logo

बजेट क्यालेण्डर फेरबदल गर्न सुझाव, आर्थिक सर्वेक्षण ७ दिन पहिले प्रस्तुत गर्नुपर्ने

    832   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – राष्ट्रिय योजना आयोगले बजेटको क्यालेण्डरमा फेरबदल गर्न सरकारलाई सुझाव दिएको छ । आयोगका सदस्य डा.रामकुमार फुयाल संयोजकत्वको कमिटीले छलफलका लागि पर्याप्त समय नपुगेको भन्दै फेरबदल गर्न सुझाव दिएको हो।
बजेट तर्जुमा दिग्दर्शनलाई तर्जुमा गर्न आवश्यक देखेर दुई वटा विषयमा सुझाव दिएको संयोजक फुयालले बताए । उनका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिको बैठक आगामी १५ माघमा बस्छ । सो बैठकले सिलिङ सो महिना भरिमा दिन्छ।
सरकारको नीति तथा कार्यक्रम ७ देखि १५ दिनअघि राष्ट्रपतिले संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने चलन छ । राजस्व र व्ययको अनुमान अर्थमन्त्रीले १५ जेठमा प्रस्तुत गर्न संवैधानिक व्यवस्था छ ।
‘हामीसँग भएका विद्यमान दुई वटा कानुनमा संशोधन गर्नुपर्ने गरी समय तालिका मिलाएका छौं। पहिलो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ छ । यस ऐन बमोजिम प्रत्येक आर्थिक वर्षका लागि अर्थमन्त्रीले सदनमा विनियोजन विधेयक प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै समावेश गर्नुपर्ने राय÷सुझावहरु लिनुपर्ने भनिएको छ,’ उनले भने,’तीन महिनाअगावै अर्थात फागुन १५ गते नै संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गर्न सुझाएका छौं।’
सरकारको कार्यक्रम तथा बजेट प्राथमिकता उपर संसदले सुझाव दिनुपर्ने देखेमा ७ दिनभित्र अर्थ मन्त्रालयमा सुझाव दिन सकिने व्यवस्था छ । अब ३० दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । ‘अहिले बजेटभन्दा अघि आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिवेदन कार्यान्वयनमा आएमा ७ दिन अघि नै आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्नुपर्नेछ,’ उनले भने,’ बजेट तर्जुमादेखि संसदमा सम्बोधन गर्नेसम्म कार्यतालिकामा सिस्टमेटिक व्यवस्थाको प्रस्ताव छ।’
छुटेका विषयहरुलाई सम्बोधन गर्न आर्थिक सर्वेक्षण ७ दिनअघि नै प्रस्तुत गर्न सुझाव दिइएको हो। छोटो समय दिएर छलफलबाट आएका सुझाव कार्यान्वयन गर्न कठिन भएकाले क्यालेण्डरमा परिवर्तन गर्न सुझाव दिइएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।