logo

शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा, ९ खर्ब ५३ अर्बको ब्यापार घाटा

    1312   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा अहिले मुलुकको शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देसको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०७९/८० को ८ महिना (फागुन मसान्त)सम्म शोधनान्तर स्थिति १४८ अर्ब ११ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष वस्तु आयातमा उल्लेख कमी आएको छ । रेमिट्यान्स र पर्यटन आय सुधार भएको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ८ महिनामा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६० अर्ब ७२ करोडले घाटामा रहेको थियो । पूँजीगत ट्रान्सफर २०.३ प्रतिशतले घटेर ५ अर्ब ५८ करोड कायम भएको छ ।

खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रहेको थियो ।
यसैगरि, चालू आर्थिक वर्षको वितेको आठ महिनाको अवधिमा आयातसँगै निर्यातमा कमी आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार १९.१ प्रतिशतले आयातमा कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १० खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, कच्चा भटमासकोतेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको उल्लेख छ ।
यस्तै, चालू आवको आठ महिनाको अबधिमा स्वदेशी वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १०४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
आठ महिनामा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई ९५३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आयात १४७ अर्ब ३ करोड रुपैयाँ बराबरको भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।