logo

७७ जिल्लाका निर्माण व्यवसायी काठमाडौमा, सरकारसँग मागे ५० अर्ब

    1000   पटक पढिएको

५ साउन/अर्थ र व्यापार – निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको शुक्रबार हुने राष्ट्रिय भेलामा उपस्थित हुन ७७ जिल्लाबाट व्यवसायी राजधानी आएका छन् । सरकारले जायज मागलाई बेवास्ता गरेपछि राष्ट्रिय सम्मेलन गरी समस्याको समाधान खोज्न लागेको व्यवसायीको भनाइ छ ।
व्यवसायीले समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहले निर्माणको भुक्तानी सरकारले ५० अर्ब गर्नुपर्ने दायित्व रहेको र यसबारेमा बारम्बार जानकारी गराउँदा उदासिन देखिएको बताए ।
जसमा ४० अर्ब रुपैयाँ काम भएको तर आयोजनाको म्याद थप नहुँदा भुक्तानीमा समस्या भएको उनले बताए । बाँकी १० अर्बको भने बिल तयार भइकन पनि भुक्तानी नभएको उनको भनाइ छ ।

‘गत आर्थिक वर्षमा निर्माण उद्योगमा भएका समस्या, ७७ जिल्लामा रहेका निर्माण व्यवसायीको अवस्था, आवस्यक सुधार र आर्थिक वर्ष २०८०÷८१ मा कसरी निर्माण उद्योग अघि बढाउने भन्ने बारेमा छलफल गर्न सम्मेलन गरिएको हो’ उनले भने ।
असार मसान्तमा मात्रै २ खर्ब भन्दा बढी पुँजीगत खर्च हुनुले राम्रो सन्देश नजाने भन्दै उनले चालु आर्थिक वर्षको सुरुदेखि नै पुँजीगत खर्चमा ध्यान दिनुपर्नेमा जोड दिए ।
निर्माण आयोजनाहरुमा मूल्यवृद्धि समायोजन हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

‘सरकारले डिजेल प्रतिलिटर ७२ रुपैयाँ लागत अनुमान गरेकामा व्यवसायीलाई १७८ रुपैयाँसम्म किन्न बाध्य बनाइयो’ उनले भने ‘डन्डीको मूल्य पनि ६८ बाट ११४ रुपैयाँसम्म पु¥याईयो, यसबारे पटक पटक ध्यानाकर्षण गराइयो, सम्बोधन भएन ।’
महासंघका पूर्वअध्यक्ष रमेश शर्माले चुनाव र सरकार परिवर्तनका कारण गत वर्ष निर्माण व्यवसायीले भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको बताए । उनले ठेक्काको समय बढाउनुपर्ने, बक्यौता भुक्तानी गर्न र मूल्यवृद्धि फ्रिज गरिएकाले फ्रिज नगराउन आग्रह गरे । उनले राज्यले ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा झनै बढी खर्च हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।