logo

राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली संशोधन

    711   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण व्यवस्था सहित ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली–२०७४’ दोस्रो संशोधन भएको छ ।
राष्ट्र बैंकले विनियमावली संशोधन मार्फत वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी विषयको निरीक्षण तथा सुपरीवेक्षणको काम वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्ने भएको छ ।
हाल गभर्नर कार्यालय अन्तर्गत रहेको सो महाशाखाले तोकिएको कार्य विवरण र कार्यविधि अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षणको काम गर्ने छ । सो कार्यका लागि महाशाखाले छुट्टै कार्यविधि बनाइ लागु गर्न सक्ने छ । महाशाखाले सम्बन्धित सुपरीवेक्षण विभागसँग समन्वय गर्र्नुपर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा विनियमावलीमा थप गरेको छ ।
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा सञ्चालनमा आइसकेको छ । सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण बैंक सुपरीवेक्षण विभाग अन्तर्गत रहँदै आएको थियो । अब महाशाखाका रूपमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी राष्ट्र बैंकबाट हुने सुपरीवेक्षण सो महाशाखाबाट हुने भएको छ ।
राष्ट्र बैंकले सम्बन्धित सुपरीवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम् डेपुटी गभर्नरले नीति निर्देशन कार्यान्वयन समितिको अध्यक्षता गर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न बाधा भए गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था गरेको छ । तर, बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा त्यसको कारण र औचित्य समेत खुलाउनुपर्ने छ ।
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले तयार गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी स्थलगत निरीक्षण प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन् ।
यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको विशेष निरीक्षण प्रतिवेदन पनि गभर्नरले नै स्वीकृत गर्नुपर्ने हुन्छ । गैरस्थलगत सुपरीवेक्षण इकाइले तयार गरेको वार्षिक प्रतिवेदन गभर्नर मार्फत नै स्वीकृत हुनेछ ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषय कार्यान्वयन प्रतिवेदन र महाशाखाको प्रतिवेदन कार्यान्वयन इकाइले तयार गरेको वार्षिक प्रतिवेदन महाशाखा प्रमुखले स्वीकृत गर्नेछन् ।
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन् । यस्तै, विशेष निरीक्षण प्रतिवेदन र गैरस्थलगत सुपरीवेक्षण इकाइले तयार गरेका वार्षिक प्रतिवेदन पनि गभर्नरले स्वीकृत गर्नेछन् ।
अनुगमन निरीक्षण प्रतिवेदन सम्बन्धित महाशाखा हेर्न कार्यकारी निर्देशक र प्रतिवेदन कार्यान्वयन इकाइले तयार गरेको वार्षिक प्रतिवेदन तथा प्रतिवेदनको कैफियत कार्यान्वयन सम्बन्धमा थप निर्देशन महाशाखा प्रमुखले स्वीकृत गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।