logo

सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीतिदरमा कमी आउने आइएमएफको प्रक्षेपण

    906   पटक पढिएको


१७ माघ/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दरमा कमी आउने प्रक्षेपण गरेको छ ।
वल्र्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै आइएमएफले सन् २०२३ मा मुद्रास्फीति ८.८ प्रतिशतबाट घटेर ६.६ प्रतिशत कायम रहने उल्लेख गरेको हो ।
चिनियाँ अर्थतन्त्र चलायमान भएसँगै त्यसको सकरात्मक प्रभाव विश्वभर पर्ने र माग–आपूर्ति चक्रमा सुधार आउने प्रतिवेदनमा छ । चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारपछि आइएमएफले सन् २०२३ को आर्थिक वृद्धि दर समेत बढाएको छ ।
सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने अनुमान आइएमएफले गरेको छ । उक्त प्रक्षेपण गत अक्टोबरको तुलनामा ०.२ प्रतिशत विन्दुले बढेको हो । यस अघि सन् २०२२को अक्टोबर महिनामा आइएमएफले सन् २०२२ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.७ प्रतिशत रहने जनाएको थियो ।
सन् २०२३ को आर्थिक वृद्धि दर सन् २०००–२०१९ यताकै कमी हो । यस्तै सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि दरमा सकरात्मक सुधार आउने र आर्थिक वृद्धि दर ३.१ प्रतिशत पुग्ने अनुमान छ ।
चीनको अर्थतन्त्रमा सुधार आउँदा विश्व अर्थतन्त्रमा वृद्धि देखिएता पनि विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति नियन्त्रणका निमित्त विकसीत तथा विकासशील देशहरुले अपनाएको संकुचित मौद्रिक नीति, आक्रामक शैलीमा बढाउँदै गएको ब्याजदर र रुस–युक्रेनबीच जारी युद्धका कारण विश्व अर्थतन्त्रमा असर कायमै रहने प्रतिवेदनमा उल्लेख छ ।
आइएमएफले सन् २०२३ मा विकसीत राष्ट्रहरुको आर्थिक वृद्धि दर १.२ प्रतिशत, उदायमान तथा विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४ प्रतिशत, उदायमान बजार व्यवस्था तथा मध्यम आयम भएका राष्ट्रहरुको आर्थिक वृद्धि दर ४ प्रतिशत र न्युन आय भएका विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४.९ प्रतिशत रहने जनाएको छ ।
यसैगरि, सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि दर १.४ प्रतिशत, युरो क्षेत्रको ०.७ प्रतिशत रहनेछ भने बेलायतमा आर्थिक मन्दीका कारण अर्थतन्त्र ०.६ प्रतिशतले खुम्चिने छ । सन् २०२३मा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत अनुमान गरेको छ भने चीनको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट बढेर सन् २०२३ मा ५.२ प्रतिशत रहने सो प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।