ वर्ष यताकै उच्च हो, बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइन, आन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ,’ उनले भने ।
उनले बैंक तथा वित्तीय संस्थाहरुमा अर्बौ रुपैयाँ लगानी योग्य रकम हुनु र बैंकहरुमा पैसा थुप्रिने अवस्थाका बीच लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य रहेको बताए ।
समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरु निकै अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले कतिपय उद्योग व्यवसाय बन्द भईसकेका र कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराए । यस्तो असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरु प्रभावित भइरहेको उनको भनाइ थियो ।
ठूला उद्योगहरुमा समेत यसको असर देखिन थालेको र उत्पादनमुलक उद्योगले आफ्नो क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उत्पादन गरिरहेको जानकारी गराउँदै उनले अर्थतन्त्रलाई अघि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक रहेको धारणा राखे । सो कार्यक्रममा परिसंघका पूर्व अध्यक्षहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।