logo

शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा, ९ खर्ब ५३ अर्बको ब्यापार घाटा

    981   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा अहिले मुलुकको शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देसको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०७९/८० को ८ महिना (फागुन मसान्त)सम्म शोधनान्तर स्थिति १४८ अर्ब ११ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष वस्तु आयातमा उल्लेख कमी आएको छ । रेमिट्यान्स र पर्यटन आय सुधार भएको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ८ महिनामा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६० अर्ब ७२ करोडले घाटामा रहेको थियो । पूँजीगत ट्रान्सफर २०.३ प्रतिशतले घटेर ५ अर्ब ५८ करोड कायम भएको छ ।

खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रहेको थियो ।
यसैगरि, चालू आर्थिक वर्षको वितेको आठ महिनाको अवधिमा आयातसँगै निर्यातमा कमी आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार १९.१ प्रतिशतले आयातमा कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १० खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, कच्चा भटमासकोतेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको उल्लेख छ ।
यस्तै, चालू आवको आठ महिनाको अबधिमा स्वदेशी वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १०४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
आठ महिनामा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई ९५३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आयात १४७ अर्ब ३ करोड रुपैयाँ बराबरको भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।