logo

अर्थतन्त्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल, महासंघको साधारण सभामा निजी क्षेत्र र सरकार दुवैपक्षबाट भयो सहयोगको याचना

    306   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
आफु प्रधानमन्त्रीभए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको प्रधानमन्त्री दाहालको भनाई छ ।
उनले लगानीको वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि बताए ।
‘बाह्य कारणबाट अर्थतन्त्रको आन्तरिक अवस्था केही समस्या परेको थियो । अब हामी सहज अवस्थातर्फ जाँदै छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनोबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’
प्रधानमन्त्री दाहालले सरकारको राजश्वमा सुधार भएको, रेमिट्यान्समा सुधार भएको, विदेशी मुद्राको संचिति उत्साहजनक अवस्थामा पुगेको जनाउँदै बजेटमा उत्पादन मुलक क्षेत्रलाई सहुलियत दिने गरी नीति, कार्यक्रम र बजेट आउने आश्वासन दिए । निजी क्षेत्रको समस्या समाधान गरेर मात्रै अर्थतन्त्रको समस्या समाधान हुने भन्दै उनले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या समाधान गर्न पटक/पटक छलफल भएको बताए ।
अर्थतन्त्र सुधार गर्न सम्पूर्ण तागत लगाइरहेको छु, जसले गर्दा अर्थतन्त्रमा सुधार भएको छ राजस्व डेढ अर्ब, रेमिटेन्स १ खर्ब संकलन भैरहेको बताउँदै उनले भने, ‘बैंकको ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ, राज्य निजी क्षेत्रसँग सहकार्य गर्न र संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्न तल्लीन छ ।’
महासंघको ५७ औं वार्षिक साधारणसभामा सहभागी भएका देशभरका करिब २ हजार भन्दा बढी उद्योगी व्यवसायीलाई महासंघको आगामी नेतृत्व कस्कोे पक्षमा पार्ने भन्नेबारे दौडधुप छ । एकजना बरिष्ठ उपाध्यक्ष सहित ६४ पदकालागि बुधबार निर्वाचन हुँदै छ । सोही निर्वाचनबाट आगामी नयाँ नेतृत्व चयन हुने छ । यहि नेतृत्वले नै बढ्दो आर्थिक संकटमा सरकारसँग सहयोगको माग गर्नु उनीहरुको दोस्रो महत्वपूर्ण काम हो ।
मंगलबारदेखि सुरु भएको साधारण सभामा प्रधानमन्त्री दाहाल, अर्थमन्त्री डा.प्रकाशशरण महत र उद्योग मन्त्री रमेश रिजालले सम्बोधन गरेका थिए । साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि निजी क्षेत्रले भोग्दै आएका विविध समस्याबारे जानकारि गराएका थिए ।
जसले पनि देसमा आर्थिक संकट गहिरिएका कारण सरकार र निजी क्षेत्र दुबै गलेको अवस्था प्रष्ट भएको थियो । साधारण सभामा सरकारपक्ष र निजी क्षेत्र एकले अर्कासँग सहयोगको याचना गरिरहेको दृश्य भने निकै रोचक थियो ।
अर्थमन्त्री महतले राजश्व आम्दानी घटेको, राजश्वले सामान्य खर्च पनि धान्न नसकेको, आन्तरिक तथा वाह्य ऋण लिएर सरकार चलाउनु परेको, स्वदेशी तथा विदेशी ऋणलाई सीमाभित्र राख्नु पर्ने चुनौति थपिएको भन्दै थिए ।
राष्ट्र बैंकले श्रीलंकाको उदाहरण दिएर मौद्रिक नीति ल्याउँदा आयातमा कडाइ गरेपछि विदेशी मुद्रा संचितिमा सुधार भएको बताउँदै उनले अब मौद्रिक नीति खुलुलो बनाइने बताए ।
उनले घरजग्गा व्यवसायमा आएको मन्दीलाई हटाउन कित्ताकाट खुलाउने तयारी भएको बताए । समस्या सरकारसँग मात्र नभएर निजी क्षेत्रसँग पनि भएको बताउँदै महतले भने, ‘कर्जा लिएपछि तिर्दिन भन्न मिल्दैन, बरु ब्याज, सावा तिर्न समय थप गर्न सकिन्छ तरतिर्दिन भन्न मिल्दैन । ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न नसक्ने बताए । निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न सक्दैन, निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै रिजालले भने, ‘देशलाई समृद्धिमा लैजान हातेमालो गर्न तयार छु ।’
यसैगरि, उद्योगमन्त्री रिजालले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीलाई तत्काल ब्याजदर घटाउन आग्रह गरे । उनले अहिलेको आर्थिक मन्दीलाईलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने दाबी समेत गरे ।
महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै गोल्छाले भने, ‘महासंघ मेरो मन्दिर हो र सधैं मन्दिरका रुपमा रहिरहने छ, यहाँ कोरिएका अक्षरहरु मेरो पूजनीय बुबाको स्मृति मानसपटलमा आइरहन्छन् ।
उनले आफ्नो कार्यकाल चुनौतिपूर्ण रहेको बताउँदै कोरोना महामारी रुस – यूक्रेन द्धन्द्ध लगायतका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताए । उनले राजनीतिक अस्थीरताका कारण आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको स्मरण गरे ।
‘हामीभन्दा कमजोर मुलुक आर्थिक रुपमा समुन्नत भैसके तर हामी पछि धकेलिनु परेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरु चल्न सक्दैनन् भनेर बैंकहरुले हेक्का राख्नु पर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन लगायत पर्चा सबैले देखिने गरि संसद र संसद बाहिर राख्न आग्रह छ’ गोल्छाले भने । देसको कुल ग्रास्थ उत्पादन जीडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको भन्दै उनले साना उद्यमीलाई बिना धितो कर्जा दिने व्यवस्था सरकारले गरेको बताए । उनले साना तथा मझौला सम्मेलन गरेर १० बुदे घोषणापत्र जारी गरेको पनि उनले जानकारि गराए ।
बैंकर्स संघसँग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको भन्दैै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्थालाई तत्काल समाधान गनुपर्ने बताए । उनले बिजुली किन सस्तो हुन सकेन ? व्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नु पर्ने भैसकेको बताए ।
विदेशी कम्पनी स्वदेश आएर सञ्चालन हुदा नाफा भएपनि बिदेशी लगानीका कम्पनी आउन नमानेको जानकारी गराउँदै यो विषयमा सरकार उदार भएर काम गर्नु पर्ने उनको भनाई छ ।
यसैगरि, महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर मुलुकको अर्थतन्त्र संकटको संघारमा रहेको बताए । ‘आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी÷व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजस्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन’ ढकालले भने, ‘तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पु¥याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।’
उनले नेपाल जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।