logo

५० लाखसम्मको सेयर धितो र २५ लाखसम्मको सवारी कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झर्यो

    663   पटक पढिएको


७ असार/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार, सवारी साधन (हायस पर्चेज) र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
आइतवार राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाए । यसअघि, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
उनले सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको बताए । उनले अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको बताए ।


यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए । बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा निश्चित रकम पुँजी छुट्याउनुपर्छ, जसलाई पुँजी पर्याप्तता अनुपात भनिन्छ । हाल बैंक तथा वित्तीय संस्थाले पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत छ ।
यसको अर्थ १ करोड ऋण प्रवाह गर्न बैंकले ११ लाख रुपैयाँ पुँजी अनिवार्य राख्नुपर्ने हुन्छ । तर, १ सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा चाहिँ १ करोड ऋण दिँदा त्यसको जोखिम १ सय ५० प्रतिशत अर्थात् १ करोड ५० लाख मानी त्यसको ११ प्रतिशतले हुन आउँने पुँजी बैंकले राख्नुपर्छ ।
त्यसरी जोखिम भार कम बनाउँदा बैंकले कम पुँजी हुँदा पनि धेरै ऋण प्रवाह गर्नसक्छन् । यसले कर्जा प्रवाहलाई प्रोत्साहित गर्छ । यी क्षेत्रको जोखिमभार कम गरिदिनुप¥यो भनेर बैंकहरुले माग गरिरहेको कर्मसियल बैंकहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।