logo

वैदेशिक व्यापार साढे ३ खर्बले घट्यो, आयात–निर्यात दुवै घट्यो

    931   पटक पढिएको


९ साउन/अर्थ र व्यापार – नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा वैदेशिक व्यापारको आधार १६.५८ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०७८.७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।
असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भयो । यस वर्ष आयात १६.०८ प्रतिशत र निर्यातमा २१.४४ प्रतिशतको गिरावट आयो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । यसले वैदेशिक व्यापारमा निर्यातको हिस्सा झन कमजोर बनिरहेको देखाएको छ ।

सरकारले गत आवको सुरुवाती समयबाटै आयात निरुत्साहित गर्ने नीति लियो । जसमा महँगो सवारी साधनहरु आयातमा प्रतिवन्ध लागेको थियो । जसको परिणाम स्वरुप आयात संकुचन भयो । सरकारले अघिल्लो वर्ष मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो ।
एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिवन्ध हटाएको थियो । यी प्रतिवन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको थियो । तर, आन्तरिक मागमा आएको संकुचनले अपेक्षित आयात बढ्न सकेन ।
फलस्वरुप समग्र वैदेशिक व्यापारको आकार खुम्चिन पुगेको हो । निर्याततर्फ भने प्राकृतिक तेल निर्यातमा आएको संकुचनको असर यस वर्ष स्पष्टसँग देखियो । जसलाई व्यापार विज्ञहरुले गत वर्ष नै अस्थिर प्रकृतिको निर्यात भनेका थिए । यसलाई अघिल्लो आवको तथ्यांकले पुष्टि गरेको छ ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का यस वर्ष आन्तरिक अर्थतन्त्रमा आएको संकुचनको असर वैदेशिक व्यापारमा परेको विश्लेषण गर्छन् । मुलुकभित्र माग र उपभोग बढ्दा आयात बढ्ने बताउँदै उनले भने, ‘आवको सुरुवातमा हामीले महंगा वस्तुको आयात रोक्यौं, त्यसपछि खोल्दा माग नै भएन ।’
उनले अहिले पनि भन्सारमा आएर ४ हजार गाडी रोकिएको सन्दर्भमा मागमा आएको संकुचन रहेको बताए । यसले समग्रमा राजस्व र वैदेशिक व्यापार दुबैमा असर गरेको उनको भनाइ छ । उनले नेपालको व्यापार आयातमा अति निर्भर रहेको भन्दै आन्तरिक अर्थतन्त्र चलायमान हुँदा स्वतः वैदेशिक व्यापार बढ्ने बताए ।
भन्सार विभागका अनुसार आव २०७९/८० मा आयात ३ खर्बले ओरालो लागेको छ । यस आवमा १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु आयात भएको छ । यो आव २०७८/७९ को तुलनामा १६.०८ प्रतिशत कम हो । सो आवमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको थियो ।

यसैगरि, आव २०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा २१.४४ प्रतिशत कम हो । सो आवमा २ खर्ब रुपैयाँको आयात भएको थियो । जुन ऐतिहासिक थियो । निर्यात व्यापार पटके भएको र यसमा नेपालले आफ्नो प्रतिस्पर्धी क्षमता पहिचान नै गर्न नसेकको भन्सार विभागको विश्लेषण छ ।
आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिन्छ । व्यापार घाटा कम हुनुमा निर्यातले भने योगदान गर्न सकेन । यस आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो आवको तुलनामा १५.४५ प्रतिशत कम हो । आव २०७८/७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

पेट्रोलियम पदार्थमा मात्र साढे ३ खर्ब बाहिरियो
यस वर्ष पेट्रोलियम पदार्थको आयातमा मात्र साढे ३ खर्ब रुपैयाँ विदेशिएको छ । ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ । गत आवको तुलनामा भने पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको छ ।

गत आवमा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ८३ अर्ब रुपैयाँ विदेशिएको थियो । विद्युतीय सामान र उपकरणको आयात १ खर्ब रुपैयाँ बराबरको भएको छ । विभिन्न मेसिन र त्यसको पार्टपूर्जा आयातमा समेत १ खर्ब विदेशिएको छ । ३१ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयातमा १ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।