logo

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौँमा, ३१ महिनादेखि बन्द रहेको रसुवागढी भन्सार नाका पनि खुलायो

    421   पटक पढिएको


१५/ अर्थ र व्यापार – बहुचर्चित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नकालागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय प्रतिनिधी  नेपाल आइपुगेको छ । काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको हो ।
चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । यो प्राविधिक प्रतिनिधीले काठमाडौं–केरु– प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले यो टोलीले काम थालेको ४२ महिनामा अध्ययन प्रतिवेदन तयार गर्ने जानकारि दिए । विभागका अनुसार यो प्राविधिक टोलीले आफ्नै खर्चमा अध्ययन गर्ने छ । जसकालागि आवस्यक सुरक्षा र सहजीकारणको काम भने नेपाल सरकारले गर्ने जानकारि गराउँदै महानिर्देशक बिसुरालले भने, ‘अब परियोजनाको काम छिटो अघि बढ्ने बाटो खुलेको छ ।’
यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक प्रतिनिधी यहाँ आइपुगेको रेल विभागले जनाएको छ ।
विभागका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अघि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँ प्राविधिकले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को तहमा बुझ्ने गरेका छन् ।
सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना विश्व महामारीलगायतका कारणले चिनियाँ प्राविधिक प्रतिनिधी नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि बल्ल चिनियाँ प्राविधिक टोली अहिले काठमाडौ नेपाल आएको हो ।
यो टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्ने बताएको छ । बेल्ट एण्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न ९ परियोजना मध्येको एक यो रेलमार्ग हो ।
यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणमा समेत सो परियोजनाका बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुने विभागले जनाएको छ ।
यसअघि छिमेकी मुलुक चीनले २४ मंसिर २०७५ सालमा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन अध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने थियो । चीनले कोरोना महामारीको कारण देखाउँदै नेपालसँग भएको सम्झौता अनुसार अध्ययन हुन नसकेकाले काम सुरु भएको ४२ महिना समय लाग्ने जानकारी गत माघमा भएको भौतिक पूर्वाधार मन्त्रालयस्तरको सचिवस्तरीय भर्चुअल वार्तामा गराएको थियो ।
त्यसपछि पनि कोरोना महामारीको अवस्था सहज नभएको र जटिल भूगोलमा अध्ययन गर्न पर्ने भएकाले पूर्वनिर्धारित तालिकाअनुसार अध्ययन पूरा गर्न थप समय लाग्ने चीनको तर्क थियो । चिनियाँ दूतावासले यसलाई बीआरआईको महत्वपूर्ण अंग रहेको भन्दै दुई देशबीच भएको सहमति कार्यन्वयका लागि चीन सँधै तयार रहेको जनाएको छ ।
‘चीन–नेपाल क्रसबोर्डर रेलवेको सम्भाव्यता अध्ययन र सर्वेक्षण नेपाली जनताको लामो समयदेखिको सपना र हाम्रा दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमति हो । यो नेपाल र चीनबीचको बेल्ट एण्ड रोड इनिसिएटिभको अभिन्न अंग पनि हो’ दूतावासले भनेको छ । ‘चीन नेपालको आकांक्षा र आवश्यक्तालाई सधैँ प्राथमिकता दिन्छ । त्यसैले चीन आफ्नो सहायता कोषमार्फत यो अध्ययनलाई सक्रियतापूर्वक अघि बढाउने चिनिया दूतावासले जनाएको छ ।
नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम दुई वर्षअघि चीन सरकारकै जिम्मामा छाडेको थियो । तर, चिनियाँ पक्षले अहिलेसम्म फिल्डमा अध्ययनको काम थालेको थिएन । चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म चिनिया प्राविधिक टोली नेपाल आउन नसकेको बताउँदै आएको थियो ।
यो रेलमार्गको अध्ययनका लागि प्राविधिक सहयाहता उपलब्ध गराउने विषयमा चिनियाँ विदेशमन्त्री वाङ यीको गत मार्चमा सम्पन्न नेपाल भ्रमणका बेलामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो ।
यो केरुङ–काठमाडौं रेलमार्गसँगै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा समेत २०७६ सालको असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो ।
अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना भएकाले अध्ययनमा धेरै समय लाग्नु स्वभाविक भएको रेल विभागले जनाएको छ । महामारीपछि चीनले यो अध्ययनमा खासै चासो देखाएको थिएन । तर, गत ४ मंसिरमा सम्पन्न निर्वाचनपछिको नयाँ सरकार गठनभएसँगै अहिले चिनियाँ प्राविधिक टोली नेपाल आईपुग्नुलाई भने निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहलको नेतृत्वमा सोमबार नयाँ सरकार गठन भएपछि छिमेकी मुलुक चीनले महामारी सुरु भएको ३१ महिनादेखि बन्द रहेको रसुवागढी भन्सार नाका मंगलबारदेखि नै पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी खुला गरिदिएको छ ।लामो समय बन्द रहेको यो नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।