logo

चिनीको अभाव र मूल्यवृद्धिले उपभोत्ता मारमा

चिनी उद्योगीले १९ हजार मेट्रिक टन चिनी लुकाएको भेटियो:वाणिज्य विभाग

    834   पटक पढिएको

१८ असोज/ अर्थ र व्यापार – बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगीहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी लुकाएर राखिएको मौज्दात भेटिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभागले जनाएको छ ।
विभाग स्रोतले जानकारी गराए अनुसार चिनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल,जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको जानकारी चिनी राख्ने उद्योगीहरुले दाबी गरेका छन् ।

बजारमा चिनीको चरम अभाव भएपछि उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न विभागले एक समिति गठन गरेको थियो । विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । ‘आफूलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी पेय पदार्थ उत्पादन गर्ने उद्योग किनेको र चिनी उद्योगमै मौज्दात राखेको जानकारी पाइएको छ । तर, त्यो चिनी ति उद्योगमा नलगीसकेको जानकारी उद्योगहरुले दिएका छन्’ विभाग स्रोतले भन्यो ।

विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ । नेपाल चिनी उद्योग संघका अध्यक्ष तथा एभरेष्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको दाबी गरे ।
‘कोकाकोलालाई उच्च गुणस्तरको चिनी चाहिने भएकाले सिजनको सुरुमै उसलाई चाहिने परिमाणको चिनी अर्डर गर्छ, त्यसबापत बैंक ग्यारेन्टीमार्फत भुक्तानी गरेको हुन्छ,’ उनले भने, ‘यो विषयमा हामीले वाणिज्य विभागलाई पनि जानकारी गराएका छौं ।’

विभागले नै कोकोकोलासँग कुरा गरेर चिनी बजारमा पठाउनेबारे छलफल गर्ने बताएको जानकारी पनि उनले दिए ।
सरकारले भारतसँग जीटूजी (सरकार–सरकार)मा खरिद गर्ने भनेको ५० हजार टन चिनी आएपछि उद्योगलाई दिनेगरी बजारको मागका लागि उद्योगको चिनी पठाउन सकिने विकल्पमा छलफल चलाएको विभागले जनाएको ।
असार अन्तिमसम्म होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो डेढ महिनायता चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँले वृद्धि भएको छ ।
होलसेल तथा खुद्रा व्यापारीका अनुसार चिनीका वितरकहरुले १२५ रुपैयँसम्म विना बिल चिनी बिक्री गरिरहेका छन् । ‘बिल माग्दा चिनी नपाइने गरेको भन्दै यसमा केही न केही बदमासी रहेको देखिन्छ,’ एक होलसेल व्यवसायीले भने, ‘चिनी नबेचौं भने ग्राहक आउँदैनन् । बेचौं वितरकले बिलबिना नै लैजाऊ भन्छन् । हामी समस्यामा परेका छौं ।’

वाणिज्य मन्त्रालयले भने भारतबाट जीटूजीको चिनी ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सरकारले कूटनीतिक पहलबाट जतिसक्दो छिटो चिनी ल्याउने प्रयास गरिरहेको विभागका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरले जानकारी दिए । ‘चिनी अभाव भएकै हो, आयातका लागि सरकारले कुटनीतिक प्रयास गरिरहेको छ’ उनले भने । हाल काठमाडौं र पोखरा आसपासका क्षेत्रमा चिनी अभाव भएको उनले बताए । ‘१५ हजार मेट्रिकटन थप चिनी ल्याइयो भने अहिलेको माग धान्न सकिन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।