logo

७७ जिल्लाका निर्माण व्यवसायी काठमाडौमा, सरकारसँग मागे ५० अर्ब

    637   पटक पढिएको

५ साउन/अर्थ र व्यापार – निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको शुक्रबार हुने राष्ट्रिय भेलामा उपस्थित हुन ७७ जिल्लाबाट व्यवसायी राजधानी आएका छन् । सरकारले जायज मागलाई बेवास्ता गरेपछि राष्ट्रिय सम्मेलन गरी समस्याको समाधान खोज्न लागेको व्यवसायीको भनाइ छ ।
व्यवसायीले समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहले निर्माणको भुक्तानी सरकारले ५० अर्ब गर्नुपर्ने दायित्व रहेको र यसबारेमा बारम्बार जानकारी गराउँदा उदासिन देखिएको बताए ।
जसमा ४० अर्ब रुपैयाँ काम भएको तर आयोजनाको म्याद थप नहुँदा भुक्तानीमा समस्या भएको उनले बताए । बाँकी १० अर्बको भने बिल तयार भइकन पनि भुक्तानी नभएको उनको भनाइ छ ।

‘गत आर्थिक वर्षमा निर्माण उद्योगमा भएका समस्या, ७७ जिल्लामा रहेका निर्माण व्यवसायीको अवस्था, आवस्यक सुधार र आर्थिक वर्ष २०८०÷८१ मा कसरी निर्माण उद्योग अघि बढाउने भन्ने बारेमा छलफल गर्न सम्मेलन गरिएको हो’ उनले भने ।
असार मसान्तमा मात्रै २ खर्ब भन्दा बढी पुँजीगत खर्च हुनुले राम्रो सन्देश नजाने भन्दै उनले चालु आर्थिक वर्षको सुरुदेखि नै पुँजीगत खर्चमा ध्यान दिनुपर्नेमा जोड दिए ।
निर्माण आयोजनाहरुमा मूल्यवृद्धि समायोजन हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

‘सरकारले डिजेल प्रतिलिटर ७२ रुपैयाँ लागत अनुमान गरेकामा व्यवसायीलाई १७८ रुपैयाँसम्म किन्न बाध्य बनाइयो’ उनले भने ‘डन्डीको मूल्य पनि ६८ बाट ११४ रुपैयाँसम्म पु¥याईयो, यसबारे पटक पटक ध्यानाकर्षण गराइयो, सम्बोधन भएन ।’
महासंघका पूर्वअध्यक्ष रमेश शर्माले चुनाव र सरकार परिवर्तनका कारण गत वर्ष निर्माण व्यवसायीले भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको बताए । उनले ठेक्काको समय बढाउनुपर्ने, बक्यौता भुक्तानी गर्न र मूल्यवृद्धि फ्रिज गरिएकाले फ्रिज नगराउन आग्रह गरे । उनले राज्यले ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा झनै बढी खर्च हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।