logo

स्वास्थ्य बीमामा अब बीमितले उपचारको १० प्रतिशत रकम तिर्नुपर्ने,योगदान रकम पनि बढाइँदै

    836   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार– सरकारले माघदेखि स्वास्थ्य बीमामा सहभुक्तानी (कोपेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर माघदेखि स्वास्थ्य बीमामा सहभुक्तानी प्रणाली लागू हुने जानकारी दिएको हो।
सहभुक्तानी प्रणाली कार्यान्वयनमा आएपछि उपचार खर्चको १० प्रतिशत बीमित आफैंले बेहोर्नुपर्नेछ। अहिले बीमाबापत निश्चित शुल्क तिरेपछि उपचार सबै निःशुल्क हुने व्यवस्था छ ।
तर, अब उपचारमा १ लाख रुपैयाँ खर्च भए सेवाग्राहीले १० हजार रुपैयाँ आफैं तिर्नुपर्ने व्यवस्था गरिएको हो । बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था र बीमितलाई सहभुक्तानी प्रणाली कार्यान्वयन गर्न अपिल गरेको छ ।
बोर्डले स्वास्थ्य बीमामा नक्कली दाबीका कारण धेरै दायित्व थपिएको भन्दै ११ पुसमा ‘सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि’ जारी गरेको थियो।
बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनर्स्थापना सेवामा १० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको हो। बोर्डका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने उपचारमा भने सहभुक्तानीको व्यवस्था लागू हुने छैन। त्यसैगरी, आकस्मिक सेवामा पनि सहभुक्तानी लागू नहुने बोर्डले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानी लागू हुने छैन । स्वास्थ्य बीमा नियमावलीले तोकेका लक्षित वर्ग, अति गरिब परिवार, ७० वर्षमाथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गता परिचय पत्र पाएका, एचआइभी संक्रमित, क्षयरोग र कुष्ठरोग लागेका, महिला स्वस्थ्य स्वयंसेविका लगायत सरकारले तोकेका लक्षित वर्गका लागि पनि सहभुक्तानी लागू नहुने बोर्डले स्पष्ट पारेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा हाल ५ जनासम्म सदस्य रहेको परिवारले ३ हजार ५०० रुपैयाँ प्रिमियम तिर्दा वार्षिक १ लाख रुपैयाँसम्मको उपचार पाउने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएको परिवारका लागि प्रति सदस्य योगदान रकम ७०० रुपैयाँ छ। त्यसबापत उपचार रकमको सीमा पनि २० हजार रुपैयाँको दरले थपिँदै जान्छ।
तर, बोर्डले अब स्वास्थ्य बीमा कार्यक्रमको योगदान रकमको पुनरावलोकन गरी सुविधाको दायरा बढाउने भएको छ । अहिले रहेको सुविधा थैलीको औषधिको शुल्क पुनरावलोकन गर्ने काम एक महिनामा सकेर लागू गर्ने बोर्डले जनाएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयमार्फत संचालित विपन्न नागरिक उपचार कोष लगायत स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरेर बीमामार्फत व्यवस्थापन गर्ने योजना अघि बढाइएको बोर्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।