logo

राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली संशोधन

    950   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण व्यवस्था सहित ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली–२०७४’ दोस्रो संशोधन भएको छ ।
राष्ट्र बैंकले विनियमावली संशोधन मार्फत वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी विषयको निरीक्षण तथा सुपरीवेक्षणको काम वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्ने भएको छ ।
हाल गभर्नर कार्यालय अन्तर्गत रहेको सो महाशाखाले तोकिएको कार्य विवरण र कार्यविधि अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षणको काम गर्ने छ । सो कार्यका लागि महाशाखाले छुट्टै कार्यविधि बनाइ लागु गर्न सक्ने छ । महाशाखाले सम्बन्धित सुपरीवेक्षण विभागसँग समन्वय गर्र्नुपर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा विनियमावलीमा थप गरेको छ ।
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा सञ्चालनमा आइसकेको छ । सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण बैंक सुपरीवेक्षण विभाग अन्तर्गत रहँदै आएको थियो । अब महाशाखाका रूपमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी राष्ट्र बैंकबाट हुने सुपरीवेक्षण सो महाशाखाबाट हुने भएको छ ।
राष्ट्र बैंकले सम्बन्धित सुपरीवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम् डेपुटी गभर्नरले नीति निर्देशन कार्यान्वयन समितिको अध्यक्षता गर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न बाधा भए गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था गरेको छ । तर, बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा त्यसको कारण र औचित्य समेत खुलाउनुपर्ने छ ।
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले तयार गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी स्थलगत निरीक्षण प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन् ।
यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको विशेष निरीक्षण प्रतिवेदन पनि गभर्नरले नै स्वीकृत गर्नुपर्ने हुन्छ । गैरस्थलगत सुपरीवेक्षण इकाइले तयार गरेको वार्षिक प्रतिवेदन गभर्नर मार्फत नै स्वीकृत हुनेछ ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषय कार्यान्वयन प्रतिवेदन र महाशाखाको प्रतिवेदन कार्यान्वयन इकाइले तयार गरेको वार्षिक प्रतिवेदन महाशाखा प्रमुखले स्वीकृत गर्नेछन् ।
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन् । यस्तै, विशेष निरीक्षण प्रतिवेदन र गैरस्थलगत सुपरीवेक्षण इकाइले तयार गरेका वार्षिक प्रतिवेदन पनि गभर्नरले स्वीकृत गर्नेछन् ।
अनुगमन निरीक्षण प्रतिवेदन सम्बन्धित महाशाखा हेर्न कार्यकारी निर्देशक र प्रतिवेदन कार्यान्वयन इकाइले तयार गरेको वार्षिक प्रतिवेदन तथा प्रतिवेदनको कैफियत कार्यान्वयन सम्बन्धमा थप निर्देशन महाशाखा प्रमुखले स्वीकृत गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।