logo

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई व्यवसायीको आग्रह

    734   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरूलाई नेपालका व्यवसायीहरूले आग्रह गरेका छन् । दोस्रो जापान–नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।
जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापान–नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सक्दो सहयोग गर्न प्रतिबद्धता जनाए ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर सूचना प्रविधि लगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नु पर्नेमा सुझाव दिए ।
उनले नेपालमा ठूला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानी गर्न पनि जापानी कम्पनीहरूलाई आग्रह गरे । अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४ मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरूसँग आग्रह समेत गरे ।
एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आईएमईको संयुक्त आयोजनामा भएको कार्यक्रममा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको थियो ।
पहिलो चरणको कार्यक्रममा जापान–नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो ।
पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्या सँगै आउने सम्भावित समस्या र त्यसको निराकरणका लागि चाल्नुपर्ने कदम लगायत विषयमा वक्ताहरूले आफ्नो विचार राखेका थिए।
दोस्रो सत्रमा नेपालबाट अनलाइन मार्फत सहभागी कम्पनीलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्राउन चाहने कम्पनीहरू सँगै व्यावसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो । पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन लगायतका विषयमा समूह विभाजन गरी अन्तरक्रिया गराइएको थियो ।
कार्यक्रमलाई सन्देश मार्फत क्योउदाइ रेमिट्यान्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपाल सँगको लामो व्यावसायिक सहकार्य बढाउन तत्पर रहेको बताए एरु एकेडेमिक प्रमुख म्यानेजर निशिमुरा कोउजीले प्रत्यक्ष र अनलाइन मार्फत जोडिएका जापानी कम्पनीहरूलाई नेपालबाट सहभागी भएका कुनै कम्पनी या निकायहरूसँगै जोडिएर काम गर्न सहजीकरण र सहयोग गरिने बताएका थिए ।
कार्यक्रमलाई एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले पनि सम्बोधन गरेका थिए । अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।