logo

सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीतिदरमा कमी आउने आइएमएफको प्रक्षेपण

    646   पटक पढिएको


१७ माघ/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दरमा कमी आउने प्रक्षेपण गरेको छ ।
वल्र्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै आइएमएफले सन् २०२३ मा मुद्रास्फीति ८.८ प्रतिशतबाट घटेर ६.६ प्रतिशत कायम रहने उल्लेख गरेको हो ।
चिनियाँ अर्थतन्त्र चलायमान भएसँगै त्यसको सकरात्मक प्रभाव विश्वभर पर्ने र माग–आपूर्ति चक्रमा सुधार आउने प्रतिवेदनमा छ । चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारपछि आइएमएफले सन् २०२३ को आर्थिक वृद्धि दर समेत बढाएको छ ।
सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने अनुमान आइएमएफले गरेको छ । उक्त प्रक्षेपण गत अक्टोबरको तुलनामा ०.२ प्रतिशत विन्दुले बढेको हो । यस अघि सन् २०२२को अक्टोबर महिनामा आइएमएफले सन् २०२२ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.७ प्रतिशत रहने जनाएको थियो ।
सन् २०२३ को आर्थिक वृद्धि दर सन् २०००–२०१९ यताकै कमी हो । यस्तै सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि दरमा सकरात्मक सुधार आउने र आर्थिक वृद्धि दर ३.१ प्रतिशत पुग्ने अनुमान छ ।
चीनको अर्थतन्त्रमा सुधार आउँदा विश्व अर्थतन्त्रमा वृद्धि देखिएता पनि विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति नियन्त्रणका निमित्त विकसीत तथा विकासशील देशहरुले अपनाएको संकुचित मौद्रिक नीति, आक्रामक शैलीमा बढाउँदै गएको ब्याजदर र रुस–युक्रेनबीच जारी युद्धका कारण विश्व अर्थतन्त्रमा असर कायमै रहने प्रतिवेदनमा उल्लेख छ ।
आइएमएफले सन् २०२३ मा विकसीत राष्ट्रहरुको आर्थिक वृद्धि दर १.२ प्रतिशत, उदायमान तथा विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४ प्रतिशत, उदायमान बजार व्यवस्था तथा मध्यम आयम भएका राष्ट्रहरुको आर्थिक वृद्धि दर ४ प्रतिशत र न्युन आय भएका विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४.९ प्रतिशत रहने जनाएको छ ।
यसैगरि, सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि दर १.४ प्रतिशत, युरो क्षेत्रको ०.७ प्रतिशत रहनेछ भने बेलायतमा आर्थिक मन्दीका कारण अर्थतन्त्र ०.६ प्रतिशतले खुम्चिने छ । सन् २०२३मा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत अनुमान गरेको छ भने चीनको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट बढेर सन् २०२३ मा ५.२ प्रतिशत रहने सो प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।