logo

चर्को ब्याजदर विरुद्ध व्यवसायी सडकमा

    1025   पटक पढिएको

१८ कात्तिक/अर्थ र व्यापार – पछिल्लो समय बैंकहरुले ब्याज एकदम चर्को बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष सहितको टोली शुक्रबार काठमाडौको माइतीघरमा बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोधमा सडक आन्दोलनमा उत्रिएका हुन् ।
संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने गरि ब्याज वृद्धि गरेको आरोप लगाएको छ । उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन ।
यसैगरि, व्यवसायीले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले पनि अहिलेसम्म खासै काम नगरेको भन्दै आक्रोश पोखेर सडक आन्दोलनमा उत्रिएका हुन ।
‘ब्याजदर चर्को भो,गरिखान गाह्रो भो’भन्ने प्लेकार्ड सहित शुक्रबार बिहान पौने ११ बजे काठमाडौं र काठमाडौ उपत्यका आसपासका जिल्लाका उद्योगी व्यवसायीहरु माइतीघर मण्डलाको सडक संघर्षमा उत्रिएका थिए ।
उनीहरुको हातमा बैंक आतंक बन्द गर, मनपरी प्रिमियर बन्द गर, उच्च ब्याजदर खारेज गर, तरलता समस्या समाधान गर जस्ता बैंक तथा वित्तीय संस्था र नियमकीय राष्ट्र बैंक विरोधी नारा लेखिएका प्ले कार्डहरु बोकेका थिए ।
यस्ता आक्रामक नारासहित सडक संघर्षमा उत्रिएका व्यवसायीहरुको प्रदर्शनको नेतृत्व गरिरहेका थिए । काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष दुर्गाराज श्रेष्ठले सो आन्दोलनको नेतृत्व गरेका छन ।
बैंक तथा वित्तिय संस्थाका नीतिका कारण बैंकको सेवा शुल्क, ब्याज उद्योगी व्यवसायीले थेग्नै नसक्ने अवस्थामा पुगेपछि शान्तिपूर्ण खबरदारी कार्यक्रम आयोजना गरिएको काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारि दिए ।

उनले बैंकहरुले उद्योग व्यवसाय गर्नका लागि पैसा दिन नसकेको र पुरानो ऋण रकममा पनि विभिन्न बहानाबाजी गरेर सेवा शुल्क लगायतका अतिरिक्त भार थपिदिएको आरोप लगाए ।
बैंकहरुको यस्तो ज्यादतीका कारण अहिले आफुहरु काम गरेर खान नसक्ने अवस्थामा पुगेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष् ासमेत रहेका श्रेष्ठले भने, ‘आफू मात्रै नाफा कमाउन बैंकहरुले कालोबजारी गरिरहेका छन् । सरकार र नियमकले केही गरेनन् ।’
उनले बैंक ब्याजदरमा शतप्रतिशत वृद्धि, बैंकका विभिन्न सेवा शुल्कमा वृद्धि, लिलामीको धम्की जस्ता कारणबाट उद्योगी व्यवसायीहरु त्रसित भएको बताए ।

सो शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता जनाउन नेपाल उद्योग वाणिज्य महासंघका अन्य दुई उपाध्यक्षहरु अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई पनि माइतीघर आइपुगेका थिए । दुवै उपाध्यक्ष शान्तिपूर्ण प्रर्दशनको पहिलो घेरामै बसेर नियमक र सरकारलाई खबरदारी गरे ।
अहिलेको अवस्था निजी क्षेत्रका लागि निकै कठिन भएको भन्दै उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकार र नियमक मिलेर बैंक र व्यवसायी बीचको सन्तुलन कायम गर्नुको विकल्प नभएको बताए । सरकारले नियन्त्रणमुखी आर्थिक र मौद्रिक नीतिमार्फत आयात घटाउने र उपभोग नियन्त्रका लागि मूल्यवृद्धि गर्ने नीति अवलम्बन गर्दा चौतर्फी समस्या सृजना भएको उनको भनाइ छ ।

अहिलेको अवस्थामा बैंकहरुको ब्याजदर उद्योगी व्यवसायीले धान्नै नसक्ने दावी गर्दै उपाध्यक्ष श्रेष्ठले भने, ‘उद्योग र व्यवसायको सञ्चालन क्षमता ५० प्रतिशतसम्मले घटेको बेला बैंकहरुले पेल्दा थप समस्या सिर्जना भएको छ ।’
सरकारसँग सम्वादमार्फत समस्या समाधान गर्न पटक–पटक छलफल र वार्ता भएपनि समस्या समाधान नहुँदा उद्योगी व्यवसायी आन्दोलित भएको भन्दै उनले आफूले उपत्यकाका उद्योगी व्यवसायीको आन्दोलनमा महासंघकोतर्फबाट प्रतिनिधित्व गरेको बताए ।
बैंक सञ्चालक समेत रहेका महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाइले अहिले उद्योगी व्यवसायी साँच्चिकै मर्कामा परेको बताए । उद्योग धन्दा सञ्चालनका लागि लगानीमैत्री वातावरण नै नभएको भन्दै उनले यसको कारण बैंक मात्रै नभएको दाबी गरे । झट्ट हेर्दा अहिलेको द्वन्द्व उद्योगी व्यवसायीको जस्तो देखिए पनि समस्या सरकार र केन्द्रीय बैंकको नीतिका कारण उब्जेको उनको दाबी छ । ‘उद्योग व्यवसायीहरु साँच्चै मारमा छन् । तर यसको मुख्य जड सरकार र केन्द्रीय बैंकको नीति हो, बैंक त देखिएको मात्रै हो’ संघाइले भने ।
आन्दोलनमै सहभागी महासंघका पूर्वउपाध्यक्ष एवं उद्योगी उमेशलाल श्रेष्ठले सरकार, केन्द्रीय बैंक र बैंकहरुको पराकाष्ठाका कारण आन्दोनको विकल्प नभएको बताए ।
उद्योग र व्यवसाय थप विस्तार गर्न भन्दा पनि भएको व्यवसाय टिकाउन समेत पैसा नभएको बताउँदै श्रेष्ठले भने, ‘नीतिमार्फत नियमकले र व्यवहारमार्फत बैंकले उद्योगी व्यवसायीलाई दुःख दिएको छ । ’ बैंकहरुले आफ्नो बानी सुधार नगरे यो आन्दोलन सुरुवात मात्रै भएको भन्दै उनले तत्काल सरकार, बैंक र नियमकहरु सचेत हुनुपर्ने बताए ।
आन्दोलनको समन्वय गरिरहेका उद्योग वाणिजय संघ काठमाडौंका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले बैंकहरुका कारण निजी क्षेत्रले अप्ठ्यारो अवस्था भोगिरहेको बेला सरकार र नियमक बीचको दुरी बढ्दा समस्या झनै गहिरिएको बताए ।
‘शान्तिपूर्ण तरिकाबाट समस्या समाधान होस् भन्ने पक्षमा हामी छौं, तर आान्दोलन अब मोफसलबाट काठमाडौं छि¥यो,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारले गरिखाने अवस्था सिर्जना नगरे अर्थतन्त्र गलत बाटोमा जान्छ ।’
निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै आन्दोलनमा सहभागी उद्योगी व्यवसायीहरुले सरकार, केन्द्रीय बैंकसँग एक अंकमा बढी नहुने ब्याजदर तोक्न, व्यापारमा १÷२ प्रतिशत मात्र थप गरी लिन पाइने लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्न,
बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
यसैगरि, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कको दोब्बर वृद्धिलाई अन्त्य गर्न, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई स्थगित गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।
उनीहरुले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्न पनि माग गरेका छन् । यसअघि यस्तै माग राख्दै नवलपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज लगडायतका क्षेत्रमा पनि उद्योगी व्यवसायीहरुले चर्को व्याजदर विरुद्ध प्रर्दशन गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।