logo

चाडपर्वमा कृत्रिम अभाव र नाफाखोरी गरे कडा कारबाहीको चेतावनी

    887   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार – सरकारले नजिकिएको दसैं–तिहार र छठपर्वलगायतका चाडपर्वका अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धिसहित नाफाखोरी गर्नेमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।

चार्डपर्वका बेला कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीको ध्यानाकर्षण गराउँदै सरकारले यस्तो चेतावनी दिएको हो ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न कोही कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिनसमेत आग्रह गरेको छ ।

यसैगरी, बैठकले उपभोग्य वस्तुको बिक्रीवितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्नसमेत निर्देशन दिएको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्देशन भएको बताएकी हुन् । उनले नजिकिएको चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी गरी वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य नगर्न÷नगराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई सरकारले ध्यानाकर्षण गराएको जानकारी गराइन् ।

उनले अब सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्ने बताइन् । दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्र थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्यअनुरूप यो निर्णय भएको उनले बताइन् ।

अस्वाभाविक मूल्यवृद्धि र कालो बजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र यसको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्नसमेत निर्देशन गरिएको उनले बताइन् ।

अहिले बजारमा यस्ता नाफाखोरले आफूखुसी अस्वाभाविक रूपमा विभिन्न वस्तुको बजार भाउ बढाएर उपभोक्ताको डाढ सेक्ने काम गरिरहेका छन् । विभिन्न बहाना बनाएर कालाबजारीमा संलग्नले चामल, पिठो, चिनी, गेडागुडीलगायत हरेक वस्तुको मूल्य अत्यधिक बढाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । उनीहरूले चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकारी संयन्त्र नै कमजोर देखिएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।