logo

‘सवारी साधन विलासिताका बस्तु नभएर आवस्यक्ता भईसक्यो ’

    1022   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई विलासिताको वस्तुमा परिभाषित गर्न नहुने बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरण सभामा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले अब मोबाइल फोन जस्तै अटोमोबाईल्स पनि विलासिताका बस्तुबाट हट्ने बताए । राज्यले अर्बौ रुपैयाँ लगानी गरेको सडकमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने उनले बताए ।
‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर, अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन । आवश्यकता र विलासिताको सम्बन्धमा मानकहरु परिवर्तन हुँदै जान्छन् । विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो । तर, अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ’ उनले भने ।
अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोगगर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
‘नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोगगर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु पर्छ’ पौडेलले भने ।
उनले हाल देसका अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्था निजी क्षेत्रले पनि बुझ्नुपर्ने बताए ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए । उनले हाल व्यवसायी उत्साही बने पनि सवारी साधनको कारोबार तथा व्यवसाय भने ८० प्रतिशतले घटेको बताए ।
राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको दावी गर्दै उनले अटो व्यवसायीले एउटा सवारी साधन आयात गरि नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए ।
उनले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । यसैगरि, अध्यक्ष थापाले वर्तमान सरकार आएछि व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेकोमा चिन्ता व्यक्त गरे । उनले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायी थप मारमा परेको बताए ।
यसैबीच, नाडा अटोमोबाइल्स एसोसिएसनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पार्किङ सुविधाका लागि ५ थान हाईटेक एडभान्स सिपियु प्रदान गरेको छ ।
एक कार्यक्रमका बीच नाडाका अध्यक्ष ध्रुव थापाले ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रलट्राफीक मोनिटरिङ्गका लागि पाँचथान हाईटेक एडभान्स सिपियु र त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा नाडाले ट्राफिक प्रहरीलाई १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाएको छ । सो कार्यक्रमको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल भएको नाडाले जनाएको छ ।
अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरिएको बताए । नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगत लामो समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दै आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए ।
सहयोग सामग्री ग्रहण गर्दै ट्राफिक प्रमुख चौधरीले नाडाको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस्ता प्रकारका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।