logo

कर प्रणाली सुधारका लागि सरकारले बनायो समिति, ५० प्रतिशत भन्सार छूटमा चिनी ल्याएर महंगी नियन्त्रण गर्ने

    895   पटक पढिएको


३१ भदौ/अर्थ र व्यापार – सरकारले कर प्रणालीमा सुधारका लागि एक विशेष समिति गठन गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा विशेष समिति गठन गरेको हो।
मल्लिक कर प्रशासनका जानकार मानिन्छन्। पूर्व अर्थसचिव समेत रहेका मल्लिक १० वर्षअघि अन्तरिम मन्त्रिपरिषद्मा संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । यस समितिले कर सम्बन्धमा उठेका गुनासो, विद्यमान प्रावधान लगायतको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।
यो समितिलाई सुझाव प्रतिवेदन सरकारलाई बुझाउन आगामी माघ महिनासम्मको समय दिइएको छ । सरकारले चालु आर्थिक वर्षमा गरेको घोषणा अनुसार कर प्रणालीमा सुधारका लागि यो विशेष समिति गठन गरेको हो।
समितिले दिने सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने सरकारले लक्ष्य छ । सरकारले यो आर्थिक वर्ष गत आर्थिक वर्ष संकलन भएको भन्दा करिब ४० प्रतिशत बढी राजस्व संकलनको लक्ष्य लिएको छ । यो स्थितिमा मल्लिकको समितिले के कस्ता सुझाव दिन्छ भन्नेमा धेरैको चासो रहेको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले ५० प्रतिशत भन्सार महसुल छूटमा २० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०÷१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिएको हो।
चाडपर्व सुरुभएसँगै हाल बजारमा व्यापारीले मूल्य मनपरीरुपमा बढाएपछि सरकारले आफ्नो स्वामित्व रहेका दुई कम्पनीलाई भन्सार छूटमा चिनी आयातको अनुमति दिएको हो । चाडपर्व नजिकिएपछि व्यापारीले चिनीको भाउ बढाएर प्रतिकेजी १३० रुपैयाँ पु¥याइसकेका छन्। दुई महिनाअघि चिनीको खुद्रा मूल्य प्रतिकेजी ९५ रुपैयाँ थियो।
५० प्रतिशत भन्सार छूटमा आयातको अनुमति दिएपछि बजारमा भाउ नियन्त्रण गर्न सहयोग पुग्ने सरकारको दावी छ ।
खर्च कटौतीमा लागेको सरकारले यसपालि विभूषण वितरण कार्य समेत स्थगित गरेको छ । सरकारले यसअघि संविधान दिवसका दिन घोषणा गरेर नयाँ वर्षका दिन राष्ट्रपतिमार्फत विभूषण बाँड्दै आएको थियो । सत्तारुढ दलका आसेपासे जसलाई पनि वितरण गरिएपछि विभूषणको औचित्यमाथि नै प्रश्न उठाउन थालिएको थियो।
जथाभावी वितरणका कारण राम्रो काम गरेवापत विभूषण पाउनले समेत लज्जित महसुस गर्नुपर्ने अवस्थाका कारण सरकारले यसपालि कार्यदल गठन गरेको छ । कार्यदललाई विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी आगामी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।
मन्त्रिपरिषद्ले सिँचाइ नीति ÷ नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली स्वीकृत गरेको छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले आगामी ५ असोज देखि गर्न लागेको चीन भ्रमण पनि स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।