logo

अर्थमन्त्रीले फोटो खिचाउने ‘बजेट झोला’ किन छालाकै हुन्छ ?

    1123   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सवा ४ बजे संसदको सयुक्त बैठकमा आर्थिक वर्षको २०८०/०८१ को बजेट सार्वजनिक गर्दैछन् । त्यसका लागि करिब सबै तयारी सकिएको छ ।
तर के तपाईलाई थाहा छ ? बजेट भाषण गर्नुभन्दा अगाडि अर्थमन्त्रीहरुले ब्रिफकेससँग पोज दिएर किन फोटो खिचाउँछन ? यो चलन नेपालमा मात्रै होइन विश्वका सबै देशमा छ ।
यसको जवाफ बजेट शब्द आफैमा छ । Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougette बाट लिइएका हो । जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ । त्यसैले छालाको झोला प्रयोग सुरुदेखि नै गर्न थालिएको हो । तर छालाकै झोला प्रयोग गर्नुपर्छ भन्ने नियम भने होइन, परम्परागत रुपमा चलि आएको मान्यताको निरन्तरता मात्रै हो ।


विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए । त्यसयता छाला कै झोला प्रयोग हुँदै आएको छ ।

विश्वपरीप्रेक्षमा हेर्ने हो भने बजेट राखिने छालाको झोला नै हो । जसको रंग कालो, रातो र खैरो भएको पाइन्छ । नेपालमा गत वर्षभन्दा अगाडि अधिकांश अर्थमन्त्रीहरुले कालो ब्रिफकेस प्रयोग गरेको पाइन्छ । जसको बाहिरपट्टी रातो रिबनले बेरिएको हुन्छ ।

मुलुकको भविष्यको चित्र कोर्ने बजेटलाई सुरक्षित, गोप्य र महत्वका साथ हेरिने भएकाले बजेट उल्लेख गरिएको कागजपत्रलाई लेदरको झोलामा सुरक्षित तवरले राखिएको हुन्छ । र, त्यसमाथि रिबन बेरिएको हुन्छ ।

नेपालमा २००८ सालदेखि सुरु भएको हो

नेपालमा वि.सं. २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे । जनतालाई जवाफ पनि दिनुपर्दैनथ्यो ।

२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।