logo

पाँच महिनाको अवधीमा साढे ६ खर्बको आयात

    598   पटक पढिएको


८ पुस/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को वितेका पाँच महिनाको अवधीमा करिब साढे ६ खर्ब रुपैयाँको आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको वितेका पहिलो ५ महिना (साउन देखि मंसिर) सम्मको तथ्यांक अनुसार यस अवधिमा आयात करिब साढे ६ अर्ब रुपैयाँ बराबरको भएको देखिएको हो ।
भन्सार विभागका अनुसार मंसिरसम्म कुल ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.३९ प्रतिशत कम हो । गत आवको यसै महिनासम्म ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार यस वर्ष पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टीलको आयात समेत केही खुम्चिएको छ । कच्चा भट्टमासको तेल र औषधि आयात समेत घटेको छ ।
कच्चा पाम तेलको आयात समेत धेरैले घट्ने वस्तुमा परेको छ । यस वर्ष तयारी पोषक र अन्नको आयात भने बढेको छ । दूरसञ्चारका सामग्रीको आयातमा समेत सकारात्मक वृद्धि देखिएको केन्द्रले जनाएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।
समिक्षा अवधीमा नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । सो अवधीमा वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।
विभागको तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । जुन ८.९६ प्रतिशत मात्र हुन आउँछ ।
यस आवको मंसिरसम्म भएको निर्यात गत वर्षको यसै अवधिको तुलनामा समेत कम हो । गत आवको मंसिरसम्म ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको थियो । कात्तिकसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९८ प्रतिशत रहेको थियो । असोजसम्मको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.११ प्रतिशत रहेको थियो । भदौमा ९.२४ प्रतिशत हिस्सा निर्यातको थियो ।
साउनमा निर्यातको हिस्सा ९.४८ प्रतिशत रहेको थियो । व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष फलाम तथा त्यसको उत्पादनको निर्यात बढेपनि ऊनी गलैंचा, यार्न, जुट तथा जुटका उत्पादनको निर्यात खुम्चिन पुगेको छ ।
सबैभन्दा धेरै पामतेलको निर्यातमा ह्रास आएको छ । चिया निर्यात समेत यस वर्ष खुम्चिएको छ । यी वस्तुहरुको निकासीमा आएको ह्रासले समग्र वस्तु निर्यातमै नकारात्मक प्रभाव पारेको हो ।
यसैगरी, मंसिरसम्म वैदेशिक व्यापारको आकार ७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.६४ प्रतिशत कम हो । सो आवको मंसिरसम्म ७ खर्ब ३२ अर्ब रुपैयाँ बराबको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा व्यापार घाटा भने ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो गत आवको यसै अवधिमा ३.०९ प्रतिशत घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयात–निर्यात रेसियो १०.१६ रहेको छ । चालु आवको वितेका ५ महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब २८ अर्ब रुपैयाँको भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यसमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको छ । यस वर्ष आइरन र स्टीलको आयात ५२ अर्ब ४४ करोड रुपैयाँको छ । विद्युतीय सामग्रीको आयात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपूर्जाको आयात २९ अर्ब २० करोड रुपैयाँको रहेको छ ।
नेपालको कुल १५० मुलुक सँग वैदेशिक व्यापार रहेको छ । जसमध्ये सबैभन्दा धेरै भारतसँग रहेको छ । व्यापार घाटा समेत भारतसँग छ । भारतसँग ३ खर्ब ९४ अर्बको अ ायात र ४२ अर्ब रुपैयाँको निर्यात व्यापार छ ।
छिमेकी देस चीनसँग १ खर्ब २५ अर्बको आयात र १ अर्ब ३ करोड रुपैयाँक ो निर्यात व्यापार रहेको छ । अमेरिकासँग नेपालको व्यापार नाफामा छ । यस मुलुकसँग ५ अर्ब ४८ करोड रुपैयाँको आयात हुँदा ७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।