logo

दसैं–तिहार छठपर्व लक्षित सहुलियत मूल्य पसल २१ असोजबाट, ३ मंसिरसम्म सञ्चालन गरिने

    253   पटक पढिएको


१० असोज/ अर्थ र व्यापार – अत्यधिक अकासिएको बजार भाउ नियन्त्रणकालागि चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी २१ असोजबाट सुरु हुने भएको छ । विगतका वर्षहरुकै निरन्तरता स्वरुप सरकारी निकायबाट हुने यस्तो चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी ३ मंसिरसम्म सञ्चालन गरिने भएको छ ।
दसैं,तिहार र छर्ठपर्वकालागि अत्यावश्यक खाद्य तथा दैनिक उपभोग्य बस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व अवधिभर यस्तो पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले यस्तो जानकारी गराएका हुन । उनले चाडपर्व लक्षित सहुलियत मुल्य पसलबाट बद्दो बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा अत्यावस्यक बस्तु तथा सामग्री उपलव्ध गराउने उद्देश्यले सो पसल सञ्चालन गर्न लागिएको बताए ।
चाडपर्वको बेला उपभोग्य बस्तु विक्री वितरण हुने बजारमा निजी क्षेत्रको एकाधिकार तोडेर बजार भाउ नियन्त्रण गर्न सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारका यि निकायहरुले संयुक्त रुपमा आयोजन ागर्ने सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकेजी ७ रुपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ ।
यसैगरी, गेडागुडीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनी, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्यांग्रामा प्रतिकेजी १० रूपैयाँ छुट हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रूपैयाँ बजेट छुट्याएको छ ।
यस्तो सहुलियतपूर्ण बजारमा चिउरामा प्रतिकेजी ७ रूपैयाँ छुट हुने छ । यसैगरी, साल्ट ट्रेडिङ मार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रूपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकेजी ९७ रूपैयाँमा विक्री गर्ने छ । त्यसैगरी, बजार मूल्यको तुलनामा नुनमा प्रतिकेजी दुई रुपैयाँ र तेल तथा चिउरामा प्रतिकेजी ७ रूपैयाँ छुट दिईने छ ।त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकेजी २० रूपैयाँ, पनीर प्रति दुईसय ग्राममा २० रूपैयाँ र प्रति पाँचसय ग्राममा ५० रूपैयाँ छुट दिनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे्डिरङको काठमाडौँ उपत्यकामा रहेका विभिन्न आठवटा बिक्री केन्द्र र तीनवटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछ ।
यसबाहेक मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।
त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल तथा गोदाम रहनेछन् ।
यस्ता पसलहरु आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिने मन्त्रालयले जनाएको छ ।
सञ्चालनमा ल्याइएका सहुलियत मुल्य पसलहरु प्रभावकारी भए–नभएकोबारे अनुगमन गर्न विशेष समिति पनि बनाइएको छ । चाडपर्वको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाको हकमा उद्योग मन्त्रालयले सहुलियत पसल सञ्चालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्नेछ भने सम्बन्धित संस्थानहरुले पनि आ–आफनो अनुगमन टोली बनाई अनुगमन गर्नेछन् ।
वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली खटाएर सघन रुपमा बजार अनुगमन गर्नेछ । जिल्लाहरुको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रुपमा अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।