logo

अब साना व्यवसायीले चौमासिक रुपमा भ्याट विवरण बुझाए हुने ,ठूला करदातालाई मासिक

    955   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – चालु आर्थिक वर्षमा साना व्यवसायीले सरकारलाई बुझाउनुपर्ने मुल्यअभिबृद्धिकर (भ्याट) विवरण चौमासिक रुपमा बुझाए हुने भएको छ । तर , वार्षिक एक करोड रुपैयाँभन्दा धेरै कारोबार गर्ने ठूला करदाताले भने अनिवार्य मासिक रुपमा भ्याट विवरण बुझाउनुपर्ने छ
सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । भने ठुला करदातालाई यस्तो विवरण बुझाउने नियममा थप कडा गरेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड रुपैयाँ भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर ( भ्याट) लाग्ने कारोबार गर्ने साना करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ ।
यसैगरी, वार्षिक १ करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने अनिवार्य मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि एक करोड रुपैयाँ भन्दा बढी कारोबार गर्नेहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो ।
आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरको हकमा चालु आर्थिक वर्ष २०८०÷८१ को सुरुवाती महिना साउनबाट नै यो प्रावधान लागु भएको हो ।
सोही प्रावधानका कारण अब वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा भ्याट विवरण सम्बन्धीत कर सेवा कार्यालयमा बुझाउनु पर्ने भएको छ ।
वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ । यसअघि, मासिक रुपमा कर विवरण बुझाउँदै आएका करदातादाले अब २५ मंसिर, २५ चैत र २५ साउन भित्र कर विवरण पेश गरे हुने भएको छ ।
सरकारले कोरोना विश्व महामारिपछि विस्तारै चलायमान हुँदै गरेको देसको अर्थतन्त्रलाई पहिलेको अवस्थामा फर्काउने उदेस्यले थालनी गरेको यो नयाँ व्यवस्थाले साना उद्यमी÷व्यवसायी र वार्षिक १ करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने साना करदातालाई केही राहत भएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन । उनीहरुले सरकारको यो निणर्यको स्वागत नै गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।