logo

राष्ट्र बैंकले चाँदी निर्यातमा लगाईएको १ केजीको सीमा हटायो

    972   पटक पढिएको


२० चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले चाँदी निर्यात गर्दा १ किलोग्रामको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमबार एकीकृत परिपत्र २०७९ जारी गर्दै व्यवसायीले चाँदी निर्यात गर्दा १ किलोग्राम (केजी)को सीमा हटाएको हो ।
सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट मासिक १ किलोग्रामसम्म खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूले व्यवसायिलाई चाँदी बिक्री गर्दा व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खाता मार्फत कारोबार गर्नु पर्नेछ । यसैगरि, बैंकले यसरी चाँदी बिक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई बिक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा बिक्री गर्ने छैन भन्नेस्वघोषणा समेत लिनुपर्नेछ ।
तर, निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा मासिक १ किलोग्रामको सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ । चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ६० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको भनाई छ । तर, चाँदीको गरगहना÷कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ ।
जसका लागि प्रति पटक अमेरिकी डलर ६० हजारको सटही सीमा लागू नहुने बताइएको छ । सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए÷नभएको यकिन गर्नु पर्ने, वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्नेछ ।
चाँदी आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्यरुपमा मास्टर एयरवेय बिल समेत संलग्न हुनुपर्ने छ । हाउस एयर वेय बिल तथा बिल अफ लेडिङबाट चाँदी आयात गर्न पाइने छैन । चाँदी आयात÷बिक्री सम्बन्धी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नु पर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।