logo

स्वास्थ्य बीमामा अब बीमितले उपचारको १० प्रतिशत रकम तिर्नुपर्ने,योगदान रकम पनि बढाइँदै

    579   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार– सरकारले माघदेखि स्वास्थ्य बीमामा सहभुक्तानी (कोपेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर माघदेखि स्वास्थ्य बीमामा सहभुक्तानी प्रणाली लागू हुने जानकारी दिएको हो।
सहभुक्तानी प्रणाली कार्यान्वयनमा आएपछि उपचार खर्चको १० प्रतिशत बीमित आफैंले बेहोर्नुपर्नेछ। अहिले बीमाबापत निश्चित शुल्क तिरेपछि उपचार सबै निःशुल्क हुने व्यवस्था छ ।
तर, अब उपचारमा १ लाख रुपैयाँ खर्च भए सेवाग्राहीले १० हजार रुपैयाँ आफैं तिर्नुपर्ने व्यवस्था गरिएको हो । बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था र बीमितलाई सहभुक्तानी प्रणाली कार्यान्वयन गर्न अपिल गरेको छ ।
बोर्डले स्वास्थ्य बीमामा नक्कली दाबीका कारण धेरै दायित्व थपिएको भन्दै ११ पुसमा ‘सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि’ जारी गरेको थियो।
बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनर्स्थापना सेवामा १० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको हो। बोर्डका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने उपचारमा भने सहभुक्तानीको व्यवस्था लागू हुने छैन। त्यसैगरी, आकस्मिक सेवामा पनि सहभुक्तानी लागू नहुने बोर्डले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानी लागू हुने छैन । स्वास्थ्य बीमा नियमावलीले तोकेका लक्षित वर्ग, अति गरिब परिवार, ७० वर्षमाथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गता परिचय पत्र पाएका, एचआइभी संक्रमित, क्षयरोग र कुष्ठरोग लागेका, महिला स्वस्थ्य स्वयंसेविका लगायत सरकारले तोकेका लक्षित वर्गका लागि पनि सहभुक्तानी लागू नहुने बोर्डले स्पष्ट पारेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा हाल ५ जनासम्म सदस्य रहेको परिवारले ३ हजार ५०० रुपैयाँ प्रिमियम तिर्दा वार्षिक १ लाख रुपैयाँसम्मको उपचार पाउने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएको परिवारका लागि प्रति सदस्य योगदान रकम ७०० रुपैयाँ छ। त्यसबापत उपचार रकमको सीमा पनि २० हजार रुपैयाँको दरले थपिँदै जान्छ।
तर, बोर्डले अब स्वास्थ्य बीमा कार्यक्रमको योगदान रकमको पुनरावलोकन गरी सुविधाको दायरा बढाउने भएको छ । अहिले रहेको सुविधा थैलीको औषधिको शुल्क पुनरावलोकन गर्ने काम एक महिनामा सकेर लागू गर्ने बोर्डले जनाएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयमार्फत संचालित विपन्न नागरिक उपचार कोष लगायत स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरेर बीमामार्फत व्यवस्थापन गर्ने योजना अघि बढाइएको बोर्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।