logo

‘सवारी साधन विलासिताका बस्तु नभएर आवस्यक्ता भईसक्यो ’

    764   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई विलासिताको वस्तुमा परिभाषित गर्न नहुने बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरण सभामा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले अब मोबाइल फोन जस्तै अटोमोबाईल्स पनि विलासिताका बस्तुबाट हट्ने बताए । राज्यले अर्बौ रुपैयाँ लगानी गरेको सडकमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने उनले बताए ।
‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर, अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन । आवश्यकता र विलासिताको सम्बन्धमा मानकहरु परिवर्तन हुँदै जान्छन् । विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो । तर, अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ’ उनले भने ।
अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोगगर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
‘नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोगगर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु पर्छ’ पौडेलले भने ।
उनले हाल देसका अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्था निजी क्षेत्रले पनि बुझ्नुपर्ने बताए ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए । उनले हाल व्यवसायी उत्साही बने पनि सवारी साधनको कारोबार तथा व्यवसाय भने ८० प्रतिशतले घटेको बताए ।
राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको दावी गर्दै उनले अटो व्यवसायीले एउटा सवारी साधन आयात गरि नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए ।
उनले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । यसैगरि, अध्यक्ष थापाले वर्तमान सरकार आएछि व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेकोमा चिन्ता व्यक्त गरे । उनले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायी थप मारमा परेको बताए ।
यसैबीच, नाडा अटोमोबाइल्स एसोसिएसनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पार्किङ सुविधाका लागि ५ थान हाईटेक एडभान्स सिपियु प्रदान गरेको छ ।
एक कार्यक्रमका बीच नाडाका अध्यक्ष ध्रुव थापाले ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रलट्राफीक मोनिटरिङ्गका लागि पाँचथान हाईटेक एडभान्स सिपियु र त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा नाडाले ट्राफिक प्रहरीलाई १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाएको छ । सो कार्यक्रमको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल भएको नाडाले जनाएको छ ।
अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरिएको बताए । नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगत लामो समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दै आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए ।
सहयोग सामग्री ग्रहण गर्दै ट्राफिक प्रमुख चौधरीले नाडाको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस्ता प्रकारका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।