logo

सम्बन्धीत मन्त्रीहरु र सचिवहरु लिएर फास्ट ट्रयाक अनुगमनमा प्रधानमन्त्री

    1011   पटक पढिएको


५ वैशाख/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् ।
टोलीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मुख्य सचिव शंकरदास बैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर आइपुगेका प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरुको टोलीले भीमफेदी गाउँपालिका–८ महादेवटारमा फाष्ट ट्रयाक अन्तर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी–१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया–५ पावसमा बकैया खोलामाथिको निर्माण भइरहेको पुलको स्थलगत अनुगमन गरेको हो ।
काठमाडौंबाट तराई मधेश जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो । तर, फास्ट ट्रयाक निर्माणको प्रगति ज्यादै न्यून छ ।
अहिलेसम्म द्रुतमार्गमा २२.४४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार अझै ११ मध्ये ४ वटा प्याकेजहरुमा ठेक्का लगाउन बाँकी छ । ८, ९, १० र ११ नम्बर प्याकेजको काम अघि बढाउन चालु आर्थिक वर्षको अन्त्यसम्म ठेक्का लगाइसक्ने उनले बताए ।
‘२०८१को मंसिरसम्म आयोजनाको निर्माण सकिने लक्ष्यका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘तर, अझै ४ वटा प्याकेजमा ठेक्का लगाउन बाँकी छ ।’ राष्ट्रिय गौरवका आयोजनालाई सेनाले ‘आजको सुरुवात, भोलिको आधार ः काठमाडौं–तराई मधेश द्रुतमार्ग’ भन्ने नाराका साथ बनाइरहेको छ ।
खासगरी पूर्वी र मध्य तराई÷मधेशबाट कम समय र छोटो दूरीमा देशको राजधानीसँग जोड्ने यो सडक आर्थिक वर्ष २०७४÷७५ मा सुरु भई २०८१ सालको पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२ दशमलव पाँच किलोमिटर छ ।
द्रुतमार्गमा महादेवडाँडा, धोद्रे र लेनडाँडामा करिब छ दशमलव ४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव ९ किमि, काठमाडौंमा ४, मकवानपुरमा ५३ र बारामा ७.६ किमी पर्छ ।
देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरुप निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि २०४९ सालमा डेनिस सहयोग नियोगबाट सम्भाव्यता अध्ययन गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढी रहेको हवाई उडान र अवतरणको चाप थेग्न नसक्ने निर्क्योलका साथ राजधानीबाट छोटो दूरीमा रहने गरी अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउने तथा कम समयमा त्यहाँ आवतजावत गर्न सडक निर्माण गर्ने सोचसँग सम्बन्धित यो पूर्वाधार हो । सरकारले आर्थिक वर्ष २०६६÷६७ को बजेटमा द्रुतमार्गको पहुँचमार्ग खोल्ने निर्णयअनुसार तीन वर्ष लगाएर सेनाले त्यो काम २०७० सलमा पूरा गरेको थियो ।
त्यससँगै आयोजना निर्माणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलबीच लामो समयसम्म रस्साकस्सीपछि मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाको व्यवस्थापनमा अघि बढाउने विषयमा निर्णय भएको थियो ।
काठमाडौंलाई तराई मधेश हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि पाँच घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।