logo

अर्धवार्षिक समिक्षा गर्दै सरकारले घटायो बजेटको आकार, चालु आवको बजेटमा २ खर्ब २१ अर्ब घटाईयो

    773   पटक पढिएको

२९ माघ/अर्थ र व्यापार – अर्धवार्षिक समिक्षा मार्फत सरकारले चालु आर्थिक वर्षकालागि विनियोजित बजेटको आकार २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको छ ।
विगतका वर्षहरुमा झैं यसपाली पनि सरकारले सुरुमा महात्वाकांक्षी ठूलो आकारको ल्याउने र कार्यान्वयन गर्न असफल भएपछि वर्षको आधा महिनामा आएर बजेटको आकार घटाउने निरन्तरता कायम गर्दै बजेटको आकार घटाएको हो ।
सोमबार अर्धवार्षिक समिक्षा गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको आकार २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको हो । गत १५ जेठमा कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सरकारले अर्धवार्षिक समीक्षामार्फत आकार घटाएर १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँमा झारेको छ ।
संशोधित अनुमान सुरुमा विनियोजित बजेटको ८७ दशमलब ३८ प्रतिशत हो । अर्ध वार्षिक समिक्षा गर्दै वर्षको मध्ये भागमा आएर लक्ष्यअनुरुप आम्दानी नहुने अवस्था देखिएपछि र जति सुधार गर्दा पनि खर्च गर्न नसकेपछि बजेटको आकार घटाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी गराए ।
घटाएर संसोधन गरिएको बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड मध्ये ८८.८४, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोडमध्ये ८४.१३ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोडमध्ये ८७.३९ प्रतिशत खर्च हुने सरकारको अनुमान छ ।
चालु आर्थिक वर्ष गत आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशत बढीको बजेट ल्याइएको थियो । सरकारले राजस्वको लक्ष्य पनि संशोधन गरेको छ। पुससम्म लक्ष्यभन्दा १ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँले पछि परेपछि सरकारले बाध्य भएर राजस्वको लक्ष्य घटाएको हो।
मन्त्री महतले विद्युतीय गाडीमा उल्लेख्य कर छुटले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । ‘गाडीबाट धेरै भन्सार संकलन हुन्थ्यो । तर, हामीले विद्युतीय गाडीलाई प्रोत्साहन गर्न भनेर धेरै छुट दियौं। यसले भन्सार राजस्व घट्न पुग्यो,’ अर्थमन्त्री महतलेले भने, ‘अब उच्चस्तरीय कर सुधार समितिले दिने सुझावलाई कार्यान्वयन गर्नेछौं।’
कर प्रणालीमा सुधारका लागि सरकारले गत असोजमा पूर्वअर्थसचिव विद्याधर मल्लिकको संयोजकत्वमा उच्चस्तरीय कर सुधार सुझाव समिति गठन गरेको थियो । त्यो समितिले चैत १५ भित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । पुससम्म ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ५ खर्ब १५ अर्ब ४० करोड रुपैयाँ मात्र उठाउन सकेको थियो ।
राजस्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदान ४० अर्ब १२ करोड र वैदेशिक ऋण १ खर्ब ८० अर्ब उठाउने सरकारको संशोधित अनुमान छ । बजेटमा वर्षभरिमा १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको थियो । यस्तै वैदेशिक अनुदान ४९ अर्ब ९४ करोड, वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने बजेटको लक्ष्य थियो।
सरकारले यसअघिका वर्षमा पनि अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाउने गरेको थियो। तर, अर्धवार्षिक समीक्षामार्फत घटाइएको बजेट पनि कार्यान्वयन हुने गरेको छैन। खासगरी एक दशकयता सरकार पुँजीगत खर्चमा चुक्दै आएको छ । गत आर्थिक वर्ष पुँजीगत बजेट ६१ प्रतिशत मात्र खर्च भएको थियो।
मन्त्री महतले सोचेअनुसार आम्दानी र खर्च नभएपछि बजेटको आकार घटाइएपनि सबै सूचक सकारात्मक रहेको र आउने दिनमा आर्थिक गतिविधि बढ्ने दाबी गरे।
‘अर्धवार्षिक समीक्षाको निष्कर्ष पनि त्यही हो। बर्षौं पहिले घोषणा भएका कार्यक्रममको दायित्व धेरै छ। त्यसलाई सिस्टममा ल्याउन समय लाग्छ भन्ने लागेको छ । सूचकहरु सकारात्मक छन्। यसमा सन्तोष मान्नुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।