logo

अर्थमन्त्रीले फोटो खिचाउने ‘बजेट झोला’ किन छालाकै हुन्छ ?

    819   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सवा ४ बजे संसदको सयुक्त बैठकमा आर्थिक वर्षको २०८०/०८१ को बजेट सार्वजनिक गर्दैछन् । त्यसका लागि करिब सबै तयारी सकिएको छ ।
तर के तपाईलाई थाहा छ ? बजेट भाषण गर्नुभन्दा अगाडि अर्थमन्त्रीहरुले ब्रिफकेससँग पोज दिएर किन फोटो खिचाउँछन ? यो चलन नेपालमा मात्रै होइन विश्वका सबै देशमा छ ।
यसको जवाफ बजेट शब्द आफैमा छ । Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougette बाट लिइएका हो । जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ । त्यसैले छालाको झोला प्रयोग सुरुदेखि नै गर्न थालिएको हो । तर छालाकै झोला प्रयोग गर्नुपर्छ भन्ने नियम भने होइन, परम्परागत रुपमा चलि आएको मान्यताको निरन्तरता मात्रै हो ।


विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए । त्यसयता छाला कै झोला प्रयोग हुँदै आएको छ ।

विश्वपरीप्रेक्षमा हेर्ने हो भने बजेट राखिने छालाको झोला नै हो । जसको रंग कालो, रातो र खैरो भएको पाइन्छ । नेपालमा गत वर्षभन्दा अगाडि अधिकांश अर्थमन्त्रीहरुले कालो ब्रिफकेस प्रयोग गरेको पाइन्छ । जसको बाहिरपट्टी रातो रिबनले बेरिएको हुन्छ ।

मुलुकको भविष्यको चित्र कोर्ने बजेटलाई सुरक्षित, गोप्य र महत्वका साथ हेरिने भएकाले बजेट उल्लेख गरिएको कागजपत्रलाई लेदरको झोलामा सुरक्षित तवरले राखिएको हुन्छ । र, त्यसमाथि रिबन बेरिएको हुन्छ ।

नेपालमा २००८ सालदेखि सुरु भएको हो

नेपालमा वि.सं. २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे । जनतालाई जवाफ पनि दिनुपर्दैनथ्यो ।

२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।