logo

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई व्यवसायीको आग्रह

    490   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरूलाई नेपालका व्यवसायीहरूले आग्रह गरेका छन् । दोस्रो जापान–नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।
जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापान–नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सक्दो सहयोग गर्न प्रतिबद्धता जनाए ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर सूचना प्रविधि लगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नु पर्नेमा सुझाव दिए ।
उनले नेपालमा ठूला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानी गर्न पनि जापानी कम्पनीहरूलाई आग्रह गरे । अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४ मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरूसँग आग्रह समेत गरे ।
एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आईएमईको संयुक्त आयोजनामा भएको कार्यक्रममा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको थियो ।
पहिलो चरणको कार्यक्रममा जापान–नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो ।
पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्या सँगै आउने सम्भावित समस्या र त्यसको निराकरणका लागि चाल्नुपर्ने कदम लगायत विषयमा वक्ताहरूले आफ्नो विचार राखेका थिए।
दोस्रो सत्रमा नेपालबाट अनलाइन मार्फत सहभागी कम्पनीलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्राउन चाहने कम्पनीहरू सँगै व्यावसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो । पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन लगायतका विषयमा समूह विभाजन गरी अन्तरक्रिया गराइएको थियो ।
कार्यक्रमलाई सन्देश मार्फत क्योउदाइ रेमिट्यान्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपाल सँगको लामो व्यावसायिक सहकार्य बढाउन तत्पर रहेको बताए एरु एकेडेमिक प्रमुख म्यानेजर निशिमुरा कोउजीले प्रत्यक्ष र अनलाइन मार्फत जोडिएका जापानी कम्पनीहरूलाई नेपालबाट सहभागी भएका कुनै कम्पनी या निकायहरूसँगै जोडिएर काम गर्न सहजीकरण र सहयोग गरिने बताएका थिए ।
कार्यक्रमलाई एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले पनि सम्बोधन गरेका थिए । अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।