logo

बिग्रन लागेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउँदै छौँ: प्रधानमन्त्री

    605   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिग्रन लागेको देसको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउन लागिएको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले आन्तरिक कारण साथै वाह्य कारणले गर्दा मुलुकको अर्थतन्त्र विगत केही समयदेखि अप्ठेरो स्थितिबाट गुज्रिरहेको अवस्थाकाबीच पनि अहिले सरकारले बिग्रिन गालेको अर्थथन्त्रलाई सुधारको बोटोतर्फ ल्याईरहेको बताए ।
‘सरकारले विभिन्न निकाय मार्फत अर्थतन्त्रका चुनौतीहरुको सामना गर्न र अर्थतन्त्रलाई थप अप्ठेरो दिशातर्फ जानबाट रोक्ने प्रयास जारी राखेको भन्दै उनले मुलुकले विगतमा अपनाएको राजनीतिक व्यवस्था र त्यस अन्तर्गतको शासकीय प्रणाली र कुशासनले मुलुकको आर्थिक अवस्था कमजोर भएको बताए ।
अब देसमा शुसासनको राजनीतिक प्रणाली अवलम्बन नगरी अर्थतन्त्रको सुदृढिकरण र जनताले चाहेको विकास तथा समृद्धि हासिल हुन सक्दैन भन्ने प्रष्ट रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘अब भने एकाग्र भएर हामी विकास र समृद्धिको कार्यभारतर्फ लाग्न सक्छौँ । ’
उनले सरकारले अहिले तत्कालको आर्थिक समस्या समाधान गर्ने र आगामी दिनमा उच्च आर्थिक वृद्धिको आधार तयार गर्ने क्रममा प्रमुख ध्यान उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहेको बताए ।
अर्थतन्त्र सुधारको विषयलाई आफूले जीवन र मरणकै सवाल ठानेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘ बिग्रिन लागेको अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानु मेरो सफलता वा असफलता होइन, सरकारको मात्रै सफलता वा असफलता पनि होइन । सिंगै नेपाली समाज र नेपाल राष्ट्रको सफलता र असफलताको बिन्दु यसमै जोडिएको छ ।’
अर्थतन्त्रको चुनौतीका बीचमा आफूलाई नेतृत्व गर्ने अवसर रहेको भन्दै उनले दुई महिनायता अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको दावी गरे ।
उनले मन्त्रिपरिषदको पहिलो बैठकमै आफुले अर्थतन्त्र सुधारका सम्बन्धमा निर्णय गरिएको स्मरण गरे । अर्थतन्त्र सुधारका लागि पनि कर्मचारीतन्त्रमा अनावश्यक संरचना खारेज गर्ने र आवश्यक संरचना खडा गर्नु अहिलेको आवश्यकता रहेको भन्दै उनले आफ्नो पहिलो प्राथमिकता कृषिको आधुनिकीकरण गर्न कृषि सुधारका लागि चाहिने प्रविधि, ज्ञान र सिपको विकास नै रहेको बताए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिग्रिदैगरेको देसको अर्थतन्त्रको समस्या समाधान गर्न आफुले यो जिम्मेवारी सम्हालेदेखि निरन्तर प्रयास गर्दै आएको बताए । उनले निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न र वित्तीय क्षेत्रमा देखापरेका समग्र समस्या समाधानकालागि आफुले सक्दो प्रयास गरेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति आफु नकारात्मक नरहेको बताए । उनले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै आफु कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताए ।
गभर्नर अधिकारीले शेयर बजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वभाविक भएको भन्दै धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए । तर राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको उनले जानकारि दिए । उनले नेपाली पुँजी बजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने धारणा राखे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।