logo

आयात नियन्त्रणमा सरकारी प्रयास प्रभावहिन, तास खरिदमा मात्र नेपालीले सिध्याए ३ करोड ५९ लाख रुपैयाँ

    922   पटक पढिएको

१५ कात्तिक/अर्थ र व्यापार – सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको लामो समय वितिपनि अझै तास लगायतका विलासिताका बस्तुहरुको आयात रोकिएको छैन ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गरि निर्यात बढाउने लक्ष्य लिएको सरकारले यस्ता विलासिताका बस्तुहरुको आयात नियन्त्रणकालागि प्रतिवन्ध लगायत अनेक प्रयास गरेपनि अझैसम्म यस्ता विलासिताका बस्तुहरुको आयात घट्नुको साटो थप बढेको भन्सार विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वितेका दुई महिनाको अवधीमा साढे ३ करोड रुपैयाँ बढीको तास आयात भएको छ । यस्तो आयातको उकालो ग्राफले मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाईकालागि अनेकौं प्रयास गरे पनि अझै तास लगायत विभिन्न विलासिताका वस्तुहरुको आयात रोकिएको छैन ।
निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ । मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन् । अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यस्ता सामानको आयातमा धेरै रकम बाहिरिएको छ । चालू आवको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्र ३ करोड ५९ लाख १० हजार रुपैयाँ बराबरको रकम बाहिरिएको देखिन्छ ।
कूल १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले २ करोड २३ लाख ५६ हजार रुपैयाँ राजश्व समेत संकलन गरेको छ । यस अवधिमा भारतबाट मात्रै ३ करोड २५ लाख ५९ हजार रुपैयाँ मूल्यमा कूल १६ लाख ५६ हजार ३० थान तास आयात भएको छ । यसैगरि, ३३ लाख ५१ हजार रुपैयाँ मूल्य बराबरको कूल ४० हजार एक सय ८२ थान तास चीनबाट आयात भएको छ ।
त्यसैगरि, विभागले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो तीन महिनामा तीन लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको भिडियो गेमका लागि आवश्यक पर्ने सामान आयात भएको छ । यस अवधिमा ३४ करोड १७ लाख बराबरको कलम तथा मार्कर आयात भएका छन् ।
उद्यमशीलताको विकास गरेर थोरै लगानीमा स्वदेशमै उत्पादन गर्न सकिने बस्तुसमेत करोडौँ रकम खर्चेर आयात गर्नुपर्ने अवस्थामा मुलुक पुगेको छ । डाइपर तथा सामान्य कागजबाट बन्नसक्ने न्यापकिन लगायतको आयातका लागि ठूलो रकम मुलुकबाट बाहिरिरहेको छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो तीन महिनामा एकाउन्न करोड एक्काइस लाख २१ हजार रुपैयाँ बराबरका डाइपर आयात भएको छ । त्यस्तै, ३० करोड ६० लाख ३४ हजार रुपैयाँका सेनिटरि प्याड पनि सोही अवधिमा आयात भएको छ ।
त्यस्ता वस्तुको उत्पादनमा प्रोत्साहन गर्दै गुणस्तरीय वस्तु उत्पादन गरी आयात निरुत्साहन गर्न सकेमात्रै मुलुकको आर्थिक अवस्था सवल हुनेसक्ने अवस्था छ ।
सरकारले बजारमा महिलाका लागि अति आवश्यक मानिएको प्याडको मूल्य सर्वसुलभ होस् भन्ने अभिप्रायले चालू आवको बजेटमार्फत करको दर हेरफेर गरी भन्सार दरमा ९० प्रतिशतसम्मको छुट दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।