logo

मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट, अर्थतन्त्र चलायमान नहुने दावी

    949   पटक पढिएको


७ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले असन्तुष्टी व्यक्त गरेका छन ।
यस मौद्रिक नीतिपछि निजी क्षेत्रले यस्तो असन्तुष्टी व्यक्त गरेका हुन । मौद्रिक नीतिबाट निजी क्षेत्रले अर्थतन्त्रका विद्यमान समस्याहरू समाधान हुने अपेक्षा गरेकोमा त्यो पूरा नभएको महशुस उनीहरूले गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने हिसाबले निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य निर्धारण नभएको बताए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएको भनेको तर, नीतिहरू हेर्दा लचिलो नदेखिएको उनले बताए । ‘६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य छ, साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य छ,’ उनले भने, ‘त्यो कम भयो कि भन्ने लाग्छ ।’

मौद्रिक नीतिले चालूपूँजी कर्जा लगायत धेरै विषयहरू पुनरवलोकन गर्ने भने पनि त्यसबारे अस्पष्टता छोडेको उनले बताए । ‘यी विषयहरूमा भोलिका दिनमा कसरी पुनरवलोकन हुन्छ, स्पष्ट छैन,’ उनले भने । उनले महासंघले मौद्रिक नीतिबारे सोमबार आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।
यसैगरि, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान नगराउन नसक्ने बताए । निजी क्षेत्रले अपेक्षा गरे अनुरूपको मौद्रिक नीति नआएको बताउँदै अग्रवालले भने, ‘अहिले अर्थतन्त्रको समस्या समाधान गर्न ब्याज घटाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुनुपर्थ्यो । त्यसका लागि बैंकदर घट्ने अपेक्षा गरेका थियौं । नीतिगत दर केही घटाएको छ । त्यसबाट बैंक दरमा कुनै प्रभाव पर्दैन र ब्याजदर घट्दैन ।’

नीतिले निजी क्षेत्रका धेरै माग सम्बोधन नगरेको परिसंघका अध्यक्ष अग्रवालको भनाइ छ । ‘घरजग्गाका धितोमा कर्जाको दर (एलटिभी रेसियो) बढाइदिनुपर्छ भन्ने माग हामीले गरेका थियौं । तर, त्यसो भएन,’ उनले भने, ‘कोभिडका बेला असल ऋणमा पनि १ दशमलव ३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसलाई एक प्रतिशतमा झार्नुपर्ने हाम्रो माग थियो । तर, त्यो पनि भएन ।’ पुनर्कर्जा सम्बन्धी व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग पनि सम्बोधन नभएको उनको भनाइ छ ।

चालूपुँजी कर्जासम्बन्धी निर्देशिकालाई पुनरवलोकन गर्ने भनिए पनि त्यसमा स्पष्टता नभएको उनले बताए । ‘उद्योगअनुसार चालूपूँजी कर्जाको व्यवस्था फरकफरक व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग छ, । त्यस्तै, कारोबारको २५ प्रतिशतसम्म मात्रै चालू पूँजी प्रकृतिको कर्जा प्रवाह हुने व्यवस्था छ । अघिल्लो वर्ष मागमा अत्यन्तै कमी आएकाले त्यो व्यवस्थालाई एक वर्ष पछि सारिदिनुप¥यो भन्ने हाम्रो माग छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि अहिले अर्थतन्त्रको आवश्यकता अनुसार उत्पादन तथा माग बढाउने हिसाबले मौद्रिक नीति नआएको बताउँछन् । ‘मौद्रिक नीतिले आफैंलाई ‘लचिलो’ भनेको छ । तर, जे नीतिहरू आएका छन्, ती लचिला भने छैनन् ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।