logo

रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गरौं:उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ

    814   पटक पढिएको


२७ चैत/अर्थ र व्यापार – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा देश चलाउने सोच कसैलेपनि राख्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताए ।
सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,राजश्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने जानकारी दिए । परराष्ट्रमन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवद्र्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको दाबी गरे ।
जसकालागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा जोड दिँदै उनले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए ।
सरकारले उत्पादन, रोजगारीमा वृद्धि,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धनमा जोड दिने भन्दै उनले आर्थिक क्रियाकलापलाई गति दिनकालागि सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
‘पुँजी वृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्ने ती विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तिव्र बनाउनु ,उत्पादन र रोजगारीमा वृद्धि गर्नु,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । ’
यस्तो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनुपर्ने आवश्यकता रहेको धारणा राख्दै उनले भने, ‘निर्यात प्रवद्र्धन सहित व्यापार घाटा कम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष खुला छलफलमा बसौं । ’
उनले सरकारले मुलुक रेमिट्यान्स,राजश्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोचको अन्त्य गर्नुपर्ने बताए । उनले सरकारले परम्परागत रुप भन्दा पनि नयाँ सोचका साथ अर्थतन्त्रलाई गति दिनु सरकारको पहिलो प्राथमिकता रहेको बताए ।
उनले सरकारको अहिलेको मुख्य कार्यभार आर्थिक कार्यभार रहेको बताए । उनले पुँजी र व्यापार घाटालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै परम्परागत ढंगले सोचेर आर्थिक सामाजिक रुपान्तरण गर्न नसकिने बताए।
रेमिटेन्स, भन्सार र विदेशी सहयोगको अपेक्षा गरेर देश चलाउन सकिँदैन। पुँजी निर्माण र व्यापार घाटा नैं कम गर्नु पर्छ,’ उनले भने । उनले सरकार र निजी क्षेत्रसँगै बसेर काम गर्नुपर्ने भन्दै कानुनमा के संशोधन गर्ने छ बजेटमा के के प्राथमिकता निर्धारण गरेर जान सकिन्छ , आवश्यकक्ता पहिचान गरेर अघि बढ्न आग्रह गरे ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल देशको अर्थतन्त्र सुधारका संकेत देखिए पनि संकट कायम नै रहेको बताए । राजश्व लक्ष्य अनुसार नभएको भन्दै संकट कायम नै रहेको जानकारी गराउँदै अध्यक्ष मल्लले भने, ‘बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । पूँजीगत खर्च ३० प्रतिशत मात्र छ। आर्थिक लक्ष्य हासिल गर्न विभिन्न कारणले संभव भएको छैन ।’
उनले अर्थतन्त्र आयातमुखी रहेको भन्दै तुलनात्मक लाभ भएका प्रविधि क्षेत्रमा विदेशी लगानी भित्राउन जरुरी रहेको धारणा राखे । उनले लगानी भित्राउन संसदमा विचाराधीन कानुन तत्काल पारित गर्नुपर्नेमा जोड दिए ।
किसानलाई कर्जा दिनेबारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै मल्लले भने, ‘कर्जा खेत किन्नेलाई होइन खेती गर्नेलाई दिनुपर्छ। कार्यान्वयन गर्न सकिने कुरा मात्र ल्याउनु पर्छ । बजेट कनिका छर्ने खालको हुनु हुन्न ।’ सोही साधारण सभाबाट चेम्बर अफ कमर्शको आगामी नयाँ नेतृत्व समेत चयन हुने छ ।
सो साधारण सभाकै अवसरमा चेम्बर अफ कमर्शले पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत विभिन्न पेसा व्यवसायमा संलग्न व्यवसायीहरुलाई विविध विधाबाट उत्कृष्ट सम्मान प्रदान गरेको थियो ।
यसैगरी,चेम्बरले चेम्बर सचिवालयमा २५ वर्ष काम गर्ने कर्मचारी एवं उत्कृष्ट कार्यमा संलग्न कर्मचारीहरुलाई पनि सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।