logo

घरजग्गा कारोबारको मन्दी हटाउन व्यवसायीका अनेक माग

    632   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् ।
घर जग्गा कारोबारमा आएको गिरावटकै कारण अहिले महिनामा लाखभन्दा बढी हुने लिखत पास निकै घटेर जम्मा ४० हजारमा झरेको छ ।
स्थानीय तहरुले जग्गाको वर्गीकरण गरेर कृषि र गैरकृषिजन्य क्षेत्र छुट्याएपछि कित्ताकाट खोल्नु पर्ने व्यवस्था पछि घरजग्गा व्यवसाय सुस्ताउन थालेको थियो ।
नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न नीतिगत व्यवस्थाहरु आवश्यक परेको बताएको छ । संघका अध्यक्ष भेषराज लोहनी घरजग्गा व्यवसायी सरकारी नीति र अर्थतन्त्रमा आएको समस्याले सबैभन्दा बढी पीडित बन्नु परेको बताउँछन् ।
करिब १६० हाराहारी स्थानीय तहहरुले मात्रै जग्गाको वर्गीकरण गरेको संघको दाबी छ । ६०० भन्दा बढी स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा त्यसको असर व्यवसायमा परेको व्यवसायी बताउँछन् ।
हतारमा ल्याइएको जग्गा वर्गीकरणको नियमले घरजग्गा क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै अध्यक्ष लोहनीले यस विषयमा सहजीकरण नगरिए व्यवसायीहरु अझै मारमा पर्ने बताए ।
संघले एकल अंकको ब्याजदर कायम गर्न माग गरेको छ र ब्याज पूँजीकरण गर्ने व्यवस्था पनि आवश्यक रहेको औंल्याएको छ ।
जग्गाको मूल्यांकन र कर्जा धितोको अनुपात बढाउनुपर्ने पनि आवाज उठेको छ । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा जग्गाको मूल्यांकनको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मूल्य र कर्जा धितोको अनुपात कायम गरेको छ । यसलाई बढाएर ६० देखि ७० प्रतिशत पु¥याउनुपर्ने निजी क्षेत्रको माग छ ।
भू–उपयोग कानुनको प्रभावकारी कार्यान्वयन गरेर कित्ताकाट गर्न पाउनुपर्ने पनि संघको माग छ । सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरुबाट मात्रै घरजग्गा किनबेच गर्ने कानुनी व्यवस्था गनुपर्ने पनि व्यवसायी बताउँछन् ।
विदेशी नागरिकले नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था गर्नुपर्ने भन्दै संघका अध्यक्ष लोहनीले यस्तो व्यवस्थाले अर्थतन्त्रलाई राहत दिने दाबी गरे । व्यवस्थित बसोबास तथा शहरीकरणसम्बन्धी आयोजना चलनाउन हदबन्दीमा छुट दिन र ल्यान्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै ठूलाठूला शहरी विकास आयोजनामा निजी क्षेत्रलाई पनि संलग्न गराउन संघको माग छ । टाउनसीप विकास परियोजनामा निजी क्षेत्रको प्रवेश अत्यावश्यक रहेको संघको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।