logo

व्यापार घाटा चुलियो, तीन महिनामै ३ खर्ब ५९ अर्बको व्यापार घाटा

    935   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले व्यापार घाटा कम भएको छ ।
गत साउन, भाद्र र असोजमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँबराबरको आयात भएको छ भने सोही अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँबराबरको मात्र निर्यात भएको छ ।
सो अवधिमा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागको तथ्यांकमा उल्लेख छ । यो गत आर्थिक वर्ष २०७८÷ ७९ को तुलनामा १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा आयात निर्यात व्यापार घटेकाले व्यापार घाटा पनि घटेको हो ।
गत आवमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाखबराबरको व्यापार भएकोमा यस आवको तीन महिनामा मात्रै ४ खर्ब ४२ अर्ब ८१ करोडबराबरको मात्रै व्यापार भएको हो ।
गत आवमा ४ खर्ब ७८ अर्ब ५२ करोडबराबरको मालवस्तु आयात भएकोमा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई ४ खर्ब ९९ करोडबराबरको माल सामान आयात भएको पाइएको छ ।
यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब ५ करोडबराबरको मालवस्तु निर्यात भएकोमा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोडबराबरको वस्तु निर्यात भएको हो ।
भन्सार विभागका अनुसार आयात दर गत वर्ष ८८ प्रतिशत रहेकोमा चालू आवमा ९० प्रतिशत पुगेको छ । निर्यातको हिस्सा गत वर्ष १२ प्रतिशत रहेकोमा अहिले ९ प्रतिशत मात्र रहेको छ । यस हिसाबले यस वर्ष आयात करिब ३ प्रतिशतले वढेको छ भने निर्यात २१ प्रतिशतले घटेको छ ।
भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा क्रमशः भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, युनाइटेड अरब इमिरेट्स, जोर्डन, बेल्जियम, अस्ट्रेलिया, ओमान, युक्रेन, साउदी अरेयिबा, कतार, मलेसिया, भियतनाम, थाइल्यान्ड, बंगलादेश, दक्षिण कोरिया, फ्रान्स, साउथ अफ्रिका, पाराग्वे, सिंगापुर, ब्राजिल, क्यानाडा, ताइवान, स्विजरल्यान्ड, टुर्किए, अस्ट्रेलिया रहेका छन् ।
व्यापार फाइदा रहेका मुलुकमा क्रमशः डेनमार्क, कम्बोडिया, नर्वे, उरुग्वे, स्विडेन, न्यु क्यालेडोनिया, लाटभिया, मोरिसस, मानाका, आइस्ल्यान्डलगायत छन् ।
भन्सारको तथ्यांक अनुसार सबैभन्दा बढी र व्यापार घाटाको ८० प्रतिशत भारतसँग मात्र रहेको छ । भारतसँग मात्र ३ महिनामा २ खर्ब १५ अर्ब ८० करोड २० लाख ४० हजारको व्यापार घाटा रहेको छ ।
भारतबाट २ खर्ब ४४ अर्ब ७७ करोडको सामान आयात गर्दा निर्यात भने २८ अर्ब ९७ करोड २१ लाख १६ हजार रुपैयाँबराबरको भएको छ ।
चीनसँग पनि चालू आवको पहिलो तीन महिनामा ५५ अर्ब ८७ करोड, ९३ लाख २ हजारको व्यापार घाटा रहेको छ । चीनबाट ५६ अर्ब ४ करोडको सामान आयात हुँदा चीनतर्फ १६ करोड ४२ लाख ४३ हजारको मात्र सामान पठाउन सकिएको छ । इन्डोनेसियासँग भने १३ अर्ब ५ करोड ४३ लाख ३० हजारको व्यापार घाटा रहेको छ ।
व्यापार फाइदा भएको मुलुक डेनमार्कबाट २५ करोड ६८ लाख ७५ हजार रुपैयाँबराबरको व्यापार नाफा भएको हो । यसैगरी, कम्बोडियासँग ७ करोड ४९ लाख २५ हजारको र नर्वेसँग ४ करोड ५९ लाख ९३ हजार रुपैयाँको व्यापार फाइदा देखिएको छ ।
सबैभन्दा वढी आयात पेट्रोल, डिजेल, मोटरसाइकल, खाना पकाउने ग्यास, भटमासको तेल, स्टिल, मोबाइलमा रहेका छन् । नेपालबाट निर्यात भएकामा पाम तेल, भटमासको तेल, कार्पेट, अलैंची, चिया, जुसलगायत छन् ।
भन्सार विभागका अनुसार सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने भन्सारमा क्रमशः विराटनगर भन्सार, विरगन्ज भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची भन्सार, भैरहवा भन्सा, सुख्खा बन्दरगाह, नेपालगन्ज भन्सार जलेश्वर भन्सार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।