logo

नेपाल– भारतबीच पेट्रोलियम सम्झौता, पाँच वर्षमा २६ अर्बको ४ परियोजना बन्ने

    644   पटक पढिएको

१९ जेठ/अर्थ र व्यापार – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्ने सम्झौता भएको छ । यस सम्झौताले नेपालको इन्धन भण्डारणको क्षमता एक महिना बढ्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार निर्माणका ४ परियोजना २६ अर्ब लागतमा ५ वर्ष भित्र सम्पन्न गर्ने गरी समझदारी भएको हो ।
दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र दुई वटा इन्धन भण्डारण डिपो निर्माण सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी हरदीप सिंह पुरीले चार आयोजना विकास सम्बन्धी सम्झादारी साटासाट गरेका थिए ।
यस समझदारी अनुसार भारतले तीनवटा परियोजनामा १७ अर्ब खर्च गर्नेछ भने एउटा भण्डारण डिपोमा नेपालले ९ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ ।
नेपाल आयल निगमका अनुसार विस्तृत परियोजना विकास प्रतिवेदन तयार भइसकेको परियोजनाका बाँकी काम ६ महिना भित्रै सम्पन्न गर्ने र बाँकी ५४ महिनामा परियोजना विकास सम्पन्न गरेर सञ्चालनमा ल्याइने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारि दिए ।

पेट्रोलियम पूर्वाधारको ४ परियाजना एकमुष्ट रुपमा निर्माणका लागि सम्झौता भएको बताउँदै थानीले भने, ‘तीन परियोजनामा भारतले अनुदान दिन्छ भने एउटा भण्डारण डिपो नेपालले बनाउने हो । परियोजनाको फेज एउटै हुन्छ ।’
भारतको सिलिगुडी चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भारतको अनुदानमा हुनेछ भने चितवनको पेट्रोलियम भण्डारण डिपो नेपालको लगानीमा बन्ने छ । यो परियोजना सम्पन्न हुँदा हाल एक हप्ताको मात्रै रहेको मुलुकको इन्धन भण्डार क्षमता बढेर ३७ दिनको पुग्ने निगमको दाबी छ ।
सम्झौताअनुसार मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो फेज अन्तर्गत अमलेखगञ्ज लोथलर ६२ किलामिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै, दोस्रो ५० किलो मिटर लामो अन्तरदेशिया पाइपलाइन भने भारतको सिलिगुडीमा रहेको भारतीय आयल कर्पोरेसनको डिपोबाट झापाको चारआलीसम्म हुनेछ ।
यस पाइपलाइनमा ३५ किलोमिटर क्षेत्रफल भारतमा पर्नेछ भने १५ किलोमिटर नेपालतर्फ पर्नेछ । दुवै पाइपलाइनको निर्माण भारतीय लगानीमा हुनेछ ।
सम्झौताअनुसार कुल परियोजनाको दुई इन्धन भण्डारण डिपो (ग्रिन फिल्ड टर्मिनल) मध्ये एक नेपालले बनाउने छ भने एउटा भारतले नै बनाइ दिनेछ । वातावरणीय दृष्टिले कार्बन उत्सर्जन रोक्नेगरी हरित टर्मिनलयुक्त डिपोमध्ये झापाको चारआलीको पेट्रोलियम डिपो भारतले निर्माण गरिदिने छ । यो डिपोको क्षमता ४२ हजार किलोलिटर क्षमताको हुनेछ ।

यो डिपोमा डिजेल, पेट्रोल र मटटीतेल तीन वटै इन्धन भण्डाराण गर्ने भर्टिकल ट्यांकी निर्माण हुनेछ । यस्तै, चितवनको लोथरमा बन्ने डिपो एक लाख १५० किलोलिटर क्षमताको हुनेछ । यस डिपोमा तीनै प्रकारका इन्धन भण्डारण गर्ने क्षमताको हुनेछ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा इन्धन भण्डारण क्षमता बढाउन भन्दै नेपालले भारतसँग मिलेर पेट्रोलियम पूर्वाधार निर्माणको सहकार्य अघि बढाएको थियो ।

यसअघिका निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकालमा भारतीय पक्षसँग परियोजना निर्माणका औपचारिक प्रक्रिया सुरु भएको थियो । तर, कोभिड–१९ महामारीका कारण प्रभावित भएको प्रक्रिया निगमले केही समय अघि पुनः व्युँताइएको थियो ।
भारतसँगको पेट्रोलियम पूर्वाधार सम्झौतापछि हालको ७ दिनको भण्डारण क्षमता ५ गुणाले बढ्ने निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाल निगमसंग ६८ हजार किलोलिटर इन्धन भण्डारण क्षमता छ । यसले जम्मा ७ दिनको लागि इन्धन भण्डारण गर्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।