logo

आगामी आवको बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै अर्थमन्त्रालयले बनायो बजेट निर्माण मस्यौदा र कार्यतालिका

    435   पटक पढिएको


१७ चैत/अर्थ र व्यापार – आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुने दिन आउन अब दुईमहिना पनि नभएसँगै अर्थ मन्त्रालयले आगामी नयाँ बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले आगामी १ जेठमा बजेटको मस्यौदा तयार पार्ने कार्यतालिका सहित नयाँ बजेटमा समावेश गर्नुपर्ने विभिन्न नीति तथा कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक बजेट तथा कार्यक्रम महाशाखा एवं सम्बन्धित महाशाखाबाट लिइरहेको छ । सोही लक्ष्य अनुरुप बजेट निर्माणको चटारोमा जुटेको अर्थ मन्त्रालयले आगामी नयाँ बजेट निर्माण प्रक्रिया यसरी अगाडि बढाएको जनाएको छ ।
मन्त्रालयले आगामी १ जेठमा बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) जनाएको छ । यसैगरि, आगामी १० जेठमा आम्दानी र खर्चको हिसाब निकालिसक्ने योजना सार्वजनिक गरेको छ ।
वर्तमान नेपालको संविधानले नै हरेक वर्षको १५ जेठमा संसदको दुवै सदनमा नयाँ बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । संविधानमा उल्लेखीत सोही व्यवस्था अनुसार अर्थ मन्त्रालयले विभिन्न ३१ वटा शीर्षकमा कार्यतालिका बनाएर आगाम िआर्थिक वर्षकालागि विनियोजन गर्ने बजेट लेखनकार्य सुरु गरेको हो ।
अर्थमन्त्रालयले तयार पारेको यस्तो कार्यतालिका अनुसार आगामी १२ जेठमा व्यव अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने, आगामी १२ जेठमा आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने तयारी छ ।
यसैगरि, आगामी १४ जेठमा नयाँ बजेट वक्तव्यलाई अन्मित रुप दिने काम पनि आगामी १४ जेठकै दिन हुने छ ।
राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्) मा ब्रिफिङ, आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने, बजेट वक्तव्य (नेपाली र अंग्रेजी) र स्रोत पुस्तिका छपाईका लागि पठाउने, संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थागत प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने तयारी अर्थमन्त्रालयले तयार पारेको यस कार्यतालिकामा उल्लेख छ ।
नयाँ बजेट ल्याउने सबै तयारी सकिएपछि आगामी १५ जेठमा संघीय संसदको दुबै सदनमा बजेट प्रस्तुती कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले तयार पारेको कार्यकातालिकामा गत १ चैतदेखि २४ चैतसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपसमितिहरुका सूचनाहरु सम्बन्धित महाशाखाबाट लिने कार्यक्रम छ । यसैगरि, १९ चैतदेखि आगामी १० बैशाखसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरि सुझाव संकलन गर्ने कार्यतालिका छ
त्यसैगरि, १९ देखि २४ चैतसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गर्ने, २१चैतदेखि नियमित राजश्व परामर्श समितिमा प्राप्त सुझावहरु उपर छलफल तथा सम्बन्धित निकायहरुसँग छलफल गरी प्रतिवेदन तयार गर्ने ,२४ चैतसम्म एलएमबीटीएस मार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गर्ने समयावधी पनि अन्मित दिन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसैगरि, २६ देखि २८ चैतसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल (अन्तर सरकारी वित्त परिषद्को बैठक समेत) गर्ने,
२६ चैतदेखि आगामी २० बैशाखसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल (सर्शत अनुदान) गर्ने, २६ चैतदेखि आगामी २० बैशाखसम्म विभिन्न मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल गर्ने , २६ चैतमा राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थ मन्त्री, पूर्व गभर्नर, पूर्व अर्थ सचिव, बरिष्ठ अर्थशात्रीहरु एवं विज्ञहरुबाट बजेट सुझाव संकलन गर्ने, आगामी २० बैशाखमा सार्वजनिक संस्थानहरुको प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने र आगामी २१ बैशाखमा विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने कार्यतालिका रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसैगरि, आगामी २५ वैशाखमा विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकता संघीय संसदका दुबै सदनमा पेश गर्ने , आगामी २५ वैशाखसम्म प्रविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत परिचालन हुने , आगामी ३० बैशाखमा मन्त्रालयगत प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने कार्यतालिका अर्थ मन्त्रालयले बनाएको छ ।

आगामी आवको नयाँ बजेट निर्माणको चटारोमा लागेको अर्थमन्त्रालयले आगामी १ जेठमा बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) ,आगामी ५ जेठमा राजश्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गर्ने , आगामी ६ जेठमा राष्ट्रपति समक्ष अर्थमन्त्रीले बजेट विफिङका लागि मस्यौदा तयार गर्ने , आगामी १० जेठमा राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्यतालिका बनाएको छ ।
यसैथरि, आगामी १० जेठमा व्यव अनुमानाको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमान) तयार पार्ने, १२ जेठमा व्यव अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने आगामी १३ जेठमा आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने , १४ जेठमा बजेट वक्तव्यलाई अन्मित रुप दिने र आगामी १४ जेठकै दिन राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्) मा नयाँ बजेटबारे ब्रिफिङ गर्ने कार्यतालिका तयार भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसैगरि, आगामी १४ जेठमा आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने, बजेट वक्तव्य (नेपाली र अंग्रेजी) र स्रोत पुस्तिका छपाईका लागि पठाउने कार्यतालिका बनाएको अर्थमन्त्रालयले
१४ जेठमा संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थागत प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने छ ।
त्यसपछि आगामी १५ जेठको दिन संघीय संसदका दुबै सदनमा आगामी आर्थिक वर्षकालागि विनियोजित बजेट प्रस्तुती अर्थमन्त्रीबाट हुने कार्यतालिका बनाईएको अर्थमन्त्रालयले जनाएको छ । आगामी आवको नयाँ बजेट निर्माणको चटारोमा लागेको अर्थमन्त्रालयले अब धमाधम निजी क्षेत्र र अन्य सम्बन्धीत सरोकारवाला निकायका प्रतिनिधीहरुसँगको छलफल एवं सुझाव संकलनको कार्यलाई तिब्रता दिने बताएको छ । आगामी अवको बजेटको आकार करिब १६ खर्ब रुपैयाँ सिलिङको सार्वजनिक गर्न यसअघि नै राष्ट्रिय योजना आयोगले सरकारलाई सुझाव दिईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।