logo

आयातको तुलनामा नेपालको निर्यात न्युन, निर्यातमा स्टिल नै अगाडि

    811   पटक पढिएको


१० फागुन/अर्थ र व्यापार – वैदेशिक व्यापारमा आयातको तुलनामा नेपालको निर्यात अत्यन्तै न्यून रहेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को ७ महिनामा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुहरुको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कमि हो ।
कूल वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा ८.८२ प्रतिशत मात्रै रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.४४ प्रतिशतले खुम्चिएको हो । तरपनि निर्यातकर्ताहरुले केही वस्तुहरु निर्यात भने अर्ब माथिको परिणाममा निर्यात गर्न सफल भएका छन् ।
चालु आवको ७ महिनामा नेपालबाट सबैभन्दा बढी फलाम तथा स्टिलको निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको माघ मसान्तसम्म नेपालले फलाम तथा स्टिल ९ अर्ब २९ करोड १ लाख ३२ हजार बराबरको निर्यात गरेको हो । त्यस्तै, सोही अवधिमा दोस्रो धेरै कफी तथा चिया जन्य वस्तुहरु ८ अर्ब ७ करोड ८९ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
तेलजन्य वस्तुहरुका बीउ, विभिन्न अन्नजन्य वस्तुहरुका बीउ, औषधीजन्य बिरुवाहरु सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ७ हजार, भेजिटेबल प्लेटिङ सामग्री २ अर्ब १ करोड ६७ लाख ९३ हजार, बोसो तथा तेजन्य पदार्थ ४ अर्ब ३९ करोड ९७ लाख ३८ हजार, औद्योगिक खाद्य तथा पशुपंक्षीको लागि तयारी खाना ३ अर्ब ६७ करोड ४५ लाख १७ हजार र नुन/सल्फर/माटो/ढुंगा/प्लास्टरिङ सामग्री÷सिमेन्ट लगायतका सामग्री २ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ बराबरको निर्यात विभागको तथ्यांकले देखाएको छ ।

सोही अवधिमा नेपाली उद्योगी तथा व्यवसायीहरुले फार्मेस्टिकल्स उत्पादनहरु १ अर्ब २५ करोड ४ लाख १९ हजार, १ अर्ब ९ करोड ९८ लाख २० हजार, काठका सामग्री तथा काठको कोइला ४ अर्ब ५६ करोड १२ लाख, तरकारीजन्य फाइबर कपडा÷कागजको धागोको बुनेको कपडा ३ अर्ब २ करोड ५१ लाख ७८ हजार र मानिसहरुले बनाएका फिलामेन्ट तथा कपडा १ अर्ब ५६ करोड १५ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात गरेका छन् ।
विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा मानव निर्मित स्टेपल फाइबर ६ अर्ब ३४ करोड ६६ लाख २५ हजार, विशेष प्रकारको धागो/डोरीहरु २ अर्ब ७९ करोड ९३ लाख २२ हजार, कार्पेट र अन्य भुईं कभरिङ कपडा ६ अर्ब ६० करोड ७५ लाख ५३ हजार र कपडा तथा धागोजन्य सामग्री २ अर्ब ७४ करोड ४७ लाख २२ हजार बराबरको निर्यात भएको छ ।
त्यस्तै, तयारी नभएका कपडा तथा धागोजन्य सामग्री ४ अर्ब ६४ करोड ५९ लाख २४ हजार, कपडाका विभिन्न आइटम १ अर्ब ९४ करोड ५८ लाख ४० हजार र विभिन्न धातुका औजार १ अर्ब २३ करोड ३२ लाख ५२ हजार बराबरको निर्यात विभागको तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।